भूकम्पमा परेर डोटीमा ६ जनाको मृत्यु, पाँच घाइते « Khabarhub

भूकम्पमा परेर डोटीमा ६ जनाको मृत्यु, पाँच घाइते


२३ कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


579
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – डोटीको पुर्विचौकी गाउँपालिका–३ गैरागाउँमा भूकम्पमा परेर ६ जनाको मृत्यु भएको छ । मंगलबार राति गएको भूकम्पले अन्य पाँच जना घाइते भएका छन् । मृत्यु हुनेमा चार जना बालबालिका र अन्य दुई जना रहेका छन् ।

भूकम्पमा परेर स्थानीय ५० वर्षीय प्रेम बोहरा, ४० वर्षीया भगवती बोहरा, १३ वर्षीया सीता बोहरा, आठ वर्षीय हर्क बोहरा र १४–१४ वर्षीया धनसरी र तुल्सी बोहोराको मृत्यु भएको इलाका प्रहरी कार्यालय सानागाउँका प्रहरी सहायक निरीक्षक नयनसिंह भाटले जानकारी दिए।

भूकम्पमा परेर अन्य पाँच जना घाइते भएका छन् । उक्त गाउँका आठ वटा घर भूकम्पले पूर्ण रुपमा भत्काएको छ ।

बुधबार बिहानको राति २ बजेर १२ मिनेटमा डोटी केन्द्र भएर ६ दशमलव ६ रेक्टरस्केलको भूकम्प गएको थियो ।

मंगलबार राति ९ बजेर सात मिनेटमा डोटी नै केन्द्र भएर ५ दशमलव ७ रेक्टर स्केलको भूकम्प गएको थियो । भूकम्पबारे अन्य विवरण भने आइसकेको छैन ।

प्रकाशित मिति : २३ कार्तिक २०७९, बुधबार  ६ : १२ बजे

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ