डोटी भूकम्पमा परेकाहरूको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि प्रचण्डको माग  « Khabarhub

डोटी भूकम्पमा परेकाहरूको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि प्रचण्डको माग 


२३ कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले डोटी भूकम्पमा परेकाहरूको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि तत्काल पहल गर्न माग गरेका छन् ।

केही बेरअघि प्रचण्डले सामाजिक सञ्जालमार्फत प्राकृतिक विपत्तिको यो दुखद घडीमा घाइतेहरूको यथाशीघ्र उद्धार, राहत तथा पुनर्स्थापनाका लागि तत्काल पहल गर्न, प्रभावित परिवारलाई क्षतिपूर्ति दिन प्रदेश, संघीय सरकारसँग अपिल गरेका हुन्।

भूकम्पमा परि जीवन गुमाएकाप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै प्रचण्डले घाइते तथा प्रभावित परिवारको शीघ्र स्वास्थ्य लाभको कामनासमेत गरेका छन्। उनले प्रभावित जनताको उद्धार तथा राहतमा जुट्न मातहतका पार्टी कमिटीलाई पनि निर्देशन दिएका छन्।

गए राती सुदूरपश्चिमको डोटी केन्द्र भएर गएको भूकम्पमा परी एकै घरका तीनसहित ६ जनाको मृत्यु हुनुका साथै अन्य ६ जना घाइते छन् । अहिले उद्धार को काम भइरहेको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार डोटीस्थित खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रमा केन्द्रबिन्दु भएर ६ दमशलव ६ म्याग्निच्युडको भूकम्प गएको हो। मङ्गलवार राति २ बजेर १२ मिनेटमा गएको भूकम्पले ग्रामीण भेगका दर्जनौं घर भत्किएका छन्।

प्रकाशित मिति : २३ कार्तिक २०७९, बुधबार  ९ : ३१ बजे

ओयारजाबालको दुई गोलमा स्पेनको शानदार सुरुवात, साउदीविरुद्ध पहिलो हाफमै ३–० को अग्रता

काठमाडौं – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को खेलमा

साउदीविरुद्ध स्पेनको आक्रामक सुरूवात, ३–० को अग्रता

काठमाडौं – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को खेलमा

आँप महोत्सव सम्पन्न : उत्साहित किसान

महोत्तरी – किसानलाई प्रोत्साहन गर्दै आँपखेतीको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित

तिलिचो भक्ति यात्रा सम्पन्न

मुस्ताङ – तिलिचो ताललाई धार्मिक तथा आध्यात्मिक पर्यटकीय गन्तव्यका रुपमा

इरानलाई ट्रम्पको चेतावनी : हिजबुल्लाहलाई नियन्त्रण नगरे कडा कारबाही गर्न बाध्य हुनेछौं

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई लेबनानमा सक्रिय रहेको