डोटी भूकम्पमा परेकाहरूको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि प्रचण्डको माग  « Khabarhub

डोटी भूकम्पमा परेकाहरूको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि प्रचण्डको माग 


२३ कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले डोटी भूकम्पमा परेकाहरूको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि तत्काल पहल गर्न माग गरेका छन् ।

केही बेरअघि प्रचण्डले सामाजिक सञ्जालमार्फत प्राकृतिक विपत्तिको यो दुखद घडीमा घाइतेहरूको यथाशीघ्र उद्धार, राहत तथा पुनर्स्थापनाका लागि तत्काल पहल गर्न, प्रभावित परिवारलाई क्षतिपूर्ति दिन प्रदेश, संघीय सरकारसँग अपिल गरेका हुन्।

भूकम्पमा परि जीवन गुमाएकाप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै प्रचण्डले घाइते तथा प्रभावित परिवारको शीघ्र स्वास्थ्य लाभको कामनासमेत गरेका छन्। उनले प्रभावित जनताको उद्धार तथा राहतमा जुट्न मातहतका पार्टी कमिटीलाई पनि निर्देशन दिएका छन्।

गए राती सुदूरपश्चिमको डोटी केन्द्र भएर गएको भूकम्पमा परी एकै घरका तीनसहित ६ जनाको मृत्यु हुनुका साथै अन्य ६ जना घाइते छन् । अहिले उद्धार को काम भइरहेको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार डोटीस्थित खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रमा केन्द्रबिन्दु भएर ६ दमशलव ६ म्याग्निच्युडको भूकम्प गएको हो। मङ्गलवार राति २ बजेर १२ मिनेटमा गएको भूकम्पले ग्रामीण भेगका दर्जनौं घर भत्किएका छन्।

प्रकाशित मिति : २३ कार्तिक २०७९, बुधबार  ९ : ३१ बजे

अनावश्यक रूपमा बिरामीलाई ‘रिफर’ नगर्न अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

काठमाडौं– स्वास्थ्य बिमा बोर्डले बिमामा आबद्ध सबै स्वास्थ्य संस्थालाई  बिरामीलाई

रेडक्रस सोसाइटीले राजनीतिबाट मुक्त भई निष्पक्ष कार्यसम्पादन गर्नुपर्छः गृहमन्त्री

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले नेपाल रेडक्रस सोसाइटीले राजनीतिबाट टाढा रहेर

निर्वाचनमा जिम्मेवार भूमिका निर्वाह गर्न सञ्चारमाध्यमलाई उपराष्ट्रपतिको आह्वान

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले आसन्न प्रतिनिधिसभा निर्वाचन स्वतन्त्र, निष्पक्ष र

बालबालिकामा पनि हुनसक्छ ‘ग्यास्ट्रिक’

काठमाडौं– सामान्यता ठूला मानिसलाई हुने ‘ग्यास्ट्रिक’ बालबालिका पनि हुने गर्दछ

नेपाल यू-२० महिला र युनान युथ टोलीबीच प्रतिस्पर्धा

काठमाडौं– चिनिया नयाँ वर्षको उपलक्ष्यमा नेपालको यू–२० महिला फुटबल टोलीले