तेह्रथुममा नमुना मतदान « Khabarhub

तेह्रथुममा नमुना मतदान


२३ कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

तेह्रथुम–मङ्सिरको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा बदर मत घटाउन तेह्रथुममा अभ्यासस्वरूप नमुना मतदान गरिएको छ । जिल्लाको छथर गाउँपालिकामा गरिएको नमुना मतदान छथर गाउँपालिका अध्यक्ष सन्तवीर लिम्बूले मतदान गरी सुरु भएको थियो । सोमबारदेखि सुरु गरिएको नमुना मतदान मंगलबार छथर र फेदाप गाउँपालिकामा सञ्चालन गरिएको जिल्ला निर्वाचन अधिकृत निरज शर्माले बताए । 

नमुना मतदानमा नगरपालिकाका प्रमुख, उपप्रमुख, वडाअध्यक्ष, कार्यपालिका सदस्य, कर्मचारी, सेवाग्राहीसहितले नमुना मतदानमा भाग लिएका छन् । यस्तै, गाउँपालिकामा अध्यक्ष, उपाध्यक्ष, वडाअध्यक्ष, कार्यपालिका सदस्य, कर्मचारी र सेवाग्राहीले नमुना मतदानमा भाग लिएका छन् । नमुना मतदान कार्यक्रममा सहभागी हुने मतदाताले प्रदेश र प्रतिनिधिसभाको जस्तै प्रत्यक्षलाई र समानुपातिक गरि चार पटक मतदान गर्नुपर्ने शर्माले नागरिकलाई जानकारी गराए । नमुना मतदान शिक्षाले विगतमा भएका मत बदरलाई न्यूनिकरण हुने र आफूले रोजेको व्यक्तिलाई एक मतपत्रमा एक मात्रै मतदान गर्ने शिक्षा पाएको नमुना मतदानमा सहभागी कृष्णबहादुर ठकुरीले बताए । 

निर्वाचनको अन्तिम तयारीमा रहेको मुख्य निर्वाचन अधिकृत प्रमेश पोख्रेलले बताए । ‘आयोगबाट प्रतिनिधिसभा र प्रदेशसभा दुबै मतपत्र रुजु गरेर मतदान अधिकृतहरूलाई हस्तान्तरण गर्ने तयारी गरी सकेका छौँ । मतदान अधिकृत र सहायक सहयोगी कर्मचारीलाई मतदान अधिकृतहरूलाई तालिमको तयारी गरी रहेका छौँ । मतदान शिक्षालाई तिव्रता दिँदै नमुना मतदानलाई सबै पालिकाहरूमा सञ्चालन गरी रहेका छौँ । निर्वाचन सम्पन्न गराउन हामी तयारी अवस्थामा छौँ ।’ पोख्रेलले भने ।

दुई नगरपालिका र चार गाउँपालिका रहेको जिल्लामा कुल ५६ मतदानस्थल छन भने ९३ मतदान केन्द्र रहेका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । जिल्लामा ७१ हजार ९ सय ३३ मतदाता छन् ।

प्रकाशित मिति : २३ कार्तिक २०७९, बुधबार  १२ : ५४ बजे

जेन-जी आन्दोलनमा ध्वस्त भएको बाँडेगाउँको प्रहरी भवन निर्माण सुरु

ललितपुर- जेन-जी आन्दोलनका बेला पूर्ण रुपमा ध्वस्त भएको ललितपुर जिल्लाको

नन्दनले लिए वेस्ट इन्डिजको पहिलो विकेट

काठमाडौं– आईसीसी विश्वकप अन्तर्गत आइतबारको खेलमा नेपालका बलर नन्दन यादवले

सुडानको डारफरमा मानवअधिकारको गम्भीर उल्लङ्घन

कायरो– सुडानको पश्चिमी प्रान्त डारफरको राजधानी फासेरमा सरकारी सुरक्षा समूहले

झापा पुगेका ओलीको टिप्पणी : अझै पनि निर्वाचनलाई ढुक्कको वातावरण बनेको छैन

भद्रपुर- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अझै पनि चुनावका

बालबालिकामा देखिने क्यान्सर समयमै उपचार गरे निको हुने सम्भावना उच्च : डब्लुएचओ

काठमाडौं– बालबालिकामा हुने क्यान्सर समयमै पहिचान गरी उपचार गर्न सके