प्रभु साह इच्छाबहादुर वाग्लेको चुनावी कार्यक्रममा  « Khabarhub

प्रभु साह इच्छाबहादुर वाग्लेको चुनावी कार्यक्रममा 


२३ कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

बारा– रौतहट-३ बाट प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका प्रभु साह आफ्नो चुनावी प्रचार प्रसारलाई छाडेर बारा क्षेत्र नं. ४ को प्रतिनिधिसभाका स्वतन्त्र उम्मेदवार इच्छाबहादुर वाग्लेको चुनावी कार्यक्रममा सहभागी भएका छन् । माओवादी त्यागेर एमालेमा प्रवेश गरेका साहले २३ असोजमा मनोनयन दर्ता गर्ने क्रममा स्वतन्त्र उम्मेदवारी दर्ता गरेका थिए । स्वतन्त्र उम्मेदवारी दिएपछि एमालेको कारबाहीमा परेपछि पार्टी परित्याग गरेका साह मंगलबार फेटामा सम्पन्न वाग्ले चुनावी सभामा सहभागी भएका हुन् । 

साह वाग्लेको चुनावी प्रचारलाई सहयोग गर्न बारा आएका हुन् । उनले वाग्लेलाई जिताउन आग्रह पनि गरे । आफ्नो चुनावी प्रचार छाडेर साह बारामा आउनुलाई अर्थपूर्ण रुपमा स्थानीयले हेरेका छन् । बाराको विकासमा आफू सहभागी हुने भन्दै मतदातालाई विश्वास दिलाउन खोजेका साहले आफू रौतहटको भए पनि वाग्लेको जितपछि बारा -४ को विकासका लागि सहयोगी भूमिका निर्वाह गर्ने बताए । 

सभामा स्वतन्त्र उम्मेदवार वाग्लेले आफ्नो स्वतन्त्र उम्मेदवारी लोकतन्त्र रक्षाका लागि भएको बताए । गठबन्धनको नाममा बढ्दो राजनीतिक विकृतिलाई अन्त्य गर्नका लागि मुलुकमा स्वतन्त्र अभियान सुरु भएको वाग्लेले बताए ।

जनताको मन जितेर एक्लै चुनाव लड्न नसक्ने स्थिति भएपछि विचार नै नमिलेका दलहरू चुनावको समयमा गठबन्धन गर्नु भनेको सत्तामा पुग्ने फोहोर खेलबाहेक अरु केही नभएको वाग्लेको भनाइ थियो । वाग्लेले त्यस्ता अराजनीतिक गतिविधिलाई अन्त्य र नीतिगत परिवर्तनका लागि सुरु भएको स्वतन्त्र अभियानलाई साथ र सहयोग दिएर हौसला बढाउन वाग्लेले आग्रह गरे ।

आर्थिक विकास, समुन्नति र भष्ट्राचार अन्त्य गरेर देशको विकास गर्नका लागि आफू अघि बढेको भन्दै वाग्लेले निजी क्षेत्रको लगानी बढाएर देशमा समृद्धि ल्याउन सकिने बताए । वाग्लेले निजी क्षेत्रको लगानी विना मुलुकमा समृद्धिको कल्पना पनि गर्न नसकिने भएकाले आफ्नो जितपछि निजी क्षेत्रको लगानी बढाएर बारा-४ सँगै देशको विकासका लागि नेतृत्वदायी भूमिका खेल्ने बताए ।

सभामा पूर्वमन्त्री बद्री न्यौपाने, बारा ४(ख) का स्वतन्त्र उम्मेदवार उमेश कुशवाहा, ३(क) का स्वतन्त्र उम्मेदवार नारायण क्षेत्रीलगायतको उपस्थिति रहेको थियो ।  

प्रकाशित मिति : २३ कार्तिक २०७९, बुधबार  १ : ५४ बजे

आत्मसमीक्षा र नेतृत्व हस्तान्तरण नै सुधारको विकल्प : चन्द्र भण्डारी

काठमाडौँ– नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले नयाँ पुस्तालाई नेतृत्व सुम्पने

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको सार्वजनिक नीति तथा प्रत्यायोजित

चितवनमा विद्युत महसुल नतिर्ने दुईसय ७७ जना कालोसूचीमा

चितवन– नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र भरतपुरले चालु आर्थिक वर्ष

रातो मच्छिन्द्रनाथ : आस्था, इतिहास र एकताको यात्रा

काठमाडौँ उपत्यकाको सांस्कृतिक पहिचानलाई जीवन्त राख्ने परम्परामध्ये सबैभन्दा भव्य र

बाख्रापालनबाट वार्षिक लाखौँको आम्दानी

म्याग्दी– म्याग्दीको धौलागिरि गाउँपालिका–२ लमसुङका कृष्ण गौचन ५२ हजार लगानीबाट