प्रभु साह इच्छाबहादुर वाग्लेको चुनावी कार्यक्रममा  « Khabarhub

प्रभु साह इच्छाबहादुर वाग्लेको चुनावी कार्यक्रममा 


२३ कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

बारा– रौतहट-३ बाट प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका प्रभु साह आफ्नो चुनावी प्रचार प्रसारलाई छाडेर बारा क्षेत्र नं. ४ को प्रतिनिधिसभाका स्वतन्त्र उम्मेदवार इच्छाबहादुर वाग्लेको चुनावी कार्यक्रममा सहभागी भएका छन् । माओवादी त्यागेर एमालेमा प्रवेश गरेका साहले २३ असोजमा मनोनयन दर्ता गर्ने क्रममा स्वतन्त्र उम्मेदवारी दर्ता गरेका थिए । स्वतन्त्र उम्मेदवारी दिएपछि एमालेको कारबाहीमा परेपछि पार्टी परित्याग गरेका साह मंगलबार फेटामा सम्पन्न वाग्ले चुनावी सभामा सहभागी भएका हुन् । 

साह वाग्लेको चुनावी प्रचारलाई सहयोग गर्न बारा आएका हुन् । उनले वाग्लेलाई जिताउन आग्रह पनि गरे । आफ्नो चुनावी प्रचार छाडेर साह बारामा आउनुलाई अर्थपूर्ण रुपमा स्थानीयले हेरेका छन् । बाराको विकासमा आफू सहभागी हुने भन्दै मतदातालाई विश्वास दिलाउन खोजेका साहले आफू रौतहटको भए पनि वाग्लेको जितपछि बारा -४ को विकासका लागि सहयोगी भूमिका निर्वाह गर्ने बताए । 

सभामा स्वतन्त्र उम्मेदवार वाग्लेले आफ्नो स्वतन्त्र उम्मेदवारी लोकतन्त्र रक्षाका लागि भएको बताए । गठबन्धनको नाममा बढ्दो राजनीतिक विकृतिलाई अन्त्य गर्नका लागि मुलुकमा स्वतन्त्र अभियान सुरु भएको वाग्लेले बताए ।

जनताको मन जितेर एक्लै चुनाव लड्न नसक्ने स्थिति भएपछि विचार नै नमिलेका दलहरू चुनावको समयमा गठबन्धन गर्नु भनेको सत्तामा पुग्ने फोहोर खेलबाहेक अरु केही नभएको वाग्लेको भनाइ थियो । वाग्लेले त्यस्ता अराजनीतिक गतिविधिलाई अन्त्य र नीतिगत परिवर्तनका लागि सुरु भएको स्वतन्त्र अभियानलाई साथ र सहयोग दिएर हौसला बढाउन वाग्लेले आग्रह गरे ।

आर्थिक विकास, समुन्नति र भष्ट्राचार अन्त्य गरेर देशको विकास गर्नका लागि आफू अघि बढेको भन्दै वाग्लेले निजी क्षेत्रको लगानी बढाएर देशमा समृद्धि ल्याउन सकिने बताए । वाग्लेले निजी क्षेत्रको लगानी विना मुलुकमा समृद्धिको कल्पना पनि गर्न नसकिने भएकाले आफ्नो जितपछि निजी क्षेत्रको लगानी बढाएर बारा-४ सँगै देशको विकासका लागि नेतृत्वदायी भूमिका खेल्ने बताए ।

सभामा पूर्वमन्त्री बद्री न्यौपाने, बारा ४(ख) का स्वतन्त्र उम्मेदवार उमेश कुशवाहा, ३(क) का स्वतन्त्र उम्मेदवार नारायण क्षेत्रीलगायतको उपस्थिति रहेको थियो ।  

प्रकाशित मिति : २३ कार्तिक २०७९, बुधबार  १ : ५४ बजे

उत्तर कोरियाको आणविक पनडुब्बीमा प्रगति

एजेन्सी – उत्तर कोरियाले आणविक–सञ्चालित पनडुब्बी निर्माणमा उल्लेखनीय प्रगति गरेको

राप्रपा नेपालले पुस १५ गते केन्द्रीय समिति बैठक बोलायो

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल) ले आगामी पुस

रवि-बालेन वार्तास्थलमा बाक्लो संख्यामा सञ्चारकर्मी (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका

निर्वाचनको वातावरण बनाउनुपर्नेमा ओलीको जोड

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको

जनकपुरधाममा ई-रिक्सा व्यवस्थापन लागि अध्ययन समिति गठन

जनकपुरधाम–  जनकपुरधाम उपमहानगरपालिकाभित्र चल्ने ई–रिक्साको व्यवस्थापन, सञ्चालन तथा दर्ताको विषयमा