प्रतिगमनलाई परास्त गर्न गठबन्धन : प्रचण्ड | Khabarhub Khabarhub

प्रतिगमनलाई परास्त गर्न गठबन्धन : प्रचण्ड


२३ कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

दार्चुला– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुलुकको परिवर्तन, लोकतन्त्र, शान्ति र संविधानलाई बचाउन नेपाली कांग्रेससँग गठबन्धन गरेको बताएका छन् । दार्चुलाको गोकुलेश्वरमा बुधबार आयोजित वाम-लोकतान्त्रिक गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै उनले विगतमा सात राजनीतिक दलको तर्फबाट कांग्रेसका सभापति एवं तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र आफूले विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गरेपछि नै देशको राजनीतिक परिवर्तनको प्रक्रिया सुरु भएको स्मरण गरे । 

अहिले मुलुकमा व्याप्त परिवर्तन विरोधी, संघीय लोकतन्त्र विरोधी, संविधान विरोधीलाई परास्त गर्न कांग्रेसलगायत परिवर्तन पक्षधर पार्टीहरूसँग गठबन्धन गरेको उनको भनाइ थियो । ‘अहिले मुलुकमा दुई खाले गठबन्धन छ,’ प्रचण्डले भने, ‘ठूलो संघर्षबाट प्राप्त नेपाली जनताको अधिकारको संरक्षण, संविधानको रक्षा, संघीयता, लोकतन्त्र र नेपाली जनताको पक्षमा हाम्रो गठबन्धन बनेको छ ।’

अर्को गठबन्धन केपी ओली नेतृत्वमा बनेको र त्यसले ठूलो संघर्ष, त्याग र बलिदानबाट प्राप्त उपलब्धिहरूलाई उल्टाउन, संविधानलाई च्यात्न चाहने, मुलुकमा राजतन्त्र फर्काउन खोजेको आरोप उनले लगाए । ४ मंसिरमा यी दुई गठबन्धनबीच ठूलो रणसंग्राम हुने भन्दै प्रचण्डले त्यसको निर्णय नेपाली जनताको हातमा भएको उल्लेख गरे ।

सभालाई प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा पनि सम्बोधन गरेका थिए । वाम लोकतान्त्रिक गठबन्धनले बुधबार नै डडेल्धुरा र कैलालीमा पनि चुनावी सभा आयोजना गरेको छ । दुवै सभालाई प्रधानमन्त्री देउवा र प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम छ ।  

प्रकाशित मिति : २३ कार्तिक २०७९, बुधबार  ५ : २५ बजे

साउनमा एक खर्ब ४३ अर्बको आयात, २३ अर्बको निर्यात

काठमाडौं– चालु आर्थिक वर्षको पहिलो महिनामा रु एक खर्ब ६६

स्थानीय निकायबाट आधारभूत स्वास्थ्य सेवा प्रवाह हुँदै

मोरङ– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले आगामी असोज मसान्तसम्ममा स्थानीय

लिपुलेक नाका सम्बन्धी भारत–चीन सहमतिको विरोध (तस्बिरहरू)

काठमाडौं– संयुक्त विद्यार्थी संगठनले भारत र चीनबीच हालै भएको लिपुलेक

वर्षौँपछि पाकिस्तानका परराष्ट्रमन्त्रीको बंगलादेश भ्रमण

ढाका- पाकिस्तानका परराष्ट्रमन्त्री इसहाक डार शनिबार बंगलादेशको भ्रमणमा गएका छन्

‘स्क्रब टाइफस’बाट एक जनाको मृत्यु

चितवन– स्क्रब टाइफसबाट शनिबार यहाँ एक महिलाको मृत्यु भएको छ