महिलालाई नग्न बनाउने एप्लिकेशन बन्द « Khabarhub

महिलालाई नग्न बनाउने एप्लिकेशन बन्द


१६ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– महिलाको तस्बीरबाट लुगा उतारेर नक्कली तस्बीर बनाउने एप्लिकेशन बन्द गरिएको छ । डिपन्यूड नाम दिइएको उक्त एप्लिकेशनबारे प्रविधि सम्बन्धी एक अनलाइन अखबारमा समाचार छापिएपछि आलोचना भएको थियो ।

मदरबोर्ड नामक अखरबारमा समाचार छापिएपछि आलोचना भएको भन्दै उक्त एप्लिकेशनका निर्माताले एप्लिकेशन बन्द गरेका हुन् । डिपन्यूड एप्लिकेशन रिभेन्ज पोर्न अर्थात् प्रतिशोधको भावनाले इन्टरनेटमा कसैको अश्लील तस्बीर वा भिडियो राख्नका लागि प्रयोग हुने भन्दै आलोचना हुँदै आएको थियो ।

एप्लिकेशनका निर्माताले उक्त एप्लिकेशनका लागि सही समय नआइसकेको बताएका छन् । लिनक्स र विण्डोज अपरेटिङ सिस्टममा आर्टिफिसियल इन्टिलिजेन्स अर्थात् कृत्रिम बृद्धिमत्ताबाट चल्ने उक्त एप्लिकेशनको मूल्य ५० डलर तोकिएको थियो ।

निर्माताहरुले उक्त एप्लिकेशन खरिद गरेका सबैलाई पैसा फिर्ता दिइने र यसको नयाँ संस्करण पनि सार्वजनिक नगर्ने बाचा गरेका छन् ।

प्रकाशित मिति : १६ असार २०७६, सोमबार  ८ : ५४ बजे

पहिलो त्रैमासिकमा जिल्ला प्रशासन मनाङ देशभरकै उत्कृष्ट

काठमाडौं– चालु आर्थिक वर्ष (आव) २०८२–०८३ को पहिलो त्रैमासिकमा मनाङ

सुनसरीमा कसरी चल्यो गोली ? सिटी चालकको मृत्यु

काठमाडौं – सुनसरीमा गोली लागेर एक जनाको मृत्यु भएको छ।

बीपी राजमार्ग : रोशीखोला बगरैबगरको यात्रा (तस्बिरहरू)

काभ्रे– गत वर्षको असोज दोश्रो साता आएको बाढीपहिरोले क्षतिग्रस्त बीपी

सन् २०२५ : ‘ऊनको स्वीटर’ र दुर्गेशका गीतको वर्चस्व

काठमाडौं – सन् २०२५ बुधबार रातिबाट बिदा भएकाे छ ।

डलर सटहीको प्रलोभन देखाएर ठगी गर्ने हिरोहमा संलग्न चार जना पक्राउ

काठमाडौं – सिन्धुपाल्चोक प्रहरीले सस्तो दरमा डलर सटही गरिदिने भन्दै