महिलालाई नग्न बनाउने एप्लिकेशन बन्द « Khabarhub

महिलालाई नग्न बनाउने एप्लिकेशन बन्द


१६ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– महिलाको तस्बीरबाट लुगा उतारेर नक्कली तस्बीर बनाउने एप्लिकेशन बन्द गरिएको छ । डिपन्यूड नाम दिइएको उक्त एप्लिकेशनबारे प्रविधि सम्बन्धी एक अनलाइन अखबारमा समाचार छापिएपछि आलोचना भएको थियो ।

मदरबोर्ड नामक अखरबारमा समाचार छापिएपछि आलोचना भएको भन्दै उक्त एप्लिकेशनका निर्माताले एप्लिकेशन बन्द गरेका हुन् । डिपन्यूड एप्लिकेशन रिभेन्ज पोर्न अर्थात् प्रतिशोधको भावनाले इन्टरनेटमा कसैको अश्लील तस्बीर वा भिडियो राख्नका लागि प्रयोग हुने भन्दै आलोचना हुँदै आएको थियो ।

एप्लिकेशनका निर्माताले उक्त एप्लिकेशनका लागि सही समय नआइसकेको बताएका छन् । लिनक्स र विण्डोज अपरेटिङ सिस्टममा आर्टिफिसियल इन्टिलिजेन्स अर्थात् कृत्रिम बृद्धिमत्ताबाट चल्ने उक्त एप्लिकेशनको मूल्य ५० डलर तोकिएको थियो ।

निर्माताहरुले उक्त एप्लिकेशन खरिद गरेका सबैलाई पैसा फिर्ता दिइने र यसको नयाँ संस्करण पनि सार्वजनिक नगर्ने बाचा गरेका छन् ।

प्रकाशित मिति : १६ असार २०७६, सोमबार  ८ : ५४ बजे

प्रतिनिधि छनोट रोकेको भन्दै सभापतिका उम्मेदवार राठोर आक्रोशित

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापतिको उम्मेदवारी घोषणा गरेका किशोरसिंह

एकसय १२ रोपनी जग्गा सरकारको नाममा दाखिला

काठमाडौं– काठमाडौं महानगरपालिका–४ को ११२ रोपनी जग्गा नेपाल सरकारको नाममा

नेपाल राष्ट्र बैंकद्वारा उपचार, आयात र सेवा क्षेत्रको सटही सुविधा वृद्धि

काठमाडौं– नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले एकीकृत परिपत्र-२०८२

नाइजेरियामा सैन्य विमान दुर्घटना, ३२ जनाको मृत्यु

एजेन्सी– नाइजेरियाका राष्ट्रपति बोला टिनुबुले सोमबार देशको दक्षिणपश्चिमी ओन्डो राज्यमा

नवलपुरमा दुई महिनामा २७७ वटा सर्पदंशका घटना

नवलपुर– नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा पछिल्ला दुई महिनामा २७७ वटा सर्पदंशका घटना