राजनीतिक उपलब्धि र संविधान रक्षाका लागि गठबन्धनका उम्मेदवारलाई मतदान गर्नुपर्छ : पर्यटनमन्त्री श्रेष्ठ « Khabarhub

राजनीतिक उपलब्धि र संविधान रक्षाका लागि गठबन्धनका उम्मेदवारलाई मतदान गर्नुपर्छ : पर्यटनमन्त्री श्रेष्ठ


२३ कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले जनताको सङ्घर्षबाट मुलुकमा प्राप्त राजनीतिक उपलब्धिका साथै संविधानको रक्षाका लागि जनताले गठबन्धनको साझा उम्मेदवारलाई मतदान गर्नुपर्ने बताएका छन् ।

नेपाल पत्रकार महासङ्घ काठमाडौँ उपत्यका प्रदेश समितिद्वारा आज आयोजित कार्यक्रममा मन्त्री श्रेष्ठले निर्वाचनमा नेपाली कांग्रेस र कम्युनिष्ट शक्तिबीचको गठबन्धन ऐतिहासिक भएको बताउँदै निर्वाचनपछि सरकार निर्माणमा पनि अहिलेको गठबन्धनलाई निरन्तरता दिइने बताए ।

आसन्न चुनावमा जनसहभागिता बढाउन सञ्चार क्षेत्रको निष्पक्षतामा उनले जोड दिए । मन्त्री श्रेष्ठले अद्यावधिक निर्वाचनले लोकतन्त्रलाई बलियो बनाउने बताउँदै त्यसका लागि यथार्थपरक सूचनाले जनसहभागिता वृद्धि गर्ने बताए ।

समितिका अध्यक्ष श्रीजन झाले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा मतदातालाई सत्यतथ्य र निष्पक्ष सूचना प्रवाह गर्नुपर्नेमा जोड दिँदै जनताले प्रकट गरेको जनमतबारे यथार्थ तथा तथ्यपूर्ण सूचना उपलब्ध गराउन आफ्नो संस्थाले समन्वयकारी भूमिका निर्वाह गर्ने बताए ।

समितिका उपाध्यक्ष रोजिना थापा र महासचिव टेकबहादुर रोकाले निर्वाचनलाई भयरहित र पारदर्शी बनाउन सञ्चार क्षेत्रको निष्पक्ष भूमिकाको खाँचो औँल्याए ।

प्रकाशित मिति : २३ कार्तिक २०७९, बुधबार  ८ : २६ बजे

खालिदा जियाका छोरा तारिक १७ वर्षपछि स्वदेश फर्किए, भावी प्रधानमन्त्रीका रुपमा चर्चा

ढाका- बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाका छोरा तारिक रहमान १७

पराशर मार्ग तीव्र रूपमा निर्माण गरिँदै

तनहुँ– विश्व बैंकको अनुदान सहयोगमा व्यास नगरपालिकाको गौरवको आयोजनाका रूपमा

चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ

काठमाडौं– प्रहरीले चार किलो ३०० ग्राम अवैध लागूऔषध कोकिनसहित तीन

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर

बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै

बेथलेहेम– गाजामा लामो समयदेखि चलेको युद्धको पीडादायी छायाँबीच दुई वर्षभन्दा