तालिबानको हिरासतमा महिलामाथि दुर्व्यवहार हुने गरेको ह्युमन राइट्स वाचको खुलासा « Khabarhub

तालिबानको हिरासतमा महिलामाथि दुर्व्यवहार हुने गरेको ह्युमन राइट्स वाचको खुलासा


२३ कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अफगानिस्तानमा शासन गरिरहेको तालिबानले अधिकारका लागि प्रदर्शन गर्ने महिलामाथि दुर्व्यवहार गर्ने गरेको पाइएको छ ।

अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्था ह्युमन राइट्स वाचले आफ्नो अधिकारका लागि प्रदर्शन गर्ने महिलालाई तालिबानले परिवारसहित बन्धक बनाउने, उनीहरुमाथि शारीरिक, मानिसिक एवम् यौनजन्य दुर्व्यवहार गर्ने गरेको पाइएको जनाएको छ ।

ह्युमन राइट्स वाचले प्रतिवेदन प्रकाशित गर्दै यसबाहेक अफगानिस्तानमा आफ्नो अधिकारको माग गर्ने महिलाहरुलाई धम्की दिने, उनीहरुमाथि कुटपिट गर्ने, निकै कष्टकर अवस्थामा बन्धक बनउने जस्ता गतिविधि हुँदै आएको छ । बन्धक बनाइएका महिलालाई बाहिर निकाल्न पनि तालिबान उदासिन रहेको उक्त प्रतिवेदनलाई उद्धृत गर्दै भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

त्यस्तै, तालिबानले महिलासँगै बन्धक बनाइएका उनीहरुका पुरुष आफन्तहरुलाई करेन्ट लगाएर यातना दिने गरेको पनि जनाइएको छ ।

प्रकाशित मिति : २३ कार्तिक २०७९, बुधबार  ९ : ३८ बजे

होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा

कीर्तिपुर– कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरको राधास्वामी सत्सङ्ग परिसरस्थित होल्डिङ सेन्टरमा

रास्वपाको जिल्ला अधिवेशन आजदेखि सुरु हुँदै

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को जिल्ला अधिवेशन आजदेखि सुरु हुँदैछ

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सुनसरी– सुनसरीको कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी

संवैधानिक जवाफदेहिताको परीक्षणमा दुई प्रतिवेदन

लोकतान्त्रिक शासन व्यवस्थाको आधार विधिको शासन हो । विधिको शासन

बेमौसमी फूलले मूल्य नपाउँदा अर्को बाली लगाउने तयारीमा किसान (तस्बिर)

धादिङ– धादिङको धुनिबेशी नगरपालिका–२ का किसानहरू यतिबेला माघ र चैत