आँखा किन फर्फराउँछ ? कसरी रोक्ने ? « Khabarhub

आँखा किन फर्फराउँछ ? कसरी रोक्ने ?


१७ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

कहिलेकाहीँ मानिसहरुको आँखा अचानक फर्फराउन थाल्छ । आँखा फर्फराएपछि  शुभ/अशुभ हुने भावनामा बहकिन्छन्- मान्छेहरु । पुरुषको दाहिने र महिलाको देब्रे आँखा फर्फराउनुलाई शुभ मान्ने गर्छन् मानिसहरु ।

अझ आँखा फर्फराउँदा ज्योतिष शास्त्रसँग जोडेर मानिसहरु दाहिने आँखा फर्फराउँदा शुभ हुने, देब्रे फर्फराउँदा अशुभ हुने आदि इत्यादि फलादेश गर्छन् । वास्तवमा यो भ्रम मात्रै हो । ज्योतिष शास्त्रले यस्ता विषयको फलादेश गर्दैन । ज्योतिष शास्त्रले मानिसहरुको भूत, वर्तमान र भविष्यको बारेमा फलादेश त गर्छ । तर कुनै न कुनै आधारलाई टेकेर मात्र ।

सिद्धान्त ज्योतिषबाट आकाशीय पिण्डहरुको गति, दूरी लगायत वर्षको गणना गरिन्छ । भने फलित ज्योतिषमार्फत फलादेश गरिन्छ । फलित ज्योतिषबाट फलादेश गर्दा केही न केही तथ्यमा आधारित रहेर नै गरिने हुँदा उसका जीवनका विविध घटनाहरुको बारेमा जानकारी पत्ता लगाउन सकिने हो।

तर, आँखा फर्फराउनु भनेको सामान्य बुझाइमा स्वास्थ्यको समस्या हो । आँखा वरिपरिका मांशपेशीहरू संकुचित हुँदा आँखा फर्फराउने चिकित्सकहरु बताउँछन् । यसका केही कारणहरु यस्ता छन् ।

थकान र तनावका कारण आँखा फर्फराउँछ । तनाव कम गर्न सक्नुभयो भने आँखा फर्फराउन बन्द हुन्छ । राम्ररी निद्रा पुगेको छैन भने पनि आँखा फर्फराउँछ । त्यस्तै, धेरै मादक पदार्थ सेवन गर्दा पनि आँखा फर्फराउँछ । धमिलो बत्तीमा काम गर्दा तथा लामो समयसम्म कम्प्युटरमा काम गर्दा पनि आँखा फर्फराउँछ ।

आँखा फर्फराउँदा रोक्नको लागि प्रशस्त मात्रामा पानी पिउनुपर्छ । शरीरलाई आराम हुनेगरी सुत्नुहोस् । आँखाको मसाज गर्नुहोस् । आँखीभौंलाई ३० सेकेन्डसम्म झिम्क्याउनुहोस् । एक हप्ताभन्दा बढी समयसम्म पनि आँखा फर्फराइरह्यो भने आँखा सम्बन्धी केही समस्या हुने भएकाले चिकित्सकको परामर्शमा जानु उपयुक्त हुन्छ ।

प्रकाशित मिति : १७ असार २०७६, मंगलबार  ५ : ४८ बजे

कर्णाली प्रदेशका पूर्वकानुनमन्त्री शाहीको निधन

कर्णाली – कर्णाली प्रदेश सरकारका पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री हिमबहादुर

भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन

काठमाडौँ – भोटेकोशी बाढीपछि सुस्ताएको नेपालको पर्यटन क्षेत्र क्रमशः लयमा

काराबाओ कप : दुई गोल गर्दै सिटीका साम्बाले ताने सबैको ध्यान

लन्डन – म्यानचेस्टर सिटीका १७ वर्षीय युवा फरवार्ड फ्लोयड साम्बाले

भोटेकोशी बाढी: बेपत्ता फर्किने आस मरेपछि कुशको शव बनाएर अन्त्येष्टि

कास्की – भोटेकोशी बाढीमा बेपत्ता भएको तीन साता बितिसक्दा पनि

गणेशमानको २९औँ स्मृति दिवस : जसले राजाले गरेको प्रधानमन्त्री बन्ने प्रस्ताव अस्वीकार गरे

काठमाडौँ – विसं २०४६ मा प्रजातन्त्र पुनःस्थापनाका लागि भएको जनआन्दोलनका