माल्दिभ्सको राजधानी मालेमा आगलागी ९ भारतीय र एक बङ्गलादेशी नागरिकको मृत्यु « Khabarhub

माल्दिभ्सको राजधानी मालेमा आगलागी ९ भारतीय र एक बङ्गलादेशी नागरिकको मृत्यु


२४ कार्तिक २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- माल्दिभ्सको राजधानी मालेको एक कार ग्यारेजमा बिहीबार बिहान आगलागी हुँदा कम्तीमा १० जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

भवनको भुइँ तलामा रहेको ग्यारेजमा आगलागी भएको थियो भने भवनको पहिलो तल्लामा केही आप्रवासी कामदार रहेका थिए ।

प्रहरीका अनुसार ती कामदार बङ्गलादेश, भारत र श्रीलङ्काका नागरिक हुन् । भवनमा आगलागी भएपछि दमकल घटनास्थलमा पुगेको र आगो निभाउन केही घण्टा लागेको बताइएको छ ।

फायर एन्ड रेस्क्यु सर्भिसका अनुसार घटनामा १० जनाको मृत्यु भएको छ भने २८ जनालाई भवनबाट सकुशल उद्धार गरिएको छ । मारिनेमा ९ जना भारतीय र एक जना बङ्गलादेशी नागरिक रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

भवनबाट फेला परेका शवहरू अनुहार चिन्न नसकिने गरी जलेकाले मृतकको पहिचान गर्न गाह्रो भएको बताइएको छ ।

आगलागीको कारण अझै थाहा हुन सकेको छैन ।

मालदिभ्सको सञ्चार स्रोतका अनुसार मृतकमध्ये अधिकांश व्यक्ति उनीहरूकै कोठा र बाथरूममा फसेका थिए ।

प्रकाशित मिति : २४ कार्तिक २०७९, बिहीबार  ६ : ४७ बजे

पोखरामा फेवा महोत्सवको रौनक (तस्बिरहरू)

काठमाडौं– नयाँ वर्ष २०८३ सालको स्वागतका लागि पोखरामा फेवा महोत्सव

आइतबार बसन्तपुर मानिसको भीड (तस्बिरहरू)

काठमाडौं– पछिल्लो समय खाडी क्षेत्रमा युद्ध चर्किएसँगै दक्षिण एसियाली  देशहरूमा इन्धन

इरान युद्धमा अमेरिका-बेलायत मतभेद, मन्त्री भन्छन् : ट्रम्प सधैँ भड्किलो र विवादित कुरा लेख्छन्

काठमाडौं- बेलायतका स्वास्थ्य मन्त्री वेस स्ट्रीटिङ्गले इरानसँगको युद्धमा संलग्न नहुने

लन्डन प्रदर्शनमा सयौँ पक्राउ

लन्डन- बेलायतको राजधानी लन्डनमा प्यालेस्टाइन समर्थक प्रदर्शनमाथि कडा प्रहरी हस्तक्षेप

वीरमा पुगेर मन्त्रीले भनिन्, ‘स्वास्थ्य परीक्षण रिपोर्ट लिन अस्पताल आउनै नपर्ने व्यवस्था गर्छौँ’

काठमाडौं– स्वास्थ्यमन्त्री निशा मेहताले सबै सरकारी अस्पतालहरूमा छिटै डिजिटल रुपमा