शल्य चिकित्सकको १३औँ राष्ट्रिय सम्मेलन सुरु | Khabarhub Khabarhub

शल्य चिकित्सकको १३औँ राष्ट्रिय सम्मेलन सुरु


२४ कार्तिक २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल शल्य चिकित्सक समाजको १३औँ राष्ट्रिय सम्मेलन आजदेखि भैरहवामा सुरु भएको छ । कात्तिक २६ गतेसम्म चल्ने राष्ट्रिय सम्मेलनमा नेपाल, भारत, बङ्गलादेशका शल्य चिकित्सक गरी तीन सय बढीले सहभागिता जनाउने आयोजकको भनाइ छ ।

नेपाल शल्य चिकित्सक समाजका अध्यक्ष प्रोफेसर डा सुनिलकुमार शर्मा ढकालले स्वास्थ्य उपचारको महत्वपूर्ण क्षेत्रका रुपमा रहेको शल्यक्रिया सम्बन्धमा रहेको खोज, अनुसन्धान, ज्ञान र सीपलाई ठोस रुपमा विश्लेषण गरी सुविधालाई अझ परिस्कृत र उन्नत बनाउने उद्देश्यका साथ सम्मेलन आयोजना गरिएको बताए ।

सम्मेलनमा विश्वमा शल्य चिकित्सा क्षेत्रमा भइ रहेका नयाँ प्रयोग, प्रविधिबारे जानकारी आदानप्रदान हुने उनको भनाइ छ । ‘सीपयुक्त उपचार’ नारा दिइएको राष्ट्रिय सम्मेलनको पहिलो दिनको कार्यक्रम भैरहवामा सम्पन्न भएको छ भने दोस्रो र तेस्रो दिनको कार्यक्रम लुम्बिनीमा रहेको होटल पवन प्यालेसमा हुने साइन्टिफिक कमिटीका अध्यक्ष डा राजेश पौडेलले बताए ।

पहिलो दिनको कार्यक्रममा वरिष्ठ शल्य चिकित्सकद्वारा कनिष्ट शल्य चिकित्सक एवम सो सम्बन्धमा अध्ययनरत चिकित्सकलाई रक्त धमनी शल्यक्रियाका विषयका सीप सिकाइएको थियो । कार्यक्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शल्य चिकित्सकबाट शल्यक्रियाको प्रत्यक्ष भिडियो देखाइएको थियो ।

सम्मेलनको दोस्रो दिन कार्यक्रम उद्घाटनसहित कार्यपत्र प्रस्तुतिको मुख्य गतिविधि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विशेषज्ञबाट गरिने पौडेलको भनाइ छ । उहाँले प्रस्तुतिमा युरोलोज बाल शल्य चिकित्सा, मुटु फोक्सो तथा नशासम्बन्धी शल्य चिकित्सा, एवं जनरल तथा गेस्ट्रो सर्जरी विषय समावेश हुने बताए ।

सम्मेलनको तेस्रो दिन प्लास्टिक सर्जरी, न्यूरो सर्जरी, जनरल तथा गेस्ट्रो सर्जरी विषयमा गरी जम्मा एक सय ५२ वटा कार्यपत्र प्रस्तुत गरिनेछ ।

सम्मेलनमा स्वदेशी र विदेशी गरी करिब तीन सय जना सहभागी हुने छन् । साथै, सम्मेलनले शल्य चिकित्सासम्बन्धी उपचार पद्धतिको विकासमा उल्लेखनीय टेवा पु¥याउने अपेक्षा गरिएको नेपाल शल्य चिकित्सक समाजका लुम्बिनी प्रदेश अध्यक्ष डा सन्तोष साहले बताए ।

प्रकाशित मिति : २४ कार्तिक २०७९, बिहीबार  ९ : ४१ बजे

व्यवसायिक चिराइतो खेतीबाट १२ लाखसम्म आम्दानी

भोजपुर- षडानन्द नगरपालिका–१० तीनतलेका किसान बहुउपयोगी जडीबुटी चिराइतोको व्यावसायिक खेतीमा

घोराहीको नीति तथा कार्यक्रम : गौरव बढाउने आयोजनालाई प्राथमिकता

दाङ– दाङको घोराही उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष (आव) २०८२–८३ का

सडक स्तरोन्नति गर्न युवाहरूको माग

पाल्पा– पाल्पाकाे निस्दी गाउँपालिकाका युवाले सडक स्तरोन्नति गर्न अनुरोध गरेका

विद्यार्थी कम भएपछि पाँच सामुदायिक विद्यालय समायोजन

स्याङ्जा– स्याङ्जाको वालिङ नगरपालिकाका पाँच विद्यालय समायोजन गरिएको छ ।

विश्वस्तरीय आँखा स्वास्थ्यसम्बन्धी ‘डिजिटल’ तालिम 

काठमाडौं– उपचारपछि निको हुने अन्धोपना निवारण गर्न आँखा स्वास्थ्यसम्बन्धी विश्वस्तरीय