व्यवसायीले बुझाए अर्थमन्त्री र गभर्नरलाई ज्ञापनपत्र « Khabarhub

व्यवसायीले बुझाए अर्थमन्त्री र गभर्नरलाई ज्ञापनपत्र


२४ कार्तिक २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

तनहुँ – तनहुँका उद्योगी, व्यवसायीले अर्थमन्त्री र गभर्नर समक्ष ज्ञापनपत्र बुझाएका छन् । तनहुँ उद्योग वाणिज्य सङ्घको नेतृत्वमा आज उद्योगी, व्यवसायीको टोलीले सात बुँदे माग राख्दै प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालमार्फत् अर्थमन्त्री र गभर्नरलाई ज्ञापनपत्र बुझाएका हुन् ।

ज्ञापनपत्रमा कर्जाको ब्याजदर एकल अङ्कमा हुनुपर्ने, बैंक तथा वित्तीय संस्थाले विभिन्न शीर्षकमार्फत् सेवा शुल्कका नाममा कुनै पनि शुल्क लिन नपाउने, कर्जाको ब्याजदर पुनःसंरचना गर्नुपर्ने, विगतमा मौद्रिक नीतिमार्फत् दिएको छुट कार्यान्वयन हुनुपर्ने लगायत माग गरिएका तनहुँ उद्योग वाणिज्य सङ्घका अध्यक्ष पविन्द्रकुमार श्रेष्ठले बताए ।

ऋणीको उद्योग, व्यापार, व्यवसायको सम्पूर्ण नगद कारोबार चल्ती खातामार्फत् गर्ने व्यवस्था भएकोमा नगद कारोबार कर्जा खातामा नै जम्मा गर्ने व्यवस्था हुनुपर्ने, कर्जा लगानी गरेपश्चात कम्तीमा एक वर्षसम्म ऋणीको सहमति विना ब्याजदरमा कुनै पनि वृद्धि गर्न नहुने उनीहरुको माग छ । बैंक तथा वित्तीय संस्थाले अनुचित रुपमा बढाएको लिलामी प्रक्रिया तत्काल स्थगित हुनुपर्ने माग गरिएको अध्यक्ष श्रेष्ठको भनाइ छ ।

नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य देवकुमार श्रेष्ठ र पूर्वकेन्द्रीय सदस्य वृषराज श्रेष्ठले संयुक्त रुपमा प्रजिअ अर्याललाई सो ज्ञापनपत्र बुझाएका हुन् ।

व्यावसायिक क्षेत्रमा देखिएको आर्थिक अन्यौलता र बैंक तथा वित्तीय समस्याका सम्बन्धमा सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउने उद्देश्यले सङ्घमा आवद्ध २९ सङ्घ संस्थाको ऐक्यबद्धतामा ज्ञापनपत्र बुझाइएको सङ्घका प्रथम उपाध्यक्ष इमकुमार मल्लले जानकारी दिए ।

ज्ञापनपत्र बुझ्दै प्रजिअ अर्यालले व्यवसायीको मागसहितको ज्ञापनपत्र तत्काल सम्बन्धित मन्त्रालयमा पठाउने बताएका छन् । तनहुँ उद्योग वाणिज्य सङ्घसँगै चेम्बर अफ कमर्स तनहुँले ज्ञापनपत्र बुझाएको चेम्बरका वरिष्ठ उपाध्यक्ष कविराज श्रेष्ठले जानकारी दिए । यसअघि जिल्लाभरका करिब चार सय व्यवसायीले हातहातमा प्लेकार्डसहित शान्तिपूर्ण विरोध ¥याली प्रदर्शन गरेका थिए ।

प्रकाशित मिति : २४ कार्तिक २०७९, बिहीबार  ९ : ५९ बजे

हात्ती आक्रमणबाट मृतकका परिवारलाई १० लाख राहत दिने मन्त्री गौतमको घोषणा

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले मानव–वन्यजन्तु

फ्लाई दुबईले उडान भर्ने भएपछि पोखराका पर्यटन व्यवसायी उत्साहित

काठमाडौं । फ्लाई दुबईले पोखराबाट उडान भर्ने भएपछि यस क्षेत्रका

इजिप्टको मरुभूमिमा भेटियो सयौँ वर्ष पुरानो सहर

काठमाडौं । इजिप्टका पुरातत्वविद्हरूले दुईवटा अत्यन्तै महत्त्वपूर्ण ऐतिहासिक खोज गरेका

युवामा लगानी र उद्यमशीलतामार्फत अर्थतन्त्र सुदृढ बनाउन जोड

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सअन्तर्गत नेपाल युथ चेम्बरद्वारा आयोजित

कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय थप

ललितपुर – नेपाली कांग्रेसले क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय आगामी