ग्रेडर मेसिन हाँक्ने अनिता  | Khabarhub Khabarhub

ग्रेडर मेसिन हाँक्ने अनिता 


२५ कार्तिक २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

घोराही- दाङको घोराही सहरदेखि गाउँसम्म बिग्रिएका सडक बनाउनेदेखि नयाँ सडकको ट्रयाक खन्ने काममा व्यस्त छिन्, अनिता थारु। साना सवारीसाधन चलाउने महिलाको संख्याभन्दा ठूला सवारीसाधन चलाउने महिला न्यून छन्। तर अनिता भने विगत चार वर्षदेखि दाङलगायत ठाउँमा सडक तथा पुल निर्माण गर्न ग्रेडर मेसिन चलाउँदै आएकी छन्।

उनी डेढ वर्षदेखि घोराही उपमहानगरपालिकामा ग्रेडर अपरेटरका रूपमा कार्यरत छिन्। अनिता पछिल्लो समय भने उपमहानगरपालिका भित्रका विकास निर्माणका काममा ग्रेडर मेसिन चलाउँदै आएकी छन्।

१२ कक्षासम्म अध्ययन सकेर घरमै बसेको समयमा आफन्तको सहयोगमा उनी बर्दियाबाट दाङ आएर ग्रेडर मेसिन चलाउन थालेकी हुन्।

‘कमजोर आर्थिक अवस्थाका कारण पढाइलाई अघि बढाउन नसकेर घरमै बसेकी थिएँ,’ उनले भनिन्, ‘घरमा त्यसै बस्नुभन्दा ग्रेडर मेसिन चलाउन सिक्ने सोच बनाए र दाङ आएकी हुँ।’

घोराही–मुर्कुटी सडक बनाउने काममा अनिताका भिनाजुले ग्रेडर मेसिन चलाउँथे। उनीसँगै उक्त सडक निर्माण गर्ने कम्पनीमा सहायक ग्रेडर अपरेटरका रूपमा एक वर्ष काम गरेपछि ग्रेडर चलाउन सक्ने भएको अनिता बताउँछिन्।

निर्माणको क्षेत्रमा काम गर्न कठिन भए पनि आत्मविश्वास र मेहनतले सफलता हासिल गर्दै गएको उनको भनाइ छ।

करिब एक चलाउन सिकेपछि अनिताले उक्त मेसिन राम्ररी चलाउन सक्ने भइन्। तर उनीसँग सवारी चालक अनुमति पत्र भने थिएन। यसका लागि २०७६ भदौमा तुलसीपुरमा परीक्षा दिइन्। परीक्षामा सहभागी १३ जनामध्ये उत्तीर्ण हुने अनिता भने एक्ली महिला थिइन्।

‘पहिलो प्रयासमै सवारी चालक अनुमति पत्र लिन सफल भएँ,’ उनले भनिन्। उनले त्यसपछि जागिरका क्रममा दाङ र बर्दियाका विभिन्न ठाउँमा निर्माणसम्बन्धी काम गरिन्।

‘ग्रेडर मेसिन चलाउन सक्थे, तर लाइसेन्स नहुँदा समस्या थियो,’ उनले भनिन्, ‘विसं २०७६ भदौमा लाइसेन्स खुलेपछि ट्रायल दिए। ट्रायलमा पास भएपछि मलाई काममा सहजता भयो।’ अन्य सवारी साधनभन्दा चलाउन कठिन भए पनि अनुभवले गर्दा सहज लाग्ने गरेको उनी बताउँछिन्।

‘अन्य उपकरणभन्दा यो चलाउन निकै कठिन हुन्छ,’ चालक अनिता भन्छिन्, ‘तर आफूभित्रको आत्मविश्वास र निरन्तरको मेहनतले मलाई अहिले सहज भएको छ।’ बेरोजगार बस्नुभन्दा कुनै पनि सीप सिकेर काममा लाग्न उनको अरू महिलालाई सल्लाह छ।

निर्माणका क्षेत्रमा महिलालाई काम गर्न कठिनाइ भए पनि आफ्नो कामबाट आफू सन्तुष्ट रहेको अनिताको भनाइ छ। ‘निर्माणको क्षेत्रमा काम गर्न गाह्रो भए पनि मलाई यही पेसामा सन्तुष्टि छ,’ उनले भनिन्, ‘धेरै पढेको भए ठूलो अपेक्षा हुन्थ्यो र अरू काम खोजिन्थ्यो होला। पढ्न सकिएन। त्यसैले ग्रेडर अपरेटर नै मेरा लागि ठिक छ।’

अनिता परिवारका चार सन्तानमध्ये एक्ली छोरी छन्। स्थानीय सूर्य माध्यमिक विद्यालयबाट १० कक्षा उत्तीर्ण गरेकी उनले बाँकेको कोहलपुरस्थित बागेश्वरी माध्यमिक विद्यालयबाट १२ कक्षा उत्तीर्ण गरेकी हुन्। कमजोर आर्थिक अवस्थाका कारण अनिताले पढाइ छोडेर मेसिन चलाउन थालिन्।

सुरुमा चलाउँदा महिलाले पनि ग्रेडर मेसिन चलाउँछन् भनेर धेरैले हेर्न आउने गरेको उनी सम्झिन्छिन्। ‘अहिले सबैलाई सामान्य लाग्न थालिसकेको छ,’ अनिताले भनिन्।

प्रकाशित मिति : २५ कार्तिक २०७९, शुक्रबार  ११ : ५२ बजे

भूपरिवेष्टित विकासशील राष्ट्रमा दिगो स्रोत परिचालनमा जोड

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले भूपरिवेष्टित विकासशील राष्ट्रमा दिगो स्रोत

उफ् ! काठमाडौंमा धुवाँ (तस्बिरहरू)

काठमाडौं– काठमाडौं उपत्यकामा हुने प्रदूषणमध्ये वायु प्रदूषण मुख्य समस्याको रूपमा

पृथ्वी राजमार्ग तनहुँ खण्ड : दुर्घटनाका पाँच जोखिमयुक्त स्थान पहिचान

दमौली– पृथ्वीराजमार्ग अन्तर्गत तनहुँ खण्डमा दुर्घटना सङ्ख्याका आधारमा पाँच प्रमुख

एमाले महासचिव भन्छन्- पूर्वराष्ट्रपति एमालेमा भिड्न आउने हल्लाको आयु सकियो

काठमाडौं- नेकपा एमालेका महासचिव शंकर पोखरेलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबारे भइरहेका

इप्पानले सार्वजनिक गर्‍यो ‘पावर समिट, २०२५’ को लोगो

काठमाडौं– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले ‘पावर समिट,२०२५’ को