सिरियामा जारी हिंसाप्रति राष्ट्रसंघका महासचिवको चासो « Khabarhub

सिरियामा जारी हिंसाप्रति राष्ट्रसंघका महासचिवको चासो


२५ कार्तिक २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

संयुक्त राष्ट्रसङ्घ – संयुक्त राष्ट्रसङ्घीय महासचिव एन्टोनियो गुटरेसले सिरियामा पछिल्ला केही दिनयता जारी रहेको हिंसाप्रति चासो व्यक्त गरेका छन्।

उनले केही दिनयता सिरियाका विभिन्न भूभागमा हिंसात्मक हमला भएर केही व्यक्तिको ज्यान गएको तथा कैयौँ व्यक्ति विस्थापित हुन पुगेका घटनाप्रति चासो व्यक्त गरेको उनका प्रवक्ता स्टेफान डुजारिकले बिहीबार प्रकाशन गरेको विज्ञप्तिमा जनाइएको छ।

महासचिव गुटरेसले यस्तो आक्रमणलाई रोकी सबै पक्षले शान्ति र संयम अपनाउन आग्रह पनि गरेका छन्। केही दिनयताको सो हमलाबाट उत्तरपूर्वी सिरियाली नगर इडलिबका कैयौँ मानिस विस्थापित हुन पुगेका पनि बताइएको छ।

यसवर्ष उत्तरी सिरियामा मात्र एक सय २१ जनाको यस्तै आक्रमणबाट ज्यान गएको छ भने दुई सयभन्दा बढी व्यक्ति घाइते भएका छन्। यहाँका ४० लाखभन्दा बढी व्यक्ति सो हिंसात्मक हमलाबाट प्रभावित भएका छन्। उनीहरुमध्ये अधिकांश बालबालिका र महिला रहेका छन्। उनीहरुलाई अहिले संयुक्त राष्ट्रसंघीय सहायता प्रदान गर्ने गरिएको छ।

प्रकाशित मिति : २५ कार्तिक २०७९, शुक्रबार  ११ : ४४ बजे

कुलमानले भने- निर्वाचनबाट देश परिवर्तनको नेतृत्व उज्यालो पार्टीले लिन्छ

काठमाडौं– उज्यालो नेपाल पार्टीका संरक्षक एवं ऊर्जा, भौतिक पूर्वाधार र

बालबालिका र किशोर–किशोरीमाथि बुलिङ भएको कसरी थाहा पाउने ?

काठमाडौं– सरकारले ‘स्वस्थ मन : स्वस्थ जीवन’ भन्ने मूल सन्देशसहित मानसिक स्वास्थ्य

रमेश लेखकले भने- सोमबार जाँचबुझ आयोगमा गएर बयान दिन्छु

काठमाडौं– पूर्व गृहमन्त्री रमेश लेखकले सोमबार जाँचबुझ आयोगमा बयान दिन

रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आजदेखि समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया

रास्वपा नेताहरूसँग छलफल गर्दै रवि, बालेन भेट्न पुगे शिशिर

काठमाडौं- नेताहरूसँग छलफल गर्ने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि