एकै दिन एक हजार तीन सयले बढ्यो सुनको मूल्य | Khabarhub Khabarhub

एकै दिन एक हजार तीन सयले बढ्यो सुनको मूल्य


२५ कार्तिक २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबारका तुलनामा प्रतितोला रु एक हजार तीन सयले बढेको छ । बिहीबार प्रतितोला रु ९५ हजार चार सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु ९६ हजार सात सय तोकिएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९६ हजार दुई सय छ । तेजाबी सुनको मूल्य अघिल्लो दिन प्रतितोला रु ९४ हजार नौ सय थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १० ले बढेर रु एक हजार दुई सय ९५ पुगेको महासङ्घले जनाएको छ । महासङ्घले अन्तर्राष्ट्रिय बजारको सुन तथा चाँदीका कारोबार मूल्यका आधारमा यहाँ दैनिक मूल्य तोक्दै आएको छ ।

प्रकाशित मिति : २५ कार्तिक २०७९, शुक्रबार  १२ : ३८ बजे

औषधिमा २५० प्रतिशतसम्म भन्सार शुल्क लगाउने ट्रम्पको संकेत

एजेन्सी – संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आयातित औषधिजन्य

पानीपुरी र चटपटेका ठेला खोज्दै काठमाडौँ महानगर, बिक्री अनुगमन गर्ने

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले पानीजन्य रोगबाट नागरिकलाई बचाउन पानीपुरी, चटपटेलगायत

पहिरोले अवरुद्ध कर्णाली राजमार्ग खुल्यो

जुम्ला – पहिरोले अवरुद्ध कर्णाली राजमार्ग सञ्चालनमा आएको छ ।

लेक लागेर अन्नपूर्ण क्षेत्रमा गत वर्ष १८ पर्यटकको मृत्यु

गण्डकी : गत आवमा अन्नपूर्ण संरक्षण क्षेत्रका विभिन्न गन्तव्यमा १८

एमालेले विधान महाधिवेशनलाई राजनीतिक उत्सवका रूपमा मनाउँछ : महासचिव पोखरेल

काठमाडौँ : नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले दोस्रो विधान