प्रधानसेनापति शर्मा खोटाङमा « Khabarhub

प्रधानसेनापति शर्मा खोटाङमा


२५ कार्तिक २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

खोटाङ- निर्वाचन सुरक्षाको सन्दर्भमा प्रधानसेनापति प्रभुराम शर्मा खोटाङ आएका छन्। आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनसम्बन्धी शान्ति सुरक्षाको स्थिति बुझ्न र अनुगमनका लागि प्रधानसेनापति शर्मा शुक्रबार खोटाङ आएका हुन् ।

निर्वाचनको शान्ति सुरक्षा व्यवस्थाबारे बुझ्नका लागि प्रधानसेनापति शर्मा खोटाङ आएको प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाईंले बताए । खोटाङ आएको अवसरमा प्रधानसेनापति शर्माले हलेसीको दर्शन गरेका छन् ।

उनले हलेसी तुवाचुङ नगरपालिकाका मेयर बिमला राई र उपमेयर रमेश राउतसँग भेटघाट गरेका छन्। भेटमा निर्वाचनको सुरक्षासम्बन्धी कुराकानी भएको मेयर राईले बताइन्। ‘उहाँसँग निर्वाचनको सुरक्षाका सन्दर्भमा गफगाफ भयो,’ मेयर राईले भनिन्, ‘खोटाङ आउनुको उद्देश्यका बारेमा सेयरिङ गर्नुभएको थियो ।’

प्रकाशित मिति : २५ कार्तिक २०७९, शुक्रबार  १ : ५० बजे

बलात्कारीको बास कहाँ छ ?

केही दिनअघि तीन वर्षकी एउटी बालिका बलात्कृत भएको समाचार आयो।

टप एन्ड टी–२० सिरिज : आज नेपाल ‘ए’ र अष्ट्रेलियन क्यापिटल खेल्ने

काठमाडौँ– अष्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजमा आज नेपाल ‘ए’

‘एडल्ट’ सर्टिफिकेट पाउँदैमा फिल्म अश्लील हुँदैन !

काठमाडौँ- वयस्क दर्शकलाई केन्द्रित गरी बनाइएका फिल्म नै ‘एडल्ट’ हुन्

उपभोक्ताको रोजाइमा कर्णालीको स्याउ

बाँके– भारतीय सीमावर्ती सहर नेपालगञ्जमा यतिबेला कर्णालीको स्याउले भारतीय स्याउलाई

म्याग्दीको घुमाउने ताल–मौवाफाँट सडक कालोपत्र

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिकाको केन्द्र मौवाफाँट जोड्ने घुमाउने ताल–मौवाफाँट सडक