‘बिहारमा लागू मदिरा निषेध अभियान असफल’ « Khabarhub

‘बिहारमा लागू मदिरा निषेध अभियान असफल’


२५ कार्तिक २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपालसँग सीमा जोडिएको भारतको बिहार राज्यको सरकारले लागू गरेको मदिरा निषेध अभियान असफल भएको राज्यका एक जना वरिष्ठ नेताले बताएका छन् । यद्यपि त्यसबाट राज्यका जनतालाई केही लाभ भएको बताइएको छ ।

जनता दल (युनाइटेड) का नेता तथा पार्टीको राष्ट्रिय संसदीय बोर्डका अध्यक्ष उपेन्द्र कुशवाहले आज संवाददाताहरूसँग कुरा गर्दै राज्यमा मदिरा निषेध अभियान सफल नभएको बताए ।

उनले सरकारको एकल प्रयासबाट अभियान सफल नहुने बताउँदै त्यस निम्ति जनसाधारणको साथ र समर्थन अपरिहार्य भएकामा जोड दिए ।

मदिरा आपूर्ति नरोकिएसम्म त्यसको खपत पनि नरोकिने यथार्थ सुनाउँदै उनले अभियानबाट केही हदसम्म समाज लाभान्वित भएको बताए । उनले अभियानलाई सफल बनाउन राज्यका जनतालाई अग्रमोर्चामा आउन आह्वान गरे ।

नेता कुशवाहको यो भनाइले नीतिश कुमारको सरकारलाई अप्ठ्यारो पारेको छ । मदिरा आपूर्तिकर्ताहरूमाथि कठोर बन्न तथा कडाइका साथ कानून कार्यान्वयन मुख्यमन्त्रीले आदेश दिएपछि नेता कुशवाहको यो भनाइ सार्वजनिक भएको हो ।

सन् २०१६ को अप्रिलदेखि बिहारमा मदिरामाथि प्रतिबन्ध लगाइएको छ । प्रतिबन्ध उल्लङ्घन गर्नेलाई १० वर्षसम्म काराबासको सजाय हुने कठोर व्यवस्था पनि गरिएको छ तर मदिराको आपूर्ति र खपत घटेको छैन ।

मदिराका कारण राज्यमा आपराधिक घटना बढेका छन् । बिहार राज्यका लागि भारतीय जनता पार्टीका निखिल आनन्दले पनि नेता कुशवाहको भनाइप्रति सहमति जनाएका छन्

प्रकाशित मिति : २५ कार्तिक २०७९, शुक्रबार  ३ : २७ बजे

पोखरामा फेवा महोत्सवको रौनक (तस्बिरहरू)

काठमाडौं– नयाँ वर्ष २०८३ सालको स्वागतका लागि पोखरामा फेवा महोत्सव

आइतबार बसन्तपुर मानिसको भीड (तस्बिरहरू)

काठमाडौं– पछिल्लो समय खाडी क्षेत्रमा युद्ध चर्किएसँगै दक्षिण एसियाली  देशहरूमा इन्धन

इरान युद्धमा अमेरिका-बेलायत मतभेद, मन्त्री भन्छन् : ट्रम्प सधैँ भड्किलो र विवादित कुरा लेख्छन्

काठमाडौं- बेलायतका स्वास्थ्य मन्त्री वेस स्ट्रीटिङ्गले इरानसँगको युद्धमा संलग्न नहुने

लन्डन प्रदर्शनमा सयौँ पक्राउ

लन्डन- बेलायतको राजधानी लन्डनमा प्यालेस्टाइन समर्थक प्रदर्शनमाथि कडा प्रहरी हस्तक्षेप

वीरमा पुगेर मन्त्रीले भनिन्, ‘स्वास्थ्य परीक्षण रिपोर्ट लिन अस्पताल आउनै नपर्ने व्यवस्था गर्छौँ’

काठमाडौं– स्वास्थ्यमन्त्री निशा मेहताले सबै सरकारी अस्पतालहरूमा छिटै डिजिटल रुपमा