अमेरिका जाने विद्यार्थीका लागि भिसा जारी शुल्क नलाग्ने, ५१० डलर तिरे पुग्ने « Khabarhub

अमेरिका जाने विद्यार्थीका लागि भिसा जारी शुल्क नलाग्ने, ५१० डलर तिरे पुग्ने


१७ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिकाले नेपाली विद्यार्थीबाट भिसा जारी गरे बापत लिँदै आएको शुल्क नलिने निर्णय गरेको छ । जुलाई १ देखि नेपाली विद्यार्थीबाट भिसा जारी गरे बापत लिँदै आएको २०० अमेरिकी डलर नलिने निर्णय गरेको हो ।

नेपाल र अमेरिकाबीच भएको भिसा पारस्परिक सम्झौताअनुसार अमेरिकाले यस्तो निर्णय गरेको हो । यसअघि आवेदन शुल्क १६०, भिसा पारस्परिकता इस्युएन्स शुल्क २०० र सेभिस शुल्क ३५० गरी कूल ७१० डलर तिर्नुपर्थ्यो । जुन २४ देखि जुन ३० सम्म विद्यार्थी भिसा लिने विद्यार्थीहरुले सो बमोजिमको रकम तिरेका थिए ।

अब अमेरिका अध्ययनका लागि जाने विद्यार्थीहरुले आवेदन शुल्क १६० र सेभिस शुल्क ३५० गरी कूल ५१० मात्र तिरे पुग्ने छ ।

जुन २४ अघि भने तीन प्रकारका शुल्क गरी ५६० डलर तिर्नुपर्थ्यो । जसमा सेभिस शुल्क २००, आवेदन शुल्क १६० र भिसा पारस्परिकता इस्युएन्स शुल्क २०० र गरी कूल ५६० डलर तोकिएको थियो ।

प्रकाशित मिति : १७ असार २०७६, मंगलबार  ९ : २४ बजे

रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्न सात सदस्यीय विज्ञ समिति गठन 

काठमाडौं – सरकारले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको वैज्ञानिक आधार र

राष्ट्रपतिसमक्ष वित्त आयोगको वार्षिक प्रतिवेदन प्रस्तुत

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको

प्रधानमन्त्री शाहले कार्यवाहक राजदूत मेगनलाई भने : नेपालले अमेरिकी लगानीलाई सधैँ स्वागत गर्छ

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन

अमेरिकाले इजरायललाई २ अर्ब ८० करोड डलरको हतियार बिक्री गर्ने

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले इजरायललाई करिब २ अर्ब ८० करोड

मिसाइल हानेर साउदीको लडाकु विमान खसालेको हुथीको दाबी

साना- यमनका हुथी विद्रोहीहरूले साउदी अरेबियाको एफ–१५ लडाकु विमान खसालेको