अमेरिका जाने विद्यार्थीका लागि भिसा जारी शुल्क नलाग्ने, ५१० डलर तिरे पुग्ने | Khabarhub Khabarhub

अमेरिका जाने विद्यार्थीका लागि भिसा जारी शुल्क नलाग्ने, ५१० डलर तिरे पुग्ने


१७ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिकाले नेपाली विद्यार्थीबाट भिसा जारी गरे बापत लिँदै आएको शुल्क नलिने निर्णय गरेको छ । जुलाई १ देखि नेपाली विद्यार्थीबाट भिसा जारी गरे बापत लिँदै आएको २०० अमेरिकी डलर नलिने निर्णय गरेको हो ।

नेपाल र अमेरिकाबीच भएको भिसा पारस्परिक सम्झौताअनुसार अमेरिकाले यस्तो निर्णय गरेको हो । यसअघि आवेदन शुल्क १६०, भिसा पारस्परिकता इस्युएन्स शुल्क २०० र सेभिस शुल्क ३५० गरी कूल ७१० डलर तिर्नुपर्थ्यो । जुन २४ देखि जुन ३० सम्म विद्यार्थी भिसा लिने विद्यार्थीहरुले सो बमोजिमको रकम तिरेका थिए ।

अब अमेरिका अध्ययनका लागि जाने विद्यार्थीहरुले आवेदन शुल्क १६० र सेभिस शुल्क ३५० गरी कूल ५१० मात्र तिरे पुग्ने छ ।

जुन २४ अघि भने तीन प्रकारका शुल्क गरी ५६० डलर तिर्नुपर्थ्यो । जसमा सेभिस शुल्क २००, आवेदन शुल्क १६० र भिसा पारस्परिकता इस्युएन्स शुल्क २०० र गरी कूल ५६० डलर तोकिएको थियो ।

प्रकाशित मिति : १७ असार २०७६, मंगलबार  ९ : २४ बजे

तीन उद्योगले तिरे ‘डेडिकेटेड’ तथा ‘ट्रङ्कलाइन’को विद्युत् महसुल बक्यौता किस्ता

काठमाडौं – डेडिकेटेड तथा ट्रङ्कलाइनबाट विद्युत् उपभोग गरेका उद्योगले प्रिमियम

बोटमै जुनार कुहिन थालेपछि कृषक चिन्तित

सिन्धुली – जिल्लाकै सबैभन्दा बढी जुनार उत्पादन हुने गोलञ्जोर गाउँपालिकाका

जेनजी आन्दोलनमा तोडफोड र लुटपाट गर्नेमाथि अविलम्व कारबाहीको माग

मोरङ – जेनजीका नाममा सरकारी तथा निजी सम्पत्ति तोडफोड र

ध्वनि प्रदूषण नियन्त्रण गर्न ट्राफिक प्रहरीको विशेष अभियान सुरु

काठमाडौं – काठमाडौँ उपत्यकामा सवारी साधनबाट हुने ध्वनि प्रदूषण नियन्त्रण