पाकिस्तानी प्रहरीद्वारा बन्धक बनाइएकी ९ वर्षीया बालिका मुक्त « Khabarhub

पाकिस्तानी प्रहरीद्वारा बन्धक बनाइएकी ९ वर्षीया बालिका मुक्त


२५ कार्तिक २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पाकिस्तानी प्रहरीले बन्धक बनाइएकी एक जना ९ वर्षीया बालिकालाई मुक्त गरेको छ । पाकिस्तानी सहर फैसलावादको मदिना टाउनमा प्रहरीले ९ वर्षीया बालिकको उद्धार गरेको हो । मदिना टाउनको इडेन भ्याली क्षेत्रमा घरायशी कामदारका रुपमा कार्यरत उनलाई साङ्लोले बाँधेर बन्धक बनाइएको थियो ।

घरबाट भाग्न नदिन उनलाई घरधनी र उनका रोजगारदाताले साङ्लोले बाँधेर राखेका थिए । यसबाहेक उनलाई यातना समेत दिइएको पाकिस्तानबाट प्रकाशित हुने डन अखबारको अनलाइन संस्करणले जनाएको छ । बालिकालाई बन्धक बनाइएको सूचना पाएपछि प्रहरीले छापा मारेको थियो ।

घटनामा संलग्न भएको आरोपमा प्रहरीले घरधनी आशिफ र उनकी श्रीमती आलिया बिबीलाई पनि पक्राउ गरेको डनले जनाएको छ ।

मारिया बिबी नाम गरेकी ती बालिकालाई मासिक २ हजार पाकिस्तानी रुपैयाँमा घरायशी काम गराउन उनकी आमा रसूलान बिबीले रोजगारदाताको जिम्मा लगाएकी थिइन् । उनका रोजगारदाताले उनलाई दैनिक यातना दिँदै आएका थिए । उनीहरुले ती बालिकाको छाला तातो चक्कुले समेत काट्ने गरेका थिए ।

प्रकाशित मिति : २५ कार्तिक २०७९, शुक्रबार  ८ : १९ बजे

भारी वर्षापछि बैंककका ५० जिल्लामा विपद् घोषणा

बैंकक- थाइल्यान्डको राजधानी बैंककमा लगातार तेस्रो दिन परेको भारी वर्षाका

जीडीआईमार्फत विकासशील मुलुकको विकास सहकार्यलाई तीव्रता दिनुपर्नेमा जोड

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले सन् २०३० सम्म दिगो विकास लक्ष्य

लागूऔषधसहित पाँच जना पक्राउ

काठमाडौँ– काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट लागूऔषधसहित पाँच जना पक्राउ परेका

नेपालको पर्यटन क्षेत्र सुरक्षित रहेको सन्देश दिन विशेष कार्यक्रम

काठमाडौँ– नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले नेपालको

जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यक : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनका कारण जोखिममा रहेका मुलुकहरूको