दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले भवन बनाउने | Khabarhub Khabarhub

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले भवन बनाउने


२६ कार्तिक २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

खोटाङ – खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आफ्नै प्रशासकीय भवन निर्माण गर्ने योजना अघि सारेको छ ।

शुक्रबार बसेको नगर कार्यपालिकाको बैठकले आफ्नै प्रशासकीय भवन निर्माणका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई श्रोत सुनिश्चितताका लागि अनुरोध गर्ने निर्णय गरेको छ । हाल जिल्ला प्रशासन कार्यालयको जग्गामा तत्कालिन जिल्ला प्राविधिक कार्यालयको नाममा बनाइएको चार तले भवनबाट नगरपालिकाको कामकाज सञ्चालन हुँदैआएकोमा आफ्नै भवन बनाउने निर्णय गरिएको नगरपालिकाका प्रवक्ता दिनेशकुमार घिमिरेले जानकारी दिए ।

तत्कालिन जिल्ला प्राविधिक कार्यालयको निर्माणाधिन भवनलाई नै नगरपालिकाले पूर्णता दिएर आफ्नो भवन बनाएको हो । १९ कोठा भएको भवन निर्माणका क्रममा नगरपालिकाको ५० प्रतिशत र संघीय सरकारको ५० प्रतिशत गरी ८९ लाख ६१ हजार (भ्याट वाहेक) बजेट खर्च भएको छ । भवन निर्माण भइरहेको बेला राज्य पुःर्नसंरचनाकाक्रममा प्राविधिक कार्यालय हटेपछि नगरपालिकाले सोही भवनलाई आफ्नो प्रयोजनका लागि निर्माण गर्ने अनुमती पाएको थियो ।

बैठकले आसन्न प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, विश्वसनीय, मर्यादित, मितव्ययी र भयमुक्त वातावरणमा सम्पन्न गर्न र निर्वाचनका विषयमा मतदातालाई सुसूचित गराउनका लागि मतदाता शिक्षा कार्यक्रम चलाउन आवश्यक बजेट व्यवस्था गर्ने, आर्थिक वर्ष २०७८/०७९ मा विविध कारणले भुक्तानी हुन बाँकी रहेका विभिन्न योजना तथा कार्यक्रमको भुक्तानी विवरण प्रमाणित गरी अल्याबाट भुक्तानी गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति : २६ कार्तिक २०७९, शनिबार  ९ : ५० बजे

बहुविवाहलाई कानूनी मान्यता दिनु हुँदैन : डिला संग्रौला 

काठमाडौं– नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवं पेशागत तथा बुद्धिजीवी विभाग

मुआब्जा दिन नसक्ने भएपछि पूर्व–पश्चिम रेलमार्ग सार्ने तयारी गर्दै सरकार

काठमाडौं– सरकारले पूर्व–पश्चिम विद्युतीय रेलमार्ग निर्माणका लागि जमिनको मुआब्जा दिन

पूर्व राष्ट्रपतिलाई नजरबन्दको निर्णयपछि ब्राजिलमा अशान्ति

काठमाडौं – ब्राजिलको सर्वोच्च अदालतले दक्षिणपन्थी नेता तथा पूर्व राष्ट्रपति

नेकपा बहुमतमा विवाद : कालो मोसोदेखि कुटाकुटसम्म, नेताहरूमाथिको कारबाही फुकुवा

काठमाडौं–  नेकपा (बहुमत)का महासचिव धर्मेन्द्र बास्तोला (कञ्चन)ले दुई पोलिटब्युरो सदस्यसहित

तीज गीतको ओइरो : नेतादेखि सञ्चारकर्मीसम्म छमछमी !

तीज महिलाको विशेष पर्व हो। व्रत बस्ने, मिठो खाने र