बहराइनमा विपक्षी उम्मेदवारबिना नै मतदान « Khabarhub

बहराइनमा विपक्षी उम्मेदवारबिना नै मतदान


२६ कार्तिक २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – बहराइनमा शनिबार सम्पन्न मतदानमा विपक्षी दलका दुई दललाई सहभागी हुन रोक लगाएपछि निर्वाचनले कुनै अर्थपूर्ण परिवर्तन नल्याउने मानव अधिकारवादी समूहहरूले बताएका छन् ।

सुन्नी वंशको शासन रहेको राजतन्त्रात्मक देशले आफ्ना दुई प्रमुख विपक्षी समूह शिया अल–वेफाक र धर्मनिरपेक्षवादी वाद पार्टीलाई उम्मेदवार खडा गर्नबाट रोकेको छ ।

उम्मेदवारमाथि प्रतिबन्ध लगाउनुको अर्थ निर्वाचनलाई बहुपक्षीय सहभागितालाई दुरूत्साहन गरेको प्रष्ट देखिएको अधिकारवादी समूहहरूले जनाएका छन् ।

सन् १९९९ को मार्चमा आफ्ना पिताको निधनपछि शासन गर्दै आएका राजा हमाद बिन इसा अल–खलिफालाई सल्लाह दिने संसदको तल्लो सदन ४० सदस्यीय प्रतिनिधि परिषद्मा ७३ महिलासहित ३३० भन्दा बढी उम्मेदवारले प्रतिस्पर्धा गरिरहेका छन् ।

प्रतिस्पर्धीको यो सङ्ख्या सन् २०१८ को निर्बाचनको तुलनामा बढी हो । सन् २०१८ मा ४१ महिलासहित २९३ जनाले संसद्का लागि उम्मेदवारी दिएका थिए । स्थानीय समयअनुसार बिहान ८ः०० बजे मतदान केन्द्र खुल्नुअघि राज्यका ५५ मतदान केन्द्रमध्ये केही बाहिर लाइन लागेको थियो ।

मनामाको एक मतदान केन्द्रकी प्रमुख अमिना इसाले भने,“पहिलो घण्टादेखि नै मतदान तीव्र थियो र यो सङ्ख्या निरन्तर बढिरहेको छ ।

सन् २०११ मा राजनीतिक सुधारको माग गर्दै सिया नेतृत्वको प्रदर्शनमा भएको दमनको एक दशकभन्दा बढी समयपछि यो निर्वाचन हुन लागेको हो ।

त्यसयता अधिकारीहरूले अल–वेफाकका नेता शेख अली सलमानसहित सयौं विद्रोहीहरूलाई जेलमा राखेका छन् र धेरैको नागरिकता खोसेका छन् ।

प्रकाशित मिति : २६ कार्तिक २०७९, शनिबार  ८ : ३१ बजे

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

सर्लाही– यहाँको बलरा नगरपालिका–१० सुदमामा मोटरसाइकल दुर्घटना हुँदा रामनगर गाउँपालिकाका

ओलीको कटाक्ष : देशका चर्चित भनिएका मानिसहरू नसामा भेटिन्छन्

काठमाडौं- नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले देशका चर्चित भनिएका

जेन-जी आन्दोलनकामा आगजनी गरिएको कांग्रेस कार्यालय पुनः निर्माण गरिँदै (तस्बिरहरू) 

काठमाडौं– भाद्र २४ गते जेन-जी आन्दोलनका क्रममा आगजनी गरिएको ललितपुरको सानेपास्थित

१७ वर्षपछि तारिक रहमानको स्वदेश फिर्ती

एजेन्सी – सत्र वर्ष लामो निर्वासनपछि बङ्गलादेश नेसनालिस्ट पार्टी (बिएनपी) का

ज्याला उठाउनै मुस्किल भएपछि गलैँचा बुन्न छाड्दै महिला

मलेखु– यहाँको नीलकण्ठ नगरपालिका–८, ज्यामिरेकी देवकी श्रेष्ठले एक वर्षअघि तीन