‘अफिसमा काम गर्ने युवामा मधुमेहको समस्या धेरै’ | Khabarhub Khabarhub

‘अफिसमा काम गर्ने युवामा मधुमेहको समस्या धेरै’

'सुताई नपुगेर पनि डाइबेटिज बढ्दो छ’



एक खालको मधुमेह शरीरमा इन्सुलिनको कमीले गर्दा हुन्छ। यो मधुमेह बालबालिकामा धेरै पाइएको छ। वंशाणुगत कारणले पनि मधुमेह हुन्छ। यस्तो मधुमेहमा जीवनभर इन्सुलिन लगाइरहनुपर्छ। यसैगरी अर्को प्रकारको मधुमेह ३५ वर्षको उमेर वा त्यो भन्दा अघिदेखि हुनसक्छ। यसका लागि औषधी सेवन गर्नुपर्छ। औषधिले काम गर्न छोडेको अवस्थामा भने इन्सुलिन नै दिनुपर्छ। स्वस्थ मानिसको शरीरमा सुगरको मात्रा खाली पेटमा ९० भन्दा कम र खानापछि १ सय ४० भन्दा कम भए उपयुक्त मानिन्छ। यसै विषयमा आधारित भएर हर्मोन रोग विशेषज्ञ डा. दीपक मल्लसँग खबरहबका लागि विना न्यौपानेले गरेको कुराकानीको सम्पादित अंशः

डाइबेटिज पहिला उमेर बढ्दै जाँदा वा ४५ वर्ष कटेपछि देखिने समस्या भनेर बुझिन्थ्यो। तर, अहिले युवामा पनि धेरै देखिएको छ, हामीले यसलाई कसरी बुझ्ने ?
डाइबेटिज भनेको मधुमेह हो। पिसाबबाट चिनीको मात्रा बग्दै जानु नै डाइबेटिज हो। यो दुई प्रकारको हुन्छ टाइप एक र टाइप दुई। टाइप एक भनेको शरीरमा इन्सुलिनको मात्र छर्दै छैन भने सुगर बढ्दै जान्छ। टाइप दुई भनेको इन्सुलिन पनि छ। तर, इन्सुलिनले राम्रोसँग काम गर्न पाएन भने हुन्छ। अर्को गर्भावस्था मधुमेह भनेको पहिला थिएन तर गर्भ अवस्थामा देखिन्छ। पहिला वृद्धहरू हाम्रो ओपीडीमा आउँथेँ। तर, अहिले २० देखि २२ वर्षका पनि धेरै आउँछन्।अहिले यस्ता बिरामी हामी काँहा विदेशबाट फर्केका आएका छन्। उनीहरूको उमेर ३० देखि ३५ वर्षको हुन्छ। त्यहाँ उनीहरूलाई परिवारदेखि टाढा भएर तनाव हुन्छ। राम्रो खानपिन र राम्रो आराम अर्थात् सुताई नहुँदा मधुमेह भएको पाइन्छ।

यो पछिल्लो समयको जीवनशैलीले समस्या बढ्दै गएको हो ?
हो। इन्सुलिन नभएको र भएर पनि काम नगरेको यो नै कारण हो। शरीर मोटो हुनु पनि समस्या हो। अहिलेको जीवनशैलीको कारणले पनि समस्या भएकै हुन्छ। सवारी साधनको सुविधा बढ्दै गएकाले अहिले हामी कतै हिँड्दैनौं। बाहिरका खानाहरू धेरै खान्छौँ। बाहिरबाट खाजा खाना अडर गरेर खान्छौँ। अहिले अफिसमा काम गर्नेलाई यो समस्या बढी हुन्छ।

गर्भावस्थामा भएको सुगर कतिपयको विस्तारै निको भएर जाने र कतिपयलाई पछिसम्म देखिरहने हुँदो रहेछ, यो किन हुन्छ ?
डाइबेटिज लाग्नु भन्दा अगाडिको अवस्थालाई हामी प्री डाइबेटिज भन्छौँ। हाम्रो उद्देश्य भनेको बिरामी प्री डाइबेटिज भएको अवस्थामा आएछ भने हामीले त्यसलाई त्यही रोक्ने हो। कसैको बाबा आमालाई डाइबेटिज छ भने हामी उसलाई स्क्रीनिंग गर्न पठाई हाल्छौँ। थाईराईड पनि यस्तै हो। नयाँ विवाहित जोडीलाई परिवारमा कसैलाई डाइबेटिज छ कि छैन बुझेर यदि छ भने एक पटक स्क्रीनिंग गर्न सुझाव दिन्छौं। २६ देखि २८ हप्ताको गर्भ अवस्थामा शरीर मोटाउँदै गएको हुनाले र अरू हर्मनमा पनि परिवर्तन हुन्छ। यसले गर्दा इन्सुलिनमा प्रतिरोध आउँछ। सुगर लेबल बढ्न सक्छ। त्यो बेला हामीले बिरामीलाई उपचार गर्नु पर्दछ। औषधि दिएर हुन्छ कि शारीरिक व्यायाम गराएर हुन्छ कि कसरी हुन्छ त्यसरी नै उपचार गराउँछौँ।

औषधि उपचार समयमा लिएर बच्चा भएपछि पनि सुगर लेबल नघट्ने कसरी हुन्छ ?
गर्भ अवस्थामा हाम्रो नेपालमा शारीरिक व्यायाम धेरै कम छ। विदेश तिर व्यायाम सुइमिङहरु गराउँछ। तर, नेपालमा सुत्केरी स्याहार गर्दा विभिन्न खाना खुवाइन्छ त्यसले र बच्चालाई दूध खुवाउने हुँदा पनि सुगर लेबल बढ्न सक्छ।

आफूलाई सुगर हुँदै छ भनेर कसरी थाहा पाउने ?
बिरामीले जहिले पनि आफूलाई के भयो भनेर जान्नु पर्दछ। मैले हेरेको बिरामी १० वर्षपछि आउँदा पनि आँखा, मिर्गौला, खुट्टा, नसा र मुटु राम्रो हुनु पर्यो। प्री डाइबेटिजमा स्क्रीनिंग गर्न आवश्यक छ। कसैको घरमा मामाघरमा कसैलाई डाइबेटिज छ भने ३० वर्ष पुग्नु अगाडि नै एक पटक स्क्रीनिंगमा जानु पर्दछ। अहिले स्क्रीनिंग एकदम सजिलो छ। जताततै ल्याबहरू छन्। एउटा अनियमित चिनी (र्यान्डम सुगर) र एच बी १ सी भन्ने जाँच गर्दा हुन्छ त्यो पनि भएन भने पिसाब मात्र जाँच गर्दा पनि हुन्छ।

सुरुवाती अवस्थामा औषधि दिएर हुन्छ कि अरू उपाय बाट नै नियन्त्रण गर्न सकिन्छ ?
अहिले बिरामी औषधि खाना हिचकिचाउनु हुन्छ। सुगर लेबल ३०० देखि ५०० सम्म को आउनु हुन्छ। हामीलाई चाहिले फास्टिङ १२६ भन्दा कम र पीपी १८० भन्दा कम हो। बिरामी ढिलो आउँदा धेरै समस्या भइसकेको हुन्छ। र, औषधि खानुपर्छ। आँखा बिग्रियो भने अन्धकार हुन्छ। मिर्गौला नै बिग्रियो भने डाइलोसिसमा जानु पर्ने हुन्छ। ट्रान्सप्लान्टमा पनि जानु पर्दछ कसले दिने अर्को ? त्यसैले समयमा नै ध्यान दिनु पर्यो।

अहिले उपचार गर्न आउने धेरै कस्तो अवस्थामा आउनु हुन्छ ?
किताबमा डाइबेटिज भनेको मुख सुक्दै जाने, पानी प्यास लाग्ने भोक धेरै लाग्ने, दुब्लाउँदै जाने हुन्छ। तर, कति बिरामी एक्कासी मिर्गौला फेल भयो कुनै लक्षण देखिएको छैन, थाहा नै छैन बिरामलाई। हामीले धेरै ख्याल गर्ने भनेको खुट्टा हेर्नु पर्दछ। खट्टामा फोहोर हुने चिलाउने घाउँ आयो भने त्यो घाउँ अरू ठाउँमा पनि सर्दै जान्छ। पछि गएर खुट्टा काट्नु पर्ने अवस्था पनि आउँछ।

के मधुमेह भइसकेपछि यसको औषधि जीवन भएर खानु पर्ने हो ?
हाम्रो जीवन शैलीमा परिवर्तन गर्नु पर्दछ। शारीरिक व्यायाम दिनमा ४५ मिनेट र हप्तामा पाँच दिन मजाले हिँड्नु पर्दछ। समयमा उपचार गरेर औषधि खानु पर्दछ। औषधि खाएर सुगर कम हुँदै गयो भने हामीले औषधि घटाउँछौँ। पछि छोड्न पनि मिल्छ। तर, डाक्टरको सल्लाह अनुसार मात्र बिरामी अगाडि बढ्नुपर्छ।

सुगर भयो भने कार्बोहाइडेड भएको खाना खानु हुँदैन हो ?
कसैलाई डाईबेटिज छ भने ठिक्क खाने गर्नुपर्छ। तर, खानेकुरा खाएपछि वा अगाडि शारीरिक व्याम चाहिँ गर्नुपर्छ। जति खाइन्छ त्यति नै व्यायाम पनि गर्नु पर्दछ। यसको लागि परिवारको सर्पोट गर्नु पर्दछ। खानामा चामल कम गर्नुपर्छ। बिरामीले चामल नखाने तर, रोटी ६ वटा खान्छन्। त्यो गर्नु हुँदैन। मधुमेहका बिरामीका लागि कुनै पनि कुरा धेरै खानु हुँदैन। बरु समयसमयमा खाइरहनु पर्दछ। हामी मधुमेहका बिरामीलाई बिहान ६, ९ १२ बजो र दिउँसो ३, ६, ९ बजे खानु भन्छौँ।

मधुमेहका बिरामीले के फलफूल खान मिल्छ ?
फलफूलमा आँप, अम्बा, खर्बुजाले सुगर लेबल बढाउँछ। त्यो खाएपछि साग सब्जी सलाद सुप धेरै खानुपर्छ। तरकारीमा पनि झोल बढी हालेर खाने गर्नुपर्छ। तरकारी धेरै खाने भात रोटीहरू कम खाने गर्नुपर्छ। मैदाबाट बनेका खाना धेरै नखानु राम्रो हुन्छ। मदिरा धूम्रपान प्रयोग गर्नुहुन्छ भने बन्द गर्नुपर्छ।
प्रस्तुति : पुष्पाञ्जली बस्नेत

प्रकाशित मिति : २७ कार्तिक २०७९, आइतबार  ७ : १० बजे

इलाममा अग्रता बढाउँदै एमाले : सुहाङ २२८२ मतले अगाडि

इलाम – इलाम क्षेत्र नम्बर २ पछिल्लो मत परिणाम अनुसार

बझाङमा मत बढाउँदै कांग्रेस, एमाले १५१ मतले पछाडि

काठमाडौं – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ

इलाम अपडेट : एमाले ६४०३, कांग्रेस ४७८० (सूचीसहित)

इलाम – इलाम क्षेत्र नम्बर २ पछिल्लो मत परिणाम अनुसार

आज २०८१ साल वैशाख १७ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १७ गते सोमबार तदनुसार

बझाङमा दमनलाई पछ्याउँदै अभिषेक, मतान्तर घट्यो

काठमाडौं । बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी