चुनाव प्रचारका लागि पाँच दिन मात्रै बाँकी | Khabarhub Khabarhub

चुनाव प्रचारका लागि पाँच दिन मात्रै बाँकी


२७ कार्तिक २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मङ्सिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनका लागि राजनीतिक दल र उम्मेदवारले प्रचार प्रसार गर्न अब पाँच दिनमात्रै बाँकी रहेको छ ।

निर्वाचन आचारसंहिताको दफा १३ मा राजनीतिक दल, उम्मेदवार, दलको भ्रातृ सङ्गठन तथा सम्बन्धित व्यक्तिले जुलुस, आमसभा, कोणसभा, बैठक, भेला वा निर्वाचन प्रचारप्रसारसम्बन्धी कार्य गर्दा पालना गर्नुपर्ने आचरणको व्यवस्थाअन्तर्गत यही कात्तिक १७ गतेदेखि मङ्सिर १ गतेसम्म प्रचारप्रसारका लागि निर्धारण गरिएको छ ।

मङ्सिर १ गते रातिदेखि प्रचारप्रसार निषेधको शान्त (मौन) अवधि भएकाले उक्त अवधिमा प्रचारप्रसार स्थीर हुने कानूनी व्यवस्था रहेको छ । आयोगले आचारसंहिताको परिपालना भइरहेको र उल्लङ्घनका घटनामा कारवाहीको क्रम जारी रहेको जनाएको छ ।

प्रकाशित मिति : २७ कार्तिक २०७९, आइतबार  ४ : ३६ बजे

प्रधानमन्त्रीसँग महामन्त्रीद्वयले भने : कांग्रेस निर्वाचनमा जान प्रतिबद्ध छ

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले विभिन्न राजनीतिक दलका नेताहरूसँग निर्वाचनका

वाग्मती सफाइ महाअभियान ६५१औँ हप्तामा

काठमाडौंं–  ‘राष्ट्रका नाममा हप्तामा दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ

बङ्गलादेशमा डक कामदारहरूको हडताल

ढाका– बङ्गलादेशका डक कामदारहरूले विदेशी कम्पनीलाई प्रमुख बन्दरगाह सञ्चालनको अनुमति

निरन्तरको वर्षाले भोजपुरका ग्रामीण सडक अवरुद्ध

भोजपुर– निरन्तर परेको वर्षाका कारण जिल्लाका अधिकांश ग्रामीण सडक अवरुद्ध

मनासलु क्षेत्रमा घाइते भएका पर्यटकको उद्धार

गोरखा– मनास्लु क्षेत्र भ्रमणका क्रममा भीरबाट खसेको ढुङ्गा लागेर गम्भीर