सङ्खुवासभाको सुदूर उत्तरी भोटखोला गाउँपालिकामा मतदान सामग्री पठाउन थालियो | Khabarhub Khabarhub

सङ्खुवासभाको सुदूर उत्तरी भोटखोला गाउँपालिकामा मतदान सामग्री पठाउन थालियो


२७ कार्तिक २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि सङ्खुवासभाको दुर्गम उत्तरी क्षेत्र भोटखोला गाउँपालिकामा मतदान सामग्री पठाउन थालिएको छ । सदरमुकाम खाँदबारीबाट भोटखोला गाउँपालिक पुग्न चारदेखि पाँच दिनसम्म लाग्छ ।

आज मुख्य निर्वाचन अधिकृतको कार्यालयले भोटखोला गाउँपालिकाको माथिल्लो क्षेत्रमा मतदान सामग्री र मतदान अधिकृतसहितको टोली खटाएको हो । पहिलो चरणमा भौगोलिक रुपमा विकट र दुर्गम मानिएको भोटखोला गाउँपालिकाको दूधपोखरी आधारभूत विद्यालय थुदाम, हिमालय आधारभूत विद्यालय किमाथाङ्का र ज्योति आधारभूत विद्यालय रिदाकमा आज मतदान सामग्रीसहित मतदान अधिकृत पठाइएको मुख्य निर्वाचन अधिकृत टेकनाथ गौतमले जानकारी दिए ।

जिल्लाको निकै दुर्गम र विटक क्षेत्र किमाथाङ्का, रिदाक र थुदामसहित तीन मतदान केन्द्रका लागि मतपत्र र मतपेटीका कर्मचारी र सुरक्षकर्मी खटाइको छ । सदरमुकाम खाँदबारीबाट भोटखोला गाउँपालिकाको मतदान केन्द्रमा पुग्न चार दिन लाग्ने भएकाले आजदेखि मतदान सामग्री पठाउन थालिएको मुख्य निर्वाचन अधिकृत गौतमले बताए । भोटखोला गाउँपालिकामा पाँच वटा वडामा १० मतदान केन्द्र कायम गरिएको छ । भोटखोला गाउँपालिका हिमाली र अति विकट क्षेत्र भएका कारण पैदल हिँड्नुपर्छ ।

भोटखोला गाउँपालिकासम्म पुग्न गाडी र पैदल हिँड्नुपर्ने भएकाले आवश्यक कपडासहित औषधि, खानपिनलगायत सामग्री बोक्न निर्वाचनमा खटिने कर्मचारीलाई निर्देशन दिइएको थियो । भोटखोला क्षेत्रमा फोन समस्या हुन सक्ने र निर्वाचनको अवधिमा समस्या आए तत्काल कुनै माध्यमबाट भए सम्पर्क गर्न मतदान अधिकृतलाई मुख्य निर्वाचन अधिकृत गौतमले निर्देशन दिए । जिल्लामा दुई अस्थायीसहित एक सय ६४ मतदान केन्द्र रहेका छन् । सङ्खुवासभामा एक प्रतिनिधिसभा र दुई प्रदेशसभा रहेका छन् । प्रदेश तथा प्रतिनिधिसभा सदस्यका २९ उम्मेदवार चुनावी मैदान छन् । जिल्लामा एक लाख १७ हजार पाँच सय ५४ मतदाता रहेका छन् ।

प्रकाशित मिति : २७ कार्तिक २०७९, आइतबार  ७ : ०३ बजे

करेन्ट लागेर एक बालकको मृत्यु

बैतडी– करेन्ट लागेर शनिबार एक बालकको मृत्यु भएको छ। मृत्यु

समाजवादी मोर्चाले बोलाउन छाडेपछि झलनाथले भने : हेर्न-सुन्न मात्रै त टेलिभिजनमै स्वादिलो हुन्छ

काठमाडौं- नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले समाजवादी मोर्चाका

माधवसँग विवादपछि झलनाथ – सबैभन्दा क्रान्तिकारी बन्ने लक्ष्य थियो, खण्डनसमेत गर्न सकेनौँ

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) का सम्मानीत नेता झलनाथ खनालले

अग्रज र सहिदका संकल्प पूरा गर्न दृढताका साथ लाग्नुपर्छ : प्रधानमन्त्री

ललितपुर– प्रधानमन्त्री केपी शर्मा ओलीले वाम-लोकतान्त्रिक आन्दोलनका अग्रज र सहिदका

एमाले लचिलो भएर एकताको प्रतिबद्धता जनाए विद्यालाई समर्थन : झलनाथ खनाल

काठमाडौं- नेकपा एकीकृत समाजवादी पार्टीका सम्मानित नेता झलनाथ खनालले पूर्वराष्ट्रपति