तोसिमा कार्कीको मुद्दामा सकियो बहस | Khabarhub Khabarhub

तोसिमा कार्कीको मुद्दामा सकियो बहस


२८ कार्तिक २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- ललितपुर ३ की स्वतन्त्र उम्मेदवार डा. तोसिमा कार्कीको उम्मेदवारी सम्बन्धमा परेको रिटमा सर्वोच्च अदालतमा बहस सकिएको छ । उनको उम्मेदवारी कायम रहने वा नरहने विवादसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले यसअघि अल्पकालीन अन्तरिम आदेश दिएको थियो ।

मेडिकल काउन्सिलको निर्वाचित सदस्य लाभको पद ठहर गर्दै निर्वाचन आयोगले कार्कीको उम्मेदवारी खारेज गरेकोमा सर्वोच्चका न्यायाधीश कुमार चुडालको एकल इजलासले अन्तरिम आदेशमार्फत यथावत् राखेको थियो ।

त्यस विरुद्ध आयोगले दिएको भ्याकेट निवेदन सोमबार न्यायाधीश द्वय ईश्वरप्रसाद खतिवडा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासमा सुनुवाइ भएको हो । आजै कार्कीको उम्मेदवारी कायम राख्ने कि अयोग्य घोषणा गर्ने फैसला आउने भएको छ ।

प्रकाशित मिति : २८ कार्तिक २०७९, सोमबार  १२ : ५३ बजे

इरानले इजरायलमा गर्‍यो मिसाइल प्रहार

इरान – इजरायलले गरेको आक्रमणको प्रतिकार स्वरूप इरानले बालिस्टिक मिसाइल

शनिबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमय

जीवनमा नयाँ ऊर्जा ल्याउन शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल जेठ ३१ गते शनिबार। असार

आज २०८२ साल जेठ ३१ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल जेठ ३१ गते शनिबार। असार

पार्टीले समाजवादी क्रान्तिका लागि बलियो सैद्धान्तिक आधार तयार गरेको छ : माधव नेपाल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री