पोखरामा मेयर कप साइकल रेस हुने « Khabarhub

पोखरामा मेयर कप साइकल रेस हुने


२८ कार्तिक २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

पोखरा– पोखरामा आगामी पुस ६ गते मेयर कप साइकल रेस हुने भएको छ । साइकल सिटी पोखराले उक्त प्रतियोगिता गर्न लागेको हो । टुर दी पोखराको पूर्व सन्ध्यामा मेयर कप साइकल दौड आयोजना गर्न लागिएको टुर दी पोखराका संयोजक राजन गोंगजुले जानकारी दिए। 

उनका अनुसार टुर दी पोखरा पुस ७ र ९ गते हुनलागेको छ । पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले टुर दी पोखराको झण्डा गोंगजुलाई हस्तान्तरण गरे । स्वास्थ्य, वातावरण र पर्यटनका लागि साइकल भन्ने नाराका साथ साइकल सिटीले टुर दी पोखरा कार्यक्रम हरेक वर्ष आयोजना गर्दै आएको छ । 

कार्यक्रममा देशभरका साइकल यात्रीहरू सहभागी हुने छन् । पुर्व सन्ध्यामा हुन लागेको साइकल दौड पुस ६ गते रानी वन स्थित २० किलोमिटर दूरीमा हुने छ । प्रतियोगिताका विजेतालाई नगद ३० हजार, दोस्रो हुनेले २० हजार र तेस्रो हुनेले १० हजार रुपैयाँ पुरस्कार दिइने साइक्लिङ संघका अध्यक्ष शंकर भण्डारीले बताए । अहिले हुने टुर दी पोखरा छैटौँ संस्करणको हो । ७२ किलोमिटर दूरीमा उक्त प्रतियोगिता हुने छ ।

 यो वर्ष बागलुङको कालिका मन्दिरबाट पोखराको बिन्ध्यावासिनी जोड्ने गरी यात्रा हुने गोंगजुले जानकारी दिए । ‘दुई धार्मिक क्षेत्रलाई पर्यटनसँग जोड्न यो पटक टुर दी पोखरा हुने छ,’ उनले भने, ‘यसको सन्देश विशेष खालको छ । कम्तिमा एक दिन भएपनि साइकल चढेर पेट्रोलियम खपत घटाउने अभियान हो ।’ पोखराको प्रचार गर्न पनि यो अभियानले विशेष योगदान पुगेको मेयर आचार्यले बताए । 

प्रकाशित मिति : २८ कार्तिक २०७९, सोमबार  ६ : १० बजे

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा