द्वन्द्व टार्ने प्रतिबद्धतासहित बाइडेन-सी शिखर वार्ता सम्पन्न « Khabarhub

द्वन्द्व टार्ने प्रतिबद्धतासहित बाइडेन-सी शिखर वार्ता सम्पन्न


२८ कार्तिक २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी जिन्पिङबीच इन्डोनेसियाको बालीमा तीन घण्टा लामो ऐतिहासिक शिखर वार्ता द्वन्द्व टार्ने प्रतिबद्धतासहित सम्पन्न भएको छ ।

ताइवान र अन्य विषयमा महिनौंदेखि जारी तनावपछि जी–२० शिखर सम्मेलनका क्रममा रिसोर्ट टापुमा बहुप्रतिक्षित बैठक सुरु हुनुअघि सी र बाइडेनले अमेरिका र चिनियाँ झण्डामुनि उभिएर हात मिलाएका थिए ।

बेइजिङ र वासिङ्टनले विश्वलाई ‘हाम्रा मतभेदलाई व्यवस्थापन गर्न, प्रतिस्पर्धालाई द्वन्द्वमा परिणत हुनबाट रोक्न सक्छन्’ भनेर देखाउन ‘जिम्मेवारी साझा’ गरेको बाइडेनले बताएका छन् ।

पछिल्ला केही दशकमा चीनका सबैभन्दा शक्तिशाली नेताका रूपमा स्थापित सीले तेस्रो कार्यकालका लागि चयन भएपछि अमेरिकी राष्ट्रपतिसँग पहिलो पटक प्रत्यक्ष भेट गरेका हुन् । उनले बाइडेनलाई विश्व ‘दोबाटोमा आइपुगेको’ बताए ।

“चीन र संयुक्त राज्य अमेरिकाले सम्बन्धलाई राम्रोसँग सम्हाल्नेछन् भन्ने विश्वले अपेक्षा गरेको छ,” चिनियाँ राष्ट्रपति सीले बताए ।

उत्साहजनक भनाइका बावजुद, दुबै देशहरू एक अर्काप्रति बढ्दो क्रममा सशंकित छन् ।

अमेरिकी अधिकारीहरूले बैठकअघि बाइडेनले चीनसँगको सम्बन्धमा ‘गार्डरेल’ स्थापना गर्ने र विश्वका दुई ठूला अर्थतन्त्रलाई द्वन्द्वमा धकेल्न सक्ने ‘रेड लाइन’ बाट कसरी बच्न सकिन्छ भन्नेबारे आकलन गर्ने आशा व्यक्त गरेका थिए ।

दुई मुलुकबीच ताइवानलाई निकै संवेदनशील विषयका रुपमा हेरिएको छ । उक्त स्वशासित टापुलाई चीनले आफ्नो भनी दाबी गर्दै आएको छ । चीनले सो क्षेत्रलाई आफ्नो मुलुकमा गाभ्न बल प्रयोग गर्नसक्ने विकल्प पनि खुला रहेको बताउने गरेको छ ।

अमेरिकाले ताइवानलाई समर्थन बढाइरहेको छ भने चीनले ताइवानलाई आफ्नो नियन्त्रणमा लिने धम्की दिइरहेको छ । गत अगस्टमा अमेरिकी संसदकी सभामुख न्यान्सी पेलोसीले ताइवानको भ्रमण गरेपछि चीनले उक्त टापुआसपास विशाल सैन्य अभ्यास गरेको थियो ।

सीसँगको वार्ताको पूर्वसन्ध्यामा बाइडेनले कम्बोडियामा दक्षिणपूर्वी एशियाली शिखर सम्मेलनका क्रममा जापानी प्रधानमन्त्री फुमियो किशिदा र दक्षिण कोरियाका राष्ट्रपति युन सुक योलसँग भेटवार्ता गरेका थिए ।

उत्तर कोरियाले आफ्नो सातौँ आणविक परीक्षण गर्ने डर बढेपछि बाइडेनले चीनलाई निकट सम्बन्ध रहेको ठानिने उत्तर कोरियामाथि लगाम लगाउन दबाब दिने अपेक्षा गरिएको छ ।

कोभिड–१९ महामारी सुरु भएयता सीको यो दोस्रो विदेश भ्रमण हो । भ्रमणमा उनले विश्वका केही प्रमुख नेताहरूसँग भेटघाट गर्ने कार्यक्रम छ ।

अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले सीसँग पहिलो पटक औपचारिक भेटवार्ता गर्ने घोषणा गरेका छन् । सन् २०१७ पछि अष्ट्रेलियाका उच्च पदस्थ अधिकारी र चिनियाँ राष्ट्रपतिबीच हुन लागेको यो पहिलो भेट हो ।

सीले सन् २०१९ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग प्रत्यक्ष भेटवार्ता गरेका थिए । त्यतिबेला ट्रम्प र बाइडेन दुबैले चीनलाई एक प्रमुख अन्तर्राष्ट्रिय चासोको रूपमा पहिचान गरेका थिए र विश्व मञ्चमा अमेरिकी प्रभुत्वको लागि एक मात्र सम्भावित चुनौतीको रूपमा चिनाएका थिए ।

राष्ट्रपतिका रूपमा सी र बाइडेनबीच पहिलो पटक भेट भएको भए तापनि यो जोडीको असामान्य रूपमा लामो इतिहास छ ।

बाइडेनको अनुसार उनले उपराष्ट्रपतिका रूपमा सन् २०११ मा चीनको नेतृत्वको पर्खाइमा रहेका नेता सीसँग व्यक्तिगत रूपमा ६७ घण्टा बिताएका थिए ।

ह्वाइट हाउसमा प्रवेश गरेयता बाइडेनले सीसँग लगभग पाँच पटक कुराकानी गरिसकेका छन् तर सोमबार पहिलो पटक प्रत्यक्ष भेटवार्ताको साइत जुरेको हो ।

प्रकाशित मिति : २८ कार्तिक २०७९, सोमबार  ८ : २८ बजे

प्रविधिको अभावले सङ्कलित रगतकै दुरुपयोग, उपत्यकामा दैनिक ५०० युनिटको माग धान्न धौ–धौ

काठमाडौँ – “मानवताको एक थोपा रक्तदान गरौँ, जीवन बचाऔँ” भन्ने

सर्वसाधारणको टेम्पो भीरमा खसालिएको घटनाको सामाजिक सञ्जालमा विरोध

कैलाली – डिभिजन वन कार्यालय धनगढीका कर्मचारीले वन क्षेत्रमा व्यवसाय

हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु

झापा– झापाको मेचीनगरमा हात्तीको आक्रमणमा परी एक जना महिलाको मृत्यु

एमालेले स्थानीय र प्रदेशसभा निर्वाचनसम्म मिसन जागरण चलाउने, नेताहरूलाई तोकियो जिम्मेवारी 

काठमाडौँ– नेकपा एमालेले केन्द्रीय सदस्यहरूलाई पार्टीको गुमेको साख फर्काउँदै आगामी

परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल चार दिने भ्रमणका लागि आज चीन