आमाछोरीको हत्या अभियोगमा एक पक्राउ | Khabarhub Khabarhub

आमाछोरीको हत्या अभियोगमा एक पक्राउ


२९ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

नुवाकोट – जिल्लाको दुप्चेश्वर गाउँपालिका–५ बालकुमारीको भङ्गेरीमा आमाछोरीको हत्यामा संलग्न रहेको अभियोगमा प्रहरीले आज बिहान एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सोही स्थानका २१ वर्षका पुष्कल भनिने सोनम तामाङ रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिए। उनका अनुसार ती व्यक्ति घरेलु हतियारसहित उक्त घरतर्फ गएको, घटनास्थलमा उनले बोकेको घरेलु हतियार र उनको चप्पल भेटिएको छ।

घटनालगत्तै उनी फरार रहेको पाएपछि काठामाडौँतर्फ जान लागेको समयमा आज बिहान पक्राउ गरेर जिल्ला प्रहरी कार्यालयमा ल्याउन लागिएको छ।

बीस वर्षीया सम्झना पाण्डे (खतिवडा) र उनकी छोरी तीन वर्षीया कृष्टिना खतिवडाको सोमबार साँझ हत्या भएको प्रहरीले जनाएको छ।

धारिलो हतियार प्रयोग गरेर घाँटीसहित शरीरको विभिन्न अङ्गमा गहिरो चोट पुर्याएर उनीहरूको हत्या गरेको अवस्थामा घरको आँगनमा आमा र पिँढीमा छोरीको शव भेटिएको थियो।

प्रकाशित मिति : २९ कार्तिक २०७९, मंगलबार  ७ : २४ बजे

दिक्तेलमा कोशीको पूर्वाधार विकास कार्यालय

खोटाङ– दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल बजारस्थित हाटडाँडामा पूर्वाधार विकास

रुट र बुमराह ब्याटिङ र बलिङ वरीयताको शीर्ष स्थानमा

काठमाडौं – टेस्ट वरीयतामा ब्याटिङतर्फ इंग्ल्यान्डका जोए रुट तथा बलरमा

भरतपुर महानगरले खर्च र आम्दानी दुवै बढायो

चितवन – भरतपुर महानगरपालिकाले अघिल्लो वर्षको तुलनामा खर्च र आम्दानी

नेपाली गलैँचा तेस्रो मुलुक निर्यात हुन थाल्यो

वीरगञ्ज– बारा–पर्सा औद्योगिक कोरिडोरमा अवस्थित  प्रेस्टिज कार्पेट इन्डस्ट्रिजले आफ्ना उत्पादन

ट्रम्पलाई नसा सम्बन्धी समस्या

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई रगतको नसा सम्बन्धी क्रोनिक