भक्तपुरमा ट्यांकरले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु | Khabarhub Khabarhub

भक्तपुरमा ट्यांकरले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु


२९ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

भक्तपुर – भक्तपुरमा सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ। गएराति भक्तपुर नगरपालिका वडा-१ नगरकोट मोडमा बा ४ ख ४२ ६८ नम्बरको पानी ट्यांकर र बाग्मती प्रदेश ०२–०३१ प ७८६२ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किदा दुर्घटना भएको हो।

दुर्घटनामा मोटरसाइकल चालक मध्यपुर थिमि नगरपालिका–१ लोकन्थलीका साजन दुवारीको उपचारका क्रममा भक्तपुर अस्पतालमा ज्यान गएको हो।

झापाको विर्तामोड नगरपालिका–२ घर भइ भक्तपुरको मध्यपुर थिमि बस्दै आएका अनिल साह घाइते भएका छन्। उनको भक्तपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

ट्यांकर चालक भक्तपुरको ब्यासीका प्रविण सुवाल पक्राउ परेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ।

प्रकाशित मिति : २९ कार्तिक २०७९, मंगलबार  ७ : ५६ बजे

तनहुँका किसानलाई दूधमा अनुदानबापत ९७ लाख वितरण

दमौली – भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले दुग्ध

चार प्रदेशका केही स्थानमा अत्यधिक वर्षा हुने 

काठमाडौं – हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको

एमाले विधान महाधिवेशनमा विद्या भण्डारी प्रतिनिधि बन्न नपाउने

काठमाडौं – नेकपा (एमाले)को विधान महाधिवेशनमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी प्रतिनिधि

एमाले पदाधिकारी १५ सदस्यीय हुने : उमेरहद र दुई कार्यकाल हटाउने

काठमाडौं – नेकपा (एमाले) १९ सदस्य पदाधिकारीको संख्या घटाउने भएको

शुक्रबारको लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय