लामो समय रहन्छ डेंगीको असर | Khabarhub Khabarhub

लामो समय रहन्छ डेंगीको असर


२९ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

कोभिड महामारीबाट बाहिर निस्कन नपाउँदै डेंगीको असरले यो वर्ष नेपाल अत्यधिक प्रभावित भयो। धेरै जना मानिस अहिले डेंगीबाट प्रभावित मात्र भएनन्, रिकभरीका लागि लामो समयको पर्खाइमा छन्।

उच्च ज्वरो, टाउको दुखाई, थकाइ लाग्ने, श्वासप्रश्वासमा समस्या र वान्त यसका लक्षण हुन् । गत वर्ष अमेरिकामा भएको अध्ययन अनुसार दक्षिण पूर्वी एसिया, दक्षिण अमेरिका, पश्चिमी प्रशान्त क्षेत्रीय टापुलाई डेंगीको अत्यधिक प्रभावित क्षेत्र मानिएको थियो।

कोही व्यक्ति एक सातामा यो रोगबाट पूर्ण ठिक हुन्छन्। कसैको हकमा पुरा ठिक हुन धेरै लामो समयसम्म पनि लाग्न सक्छ। गत वर्ष अमेरिकाको सेन्ट्रल डिजिज एन्ड हेल्थ प्रिभेन्सन सेन्टरले एक अध्ययन गरेको थियो। सो अध्ययन अनुसार १०० मिलियन सङ्क्रमित हुँदा ४० हजारमा गम्भीर लक्षण देखिएको थियो। तर, सन् २०२२ मा नेपालको अवस्था हेर्दा यो भन्दा फरक अवस्था हुनसक्छ।

नेपालमा गम्भीर सङ्क्रमणको समस्या धेरै नै देखिएको थियो। डेंगीको भाइरस यो वर्ष संसारमा बढेको छ। चार पटकसम्म भाइरसको समस्या देखिन पनि सक्छ। विश्व स्वास्थ्य सङ्गठनले डेंगीलाई दुई किसिमले वर्गीकरण गरेको छ। पहिलो चरणको डेंगीलाई सामान्य नाम दिइएको छ। दोस्रो चरणको डेंगीलाई गत वर्ष अमेरिकाको अध्ययन अनुसार २० जना मध्ये १ जनालाई गम्भीर सङ्क्रमण देखिने गरेको थियो। यस वर्ष नेपालको यो दर पनि अत्यधिक बढेको पाइएको थियो।

सामान्य लक्षणमा दाग देखिने, शरीर दुख्ने, पीडा हुने र ज्वरो आउने हुन्छ। यो लक्षण सामान्यतया एक साता देखिन सक्छ। एक सातामै मानिसलाई यो सबै ठिक हुन सक्छ। तर, कहिले कहीँ केही घण्टामा मानिसमा गम्भीर लक्षण देखिन सक्छ। ज्वरो गइसके पछि पनि पेट दुख्ने समस्या हुन्छ। वान्त हुने, नाकबाट रगत बग्ने तथा निराशावादी हुने यो एउटा गम्भीर समस्या हो।

कतिपय अवस्थामा शरीरको आन्तरिक भागमा रक्तस्राव हुने तथा मानिसको मृत्यु नै हुन सक्ने सम्भावनासमेत हुन्छ। रक्त परीक्षणबाट नै डेंगी पत्ता लाग्छ भने यसको कुनै खास उपचार छैन। यसको लक्षण देखिए पनि लक्षण अनुसार नै उपचार हुने गरेको छ।

एक पटक डेंगी भएपछि चिकित्सकको सल्लाहमा रहनु उपयुक्त हुनसक्छ। यो हाम्रो शरीरबाट पूर्ण रूपमा नगएसम्म हेलचेक्र्याइँ गर्न मिल्दैन।

यस पछिका जीवनयापन शैलीका केही उपाय छन्। दैनिक तीनदेखि चार लिटर पानी अनिवार्य मानिएको छ। चिनी नमिसाएको जुस अनिवार्य मानिन्छ। तर, दूध, नरिवलको पानी र कागती पानी शरीरका लागि उत्तिकै उपयुक्त हुन्छ।

मेवाको पातको जुस पनि शरीरका लागि उपयुक्त हुनसक्छ। यसले प्लेटलेट्स बढाउन सहयोग गर्छ। यो तीतो भएमा मह मिसाएर पनि पिउन सकिन्छ। अमला र जमराको जुस पनि प्लेटलेट्स बढाउन त्यत्तिकै उपयुक्त मानिन्छ।

ठिक हुने बित्तिकै घाममा सामान्य अभ्यास गर्नु जरुरी हुन्छ। यसले भिटामिन डी बढाउँछ। डेंगी फेरि पनि फर्कन सक्छ । किनकी यसका धेरै स्ट्रेनहरू छन्। शरीरले लामखुट्टेलाई स्वीकार गर्ने आदत बसेपछि अर्को पटक यो सङ्क्रमण दोहरिने सम्भावना प्रबल हुन्छ।

डेंगी ठिक भइसकेपछि पनि बाँकी रहने धेरै असर छन्। यसको असर चाँडो हटाउने र लामो समयको यस सङ्क्रमणको असर हुन नदिने उपाय, योगा, स्वास्थ्यवर्धक खाने कुरा र आराम नै हो।

एडेस एजेप्टीज लामखुट्टेको टोकाइबाट हुने यो रोग उष्णकबन्धिय र सेमी उष्णकबन्धिय मौसम भएको स्थानमा बढी हुन्छ। लामो समय असर देखिने रोगका कारण प्लेटलेट्स कम हुने मात्र होइन। कलेजोमा यसले असर गर्न सक्छ भने शरीरका अन्य धेरै अङ्गमा पनि समस्या उत्पन्न हुनसक्छ।

धेरै चिकित्सकले त लामो समय आराम गर्न नै सल्लाह दिन्छन्। अन्य काम गर्ने भन्दा बढी विस्तारै हिँड्ने काम गर्नुपर्छ। लामो समयसम्म राम्रोसँग भोक पनि नलाग्न सक्छ। धेरै भाइरल ज्वरोका कारण कपाल झर्ने समस्या पनि उत्पन्न हुनसक्छ। यसो भएमा चिकित्सकसँग सल्लाह गरेर यसको समाधान खोज्नु नै सबैभन्दा उपयुक्त हो। यसो भएमा चिकित्सकसँग चाँडो समाधानका लागि प्रोटिन रिकभरीको व्यवस्था पनि गर्नु पर्ने हुनसक्छ। रोगका कारण तत्काल मानिसको ज्यान नगए पनि मानिसको शरीरको मांसपेशी र जोर्नी दुख्ने डेंगीको सामान्य विषय हो। तथापि लामो समयसम्म यो समस्या यथावतै रहेनमा जोखिम पनि हुनसक्छ।

खानामा अरुचिको समस्या पनि लामो समय हुनसक्छ। यसो भएमा तौल घट्ने समस्या पनि देखिन सक्छ। अल्छी लाग्ने र मानिस डिप्रेसनको बाटोमा जाने अर्को समस्या हो। दैनिक जीवन यापनका विषयलाई व्यवस्थित गरेर मात्र यसको समाधान गर्न सकिन्छ।

लामो समयसम्म मानिसको शरीरका भिटामिन डी, भिटामिन बी १२ र इको समस्या पनि देखिन सक्छ। जीबीएस लक्षण पनि देखिन सक्छ। यो एउटा अटो इम्युन लक्षण हो। यसले नसामा समस्या उत्पन्न हुनसक्छ। यसले प्यारालाइसिसको समस्यासमेत देखिन सक्छ।
भारतको सर एचएन रेलियन्स फाउन्डेनस अस्पतालका आन्तरिक औषधि विज्ञानका चिकित्सक डा. धिरज भातडले रिकभरीपछि पनि धेरै बिरामी, मांसपेशी दुख्ने, टाउको दुख्ने र वान्त हुने लगायतको समस्या लिएर आइरहेको बताउँछन्।

यसो भएमा पूर्ण रूपमा परीक्षण गराउन अति आवश्यक हुन्छ। कलेजको परीक्षण पहिलो आवश्यकता हो। यसपछि पनि अन्य धेरै आवश्यकता हुन्छन्। पुरा ठिक भएर हिँडे पनि फेरि खटिरा आएको समेत पाइएको छ।

डाइटिसियन डा. मञ्जूषा अग्रवालकै अनुसार डेंगी बिरामीका लागि जीवन यापनको अन्य थप शैली पनि अपनाएकी छिन्। उनका अनुसार प्रोटिन कै लागि पनि ,राजमा र दाल पनि आवश्यक हुन्छ।

डा. धिरज भादत खान अरुचि भइरहेमा भिटामिन आवश्यक रहेको बताउँछन्। दिनभरको कामपछि सकेसम्म बढी थकाइ मार्ने अर्को उपाय हो। यो अवधिको धेरै शारीरिक गतिविधि अनुपयुक्त मानिन्छ।

चिल्लो र पिरो खाने कुरा डेंगी भएको लामो समयसम्म पनि बर्जित गरिएको छ। साधारण अभ्यासले जोर्नीको दुखाइलाई कम गर्छ। यस अवधिका अनावश्यक औषधी सेवन अत्यधिक घातक पनि हुनसक्छ।

यो एउटा भाइरल सङ्क्रमण हो। यस कारण एन्टीबडीजले ब्याक्टेरियाविरुद्धको काम गर्ने हो। यस कारण निश्चित लक्षणको मात्र उपचार गर्न औषधि सेवन अनिवार्य मानिएको छ।

डेंगी एउटा आरएनए भाइरस हो। यो भ्लाभिभाइरेड परिवार अन्तरगतको भाइरस हो। यसमा मानिसका रोगजनक केही पदार्थ पनि हुन्छन्। सच नाइल भाइरस, यलो फिभर भाइरस र जिका भाइरस यस अन्तरगत पर्ने गरेका छन्।

यसका लागि पत्ता लागि सकेको भ्याक्सिन डेक्जाभाक्जिया हो। यसका धेरै साइड इफेक्ट हुनुका साथै यसका बारे धेरै अध्ययन संसारमा भइरहेका कारण धेरै देशमा यसको प्रयोग हुँदैन नेपालमा पनि यसको प्रयोग हुने गरेको छैन।

नेपालमा कोरोना महामारीपछि डेंगी सङ्क्रमणको असर गत वर्षको भन्दा फरक ढङ्गले देखिएको छ। आशा गरौँ अबको केही वर्षमा यसको सही समाधान हुन सक्ने छ।
स्रोत : इकोनोमिक पोस्ट, पासपोर्ट हेल्थ यूएसए, हिन्दुस्तान टाइम्स, द नेचर

प्रकाशित मिति : २९ कार्तिक २०७९, मंगलबार  ८ : ४२ बजे

रास्वपाले बोलायो केन्द्रीय समिति बैठक

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) ले केन्द्रीय समितिको बैठक बोलाएको छ

उच्च अदालतका १४ जना न्यायाधीशको सरुवा

काठमाडौं- शुक्रबार बसेको न्यायपरिषद्ले उच्च अदालतका विभिन्न १४ जना न्यायाधीशहरूको

अविरल वर्षाका कारण नदीको सतह बढ्दो, सतर्कता अपनाउन महानगरको आग्रह

काठमाडौं– काठमाडौं महानगरपालिकाले अविरल वर्षाका बीच आवश्यक सतर्कता अपनाउन र

चिनियाँ आणविक पनडुब्बी डुबेको दाबी !

काठमाडौं– चीनको वुहान नजिकैको वुचाङ शिपयार्डमा चिनियाँ आणविक पनडुब्बी डुबेको

आकाशमै फनफनी घुमे यी विमान

काठमाडौं – उत्तरार्धमा मनसुन सक्रिय हुँदा यतिखेर काठमाडौं उपत्यका लगायत