कर्णाली प्रदेशका १० जिल्लामा १४ हजार सुरक्षाकर्मी परिचालन « Khabarhub

कर्णाली प्रदेशका १० जिल्लामा १४ हजार सुरक्षाकर्मी परिचालन


२९ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

सुर्खेत – प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि कर्णाली प्रदेशका १० जिल्लामा साढे १४ हजार सुरक्षाकर्मी परिचालन गरिएको छ।

कर्णाली प्रहरीका अनुसार निर्वाचन सुरक्षाका लागि १४ हजार ८ सय ७ सुरक्षा जनशक्ति परिचालन गरिएको हो।

वरिष्ठ प्रहरी उपरीक्षक माधवप्रसाद श्रेष्ठका अनुसार निर्वाचनलाई निष्पक्ष, भयरहित बनाउन मतदानस्थलमा ५ हजार ७ सय २९ नेपाल प्रहरी र ९ हजार ७८ जना म्यादी प्रहरी गरी १४ हजार ८ सय ७ जना सुरक्षाकर्मी खटाइएको हो।

हुम्ला, डोल्पालगायत जिल्लामा हिमपात र भौगोलिक विकटताका कारण निर्वाचनस्थलमा निर्वाचन सामग्री र निर्वाचनपश्चात् मतपेटिका ढुवानीको लागि हेलिकप्टरको व्यवस्था मिलाएको उनले बताए।

कर्णालीमा २ सय ६७ मतदानस्थल अति संवेदनशील छन्। कर्णालीमा १० लाखभन्दा धेरै मतदाता रहेका छन्।

 

प्रकाशित मिति : २९ कार्तिक २०७९, मंगलबार  ९ : ०५ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै