सीमामा सुरक्षा व्यवस्था कडाइ, तालिम प्राप्त कुकुर परिचालन « Khabarhub

सीमामा सुरक्षा व्यवस्था कडाइ, तालिम प्राप्त कुकुर परिचालन


२९ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज– प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि प्रशासनले सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडाइ गरेको छ । सीमावर्ती सहर रक्सौलबाट नेपाल प्रवेश गर्ने मुख्य नाकामा तालिम प्राप्त कुकुर प्रयोग गरेर चेकजाँच पनि थालिएको छ ।

नेपाल प्रवेश गर्ने प्रमुख प्रवेशद्वार शंकराचार्य गेटसहित रजतजयन्ती क्षेत्रमा तालिम प्राप्त कुकुरसहित सुरक्षा व्यवस्था कडा पारिएको पर्साका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले जानकारी दिए । उनका अनुसार मुख्य नाकामा विपद् व्यवस्थापन गुल्मका तालिम प्राप्त कुकुर, नेपाल प्रहरी र एवम् सशस्त्र प्रहरीले चेकजाँचमा कडाइ गरेका छन् । भारतबाट प्रवेश गर्ने पैदल यात्रुदेखि सवारी साधनको चेकजाँचमा कडाइ गरिएको छ ।

निर्वाचनलाई बिथोल्न विस्फोटक पदार्थ तथा साना हातहतियारको प्रयोग हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै सीमानाकामा सुरक्षा सर्तकता बढाइएको प्रजिअ ढकालले बताए । मितेरी पुल, शंकराचार्य गेट तथा छपकैया, सिर्सिया छोटी भन्सार नाकामा तालिम प्राप्त कुकुर सहितको टोलीले नियमित गस्ती र चेकजाँच गरिरहेको छ उनले भने ।

नेकपा विप्लव लगायत केही साना राजनीतिक समूहले निर्वाचन बिथोल्ने निर्णय गरेको र विभिन्न ठाउँमा निर्वाचन बहिष्कार गरौँ भन्ने नारा सहित वालपेन्टिङ गरेका छन् । खुला सीमाको कारण बिष्फोट पदार्थ र साना हतियारको ओसारपसार हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै पर्सा र बाराको सुरक्षा निकायले सतर्कता र निगरानी बढाएको प्रजिअ ढकालले बताए ।

निर्वाचनलाई भय रहित वातावरणमा सम्पन्न गर्ने उद्देश्यले विशेष सुरक्षा योजना बनाएर लागू गरिएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए । निर्वाचनमा कुनैपनि शंकास्पद गतिविधि हुन नदिन तीन वटै सुरक्षा निकायलाई विशेष चनाखो हुन निर्देशन दिइसकिएको प्रमुख जिल्ला अधिकारी ढकालको भनाई छ । पर्सामा निर्वाचन अवधिभर करिव ४ हजार ५ सय सुरक्षाकर्मी परिचालन गरिनेछ ।

प्रकाशित मिति : २९ कार्तिक २०७९, मंगलबार  १० : १६ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै