एक वर्ष परिवारलाई समय दिँदै अभिनेता आमिर « Khabarhub

एक वर्ष परिवारलाई समय दिँदै अभिनेता आमिर


२९ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

मुम्बई– अभिनेता आमिर खानका फ्यान उनको नयाँ प्रोजेक्टका लागि उत्साहित छन् । फिल्म ‘लाल सिंह चड्डा’को असफलता पछि आमिर नयाँ फिल्म ‘च्याम्पियन’ को तयारीमा छन् । तर फ्यानले यो फिल्म हेर्न झण्डै एक वर्ष पर्खनुपर्नेछ । आमिर विगत ३५ वर्षदेखि बलिउडमा सक्रिय छन् । यही सक्रियताका कारण उनले परिवारलाई उत्कृष्ट समय दिन सकेका छैनन् । फिल्म ‘लाल सिंह चढ्ढा’ रिलिज पछि आमिर परिवारसँग समय बिताइरहेका छन् । आफ्नो प्रतीक्षित प्रोजेक्टको काम उनी आगामी वर्षको अन्त्यसम्म गर्नेछन् । यो एक वर्षको अवधिको समय उनले परिवारलाई दिनेछन् ।

अभिनेता होइन, निर्माता
आमिरका अनुसार उनी फिल्म ‘च्याम्पियन’मा अभिनेता नभई निर्माताका रुपमा आफ्नो भूमिका देखाउनेछन् । ‘यो फिल्म निर्माणको मामलामा मेरा लागि नयाँ हुनेछ । यसलाई लिएर उत्साहित छु’, उनले भनेका छन् ।

धमाकेदार स्कृप्ट 

आमिरले नयाँ फिल्म सुन्दर र धमाकेदार हुने बताए । ‘च्याम्पियन एक सुन्दर फिल्म हो र यसको स्क्रिप्ट निकै धमाकेदार छ । जसले दर्शकको मन छुन्छ’, उनले भनेका छन् । आमिर यो प्रोजेक्ट आमिर खान प्रोडक्सनसँगै सोनी पिक्चर्स र २०० नटआउट प्रोडक्सनको ब्यानरमा निर्माण गर्नेछन् ।

आमिरको फिल्म ‘लाल सिंह चढ्ढा’ गत अगष्टमा रिलिज भएको थियो । अद्वैत चन्दन निर्देशित फिल्म सन् १९९४ मा रिलिज हलिउड फिल्म ‘फरेस्ट गम्प’को हिन्दी रिमेक थियो । यो फिल्मको सामाजिक सञ्जालमा व्यापक विरोध भएको थियो । जसको असर फिल्मको बक्सअफिस कलेक्सनमा देखियो ।

प्रकाशित मिति : २९ कार्तिक २०७९, मंगलबार  १० : ४८ बजे

नेपालमा विदेशी फिल्मको रजगज, व्यापार र संख्या दुवैमा एकलौटी

काठमाडौँ– २०८२ सालमा नेपाली हलहरूमा स्वदेशीभन्दा विदेशी फिल्म बढी प्रदर्शनमा

अमेरिका र इरानबीच पाकिस्तानमा वार्ता हुने : इरानले अघि सार्‍यो १० बुँदे प्रस्ताव

काठमाडौँ – अमेरिका र इरानबीच पाकिस्तानको राजधानी इस्लामावादमा औपचारिक वार्ता

बजार अनुगमनमा तीन फर्मलाई जरिवाना

काठमाडौँ– नियमित रुपमा बजारको अनुगमन तथा निरीक्षण गर्दै आएको वाणिज्य,

यशस्वीको विस्फोटक ब्याटिङमा : राजस्थानले मुम्बईलाई २७ रनले हरायो

काठमाडौँ – ओपनर यशस्वी जैसवालको विष्फोटक ब्याटिङको मद्दतले राजस्थान रोयल्सले

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

काठमाडौँ– सङ्घीय संसदका दुवै सदनको बैठक आज बस्दैछ । निर्धारित