विश्वव्यापी चुनौतीको सामनाका लागि ऐक्यबद्ध हुन राष्ट्रसङ्घका महासचिव गुटरेसको अपिल « Khabarhub

विश्वव्यापी चुनौतीको सामनाका लागि ऐक्यबद्ध हुन राष्ट्रसङ्घका महासचिव गुटरेसको अपिल


२९ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसले विश्वमा हाल देखा परिरहेका साझा र विश्वव्यापी चुनौतीे सामनाका लागि ऐक्यबद्ध हुन अपिल गरेका छन् । विश्वमा पछिल्लो समयमा विभिन्न समस्याहरु देखिएकाले ती समस्या तथा चुनौतीको समाधानका लागि विश्वका नेता एकताबद्ध भएर लाग्नुपर्नेमा उनले जोड दिएका हुन् ।

इन्डोनेसियाको बालीमा आजदेखि हुन लागेको ग्रुप अफ ट्वान्टी (जी २०) सम्मेलनको पूर्वसन्ध्यामा उनले सो समूहका नेताहरुलाई यस्तो अपिल गरेका हुन् । जलवायु परिवर्तनका कारण उत्पन्न समस्या मानव जीवनका निम्ति एक प्रमुख चुनौतीका रुपमा देखिएकाले जलवायु परिवर्तनका असर कम गर्न तथा त्यसको प्रभावबाट विश्वलाई बचाउन सबै लाग्नुपर्ने उनले बताए ।

जलवायु परिवर्तनका कारण उत्पन्न समस्या समाधानका लागि जी २० समूहका देशले महत्वपूर्ण भूमिका निर्वाह गर्नसक्ने बताउँदै उनले स्वास्थ्य, शिक्षा, लैंगिक समानता, नवीकरणीय ऊर्जालगायत क्षेत्रमा समूहले लगानी गर्नुपर्ने सुझाव दिए ।

महासचिव गुटरेसले जलवायु परिवर्तनको असर कम गर्न राष्ट्रसङ्घले अघि सारेको एजेण्डा तथा सम्झौता कार्यान्वयनमा इमान्दार बन्न पनि आग्रह गरे ।

प्रकाशित मिति : २९ कार्तिक २०७९, मंगलबार  १ : ०२ बजे

गुहारको आवाज आउँछ, तर टुलुटुलु हेर्‍यो, बस्यो : तेम्पा छिरिङ तामाङ

काठमाडौं– रसुवाको लाङटाङ गाउँका स्थानीय बासिन्दाको अझै उद्धार हुन सकेको

प्रधानमन्त्री बालेनलाई मार्ने धम्की दिएको आरोपमा एक युवक समातिए

काठमाडौं- सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री वालेन्द्र शाहलाई मार्ने धम्की दिएको आरोपमा

आजतकको दाबी : नेपालको बाढीमा १०५ भारतीय पर्यटक बेपत्ता, बिहारका ६ जिल्ला जोखिममा

नेपालमा बाढी- रसुवा जिल्लामा तिब्बततर्फबाट आउने भोटेकोशी नदीमा अचानक आएको

काठमाडौंमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ आयोजना हुने’

काठमाडौं– ‘लन्डन क्लाइमेट एक्सन विक’ जस्ता विश्वव्यापी पहलहरूबाट प्रेरित भई

काठमाडौं महानगरले भोटेकोशी बाढीको विपद् व्यवस्थापनमा काम गर्ने 

काठमाडौं– भोटेकोशी नदीमा आएको ठुलो आकस्मिक बाढीले रसुवाको टिमुरे तथा स्याफ्रुबेंसी