विश्वव्यापी चुनौतीको सामनाका लागि ऐक्यबद्ध हुन राष्ट्रसङ्घका महासचिव गुटरेसको अपिल | Khabarhub Khabarhub

विश्वव्यापी चुनौतीको सामनाका लागि ऐक्यबद्ध हुन राष्ट्रसङ्घका महासचिव गुटरेसको अपिल


२९ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसले विश्वमा हाल देखा परिरहेका साझा र विश्वव्यापी चुनौतीे सामनाका लागि ऐक्यबद्ध हुन अपिल गरेका छन् । विश्वमा पछिल्लो समयमा विभिन्न समस्याहरु देखिएकाले ती समस्या तथा चुनौतीको समाधानका लागि विश्वका नेता एकताबद्ध भएर लाग्नुपर्नेमा उनले जोड दिएका हुन् ।

इन्डोनेसियाको बालीमा आजदेखि हुन लागेको ग्रुप अफ ट्वान्टी (जी २०) सम्मेलनको पूर्वसन्ध्यामा उनले सो समूहका नेताहरुलाई यस्तो अपिल गरेका हुन् । जलवायु परिवर्तनका कारण उत्पन्न समस्या मानव जीवनका निम्ति एक प्रमुख चुनौतीका रुपमा देखिएकाले जलवायु परिवर्तनका असर कम गर्न तथा त्यसको प्रभावबाट विश्वलाई बचाउन सबै लाग्नुपर्ने उनले बताए ।

जलवायु परिवर्तनका कारण उत्पन्न समस्या समाधानका लागि जी २० समूहका देशले महत्वपूर्ण भूमिका निर्वाह गर्नसक्ने बताउँदै उनले स्वास्थ्य, शिक्षा, लैंगिक समानता, नवीकरणीय ऊर्जालगायत क्षेत्रमा समूहले लगानी गर्नुपर्ने सुझाव दिए ।

महासचिव गुटरेसले जलवायु परिवर्तनको असर कम गर्न राष्ट्रसङ्घले अघि सारेको एजेण्डा तथा सम्झौता कार्यान्वयनमा इमान्दार बन्न पनि आग्रह गरे ।

प्रकाशित मिति : २९ कार्तिक २०७९, मंगलबार  १ : ०२ बजे

कालीगण्डकीको कटान रोकथाम गर्न तटबन्धन

म्याग्दी– कालीगण्डकीको कटान र बाढीको जोखिममा रहेको बेनी नगरपालिका–१ लामगरामा

व्यासमा मातृशिशु मृत्युदर घटाउन गर्भवतीलाई पोषण

तनहुँ – जिल्लाको  व्यास नगरपालिकाले नवजात शिशु र आमाको स्वास्थ्य

मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु, तीन घाइते

मध्यविन्दु– नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को हुप्सेकोट गाउँपालिका–३ मा मोटरसाइकलको ठक्करबाट

छुट्टाछुट्टै दुर्घटनामा चार जनाको मृत्यु

धनगढी – कैलालीमा खोलामा डुबेर दुई जनाको मृत्यु भएको छ

वात्सल्य एभरेष्ट महिला भलिबल लिगमा लुम्बिनी लाभा भित्रियो

काठमाडौं– महिला भलिबल फ्रेन्चाइज लिग वात्सल्य एभरेष्ट महिला भलिबल लिग