हुम्लाका २४ मतदानस्थल अतिसंवेदनशीलको सूचीमा « Khabarhub

हुम्लाका २४ मतदानस्थल अतिसंवेदनशीलको सूचीमा


२९ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

सिमकोट– मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि हुम्लाको २४ वटा मतदानस्थल अतिसंवेदनशीलको सूचीमा रहेका छन् । जिल्लाका सातवटै स्थानीय तहमा रहेका ५८ वटा मतदान केन्द्र र ५९ वटा मतदानस्थलका २४ वटा मतदानस्थललाई अतिसंवेदनशील ठहर गरिएको हो । 

प्रतिनिधिसभा सदस्यका लागि एक मात्र निर्वाचन क्षेत्र रहेको हिमाली जिल्ला हुम्लामा १२ सामान्य, २२ संवेदनशील र २४ मतदानस्थललाई अतिसंवेदनशील ठहर गरिएको प्रमुख जिल्ला अधिकारी सीता परियारले जानकारी दिए । वैशाखमा सम्पन्न स्थानीय निर्वाचनको विश्लेषण र जिल्ला सुरक्षा समितिले समग्र वस्तुस्थिति मूल्यांकन गर्दा ती मतदानस्थललाई सुरक्षा अतिसंवेदनशील र संवेदनशील ठहर गरेको हो ।

अतिसंवेदनशील ठहर गरेका गाउँपालिकाका २४ मतदानस्थलमा नाम्खामा पाँच वटा, सिमकोटमा चार वटा, खार्पुनाथमा दुई वटा, सर्केगार्डमा चार वटा, चङखेलीमा चार वटा, अदानचुलीमा एक वटा र ताँजाकोटमा चार वटा छन् । अतिसंवेदनशील मतदानस्थलमा विशेष सुरक्षाको व्यवस्था गरिएको बताइएको हो । मतदान कार्यका लागि सुरक्षाकर्मी पनि सोही अनुसार खटाइने छ । 

त्यसैगरी समितिले २२ वटा मतदानस्थललाई संवेदनशील क्षेत्रका रूपमा वर्गीकरण गरेको छ । संवेदनशील मतदानस्थलमा गाउँपालिका अनुसार नाम्खामा तीन वटा, सिमकोटमा दुई वटा, खार्पुनाथमा दुई वटा, सर्केगार्डमा चार वटा, चङखेलीमा चार वटा, अदानचुलीमा पाँच वटा र ताँजाकोटमा दुई वटा रहेका छन् । जिल्लाका १२ वटा मतदानस्थललाई भने सामान्य रुपमा वर्गीकरण गरिएको छ ।

प्रकाशित मिति : २९ कार्तिक २०७९, मंगलबार  १ : ३६ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै