९० प्रतिशत उम्मेदवारले झुठो खर्च विवरण पेश गर्ने गरेको आरोप « Khabarhub

९० प्रतिशत उम्मेदवारले झुठो खर्च विवरण पेश गर्ने गरेको आरोप


२९ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– निर्वाचनमा प्रतिश्पर्धा गर्ने ९० प्रतिशत उम्मेदवारले भएको खर्च भएकोभन्दा निकै कम हुने गरि झुठो खर्च विवरण पेश गर्ने गरेको आरोप छ । काठमाडौं स्कुल अफ ल भक्तपुरले मंगलबार आयोजना गरेको वर्तमान निर्वाचन प्रणालीलाई मितव्ययी र पारदर्शी बनाउन चाल्नुपर्ने कदमहरु विषयमा अन्तरक्रियामा पूर्व निर्वाचन आयुक्त भोजराज पोखरेलले ९० प्रतिशत उम्मेदवारले दिएको खर्च विवरण झुठो हुने गरेको बताए । 

निर्वाचन आयोगले खर्चको सीमा निर्धारण गरेको हुनाले उम्मेदवारहरूले वास्तविकताभन्दा कम मात्रै खर्च देखाई पेश गर्ने उनको भनाइ छ । यस्तै, पूर्व अर्थसचिव शिशिर ढुङ्गानाले पैसा खर्च गर्न नसक्नेले चुनावमा सहभागी हुने कल्पना समेत गर्न नसक्नु दुःखद भएको बताए । जसरी पनि चुनाव जित्न पैसा खर्च गर्नु गलत भएको उनको भनाइ छ । 

चुनाव खर्चका लागि व्यापारी वा अन्यसँग पैसा चन्दा माग्दा जितेपछि जनताको होइन चन्दावालाको इच्छाअनुसार काम गर्नुपर्ने बाध्यता आइपर्ने उनको भनाइ थियो । यस हिसाबले विजयी उम्मेदवार जनताप्रति नभई चन्दादाताको रुचिअनुसार काम गर्नु पर्ने हुने उनले बताए । यही कारण चुनेर पठाउने जनतामा वितृष्णा पैदा हुने उनले बताए । 

आयोजक काठमाडौं स्कुल अफ ल भक्तपुरका अध्यक्ष डा. गोविन्दप्रसाद कुसुम, आयोजककै कार्यकारी निर्देशक प्रा.डा युवराज संग्रौला, प्राज्ञिक सल्लाहकार गणेशप्रसाद अधिकारीलगायतले निर्वाचन खर्चको व्यवस्थापनमा विशेष जोड दिए । 

प्रकाशित मिति : २९ कार्तिक २०७९, मंगलबार  १ : ५८ बजे

सशस्त्र प्रहरीलाई सीमा सुरक्षामा थप जिम्मेवार बन्न महानिरीक्षकको निर्देशन

कपिलवस्तु – सशस्त्र प्रहरी बल नेपाल नं ५ विन्ध्यवासिनी बाहिनी

व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देश र जनताका लागि केन्द्रित हुनुपर्छ : अध्यक्ष बिजुक्छे

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सत्तामा

खोरसोरमा पर्यटकको आकर्षण : ‘गोविन्दे’ र ‘रोनाल्डो’ को रजगज

नारायणगढ – पर्यटकीय दृष्टिकोणले ‘अफसिजन’ (बेमौसम) मानिने वर्षातको समयमा पनि

भदौरे वर्षातले धानबालीलाई राहत

महोत्तरी – भदौरे वर्षातले महोत्तरीमा धानबालीलाई राहत मिलेको छ ।

पार्टी पुनर्गठनको हल्ला बेमौसमी बाजा र अध्यक्षबाट मलाई हटाउने षड्यन्त्र हो : ओली

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी पुनर्गठनको