निर्वाचनकाे तयारी अन्तिम चरणमा | Khabarhub Khabarhub

निर्वाचनकाे तयारी अन्तिम चरणमा


२९ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्ला– मङ्सिर ४ गत हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि तयारी अन्तिम चरणमा पुगेको छ । निर्वाचनका लागि  जिल्लाबाट विभिन्न राजनीतिक दल र स्वतन्त्रगरी १३ जना प्रतिस्पर्धामा उत्रिएका छन् । एकमात्र निर्वाचन क्षेत्र रहेको जुम्लामा प्रतिनिधिसभाका लागि  चार र दुई निर्वाचन क्षेत्र रहेको प्रदेशसभाका लागि नौजना चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । जिल्लामा नेपाल मजदुर किसान पार्टी, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र) र राप्रपाले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन् ।

उम्मेदवारी दर्ता गराएकामध्ये प्रमुख दल सत्ता गठबन्धनबाट माओवादीका गोमा गौतम कुँवर,  एमालेका  रत्ननाथ योगी, राप्रपाका ज्ञानेन्द्र शाही र नेपाल मजदुर किसान पार्टीका डिल्लीप्रसाद काफ्ले चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । यस्तै प्रदेशसभातर्फ क्षेत्र १ (क) मा सत्ता गठबन्धबाट नेपाली कांग्रेसका ललितजङ्ग शाही, एमालेका धिरेन्द्रराज गिरी, नेमकिपाका राजेश्वर देवकोटा र स्वतन्त्रबाट देवेन्द्रबहादुर शाही प्रतिस्पर्धी छन् ।

प्रदेशसभा क्षेत्र २ (ख) मा गठबन्धनबाट एकीकृत समाजवादीका पदमबहादुर रोकाया, एमालेका टेकराज पछाई, नेमकिपाका विर्षबहादुर रावत, राप्रपाका देवप्रसाद न्यौपाने र स्वतन्त्रबाट धनबहादुर बस्नेत प्रतिस्पर्धामा छन्। बाटो, पुल, सडक, शिक्षा, स्वास्थ्य, कृषि, रोजगारीजस्ता विषयवस्तुलाई नै यहाँका उम्मेदवारले प्रायः चुनावी एजेन्डा बनाएका छन् ।

जिल्लामा निर्वाचन आचारसंहिताका बारेमा आफूहरुले सूक्ष्म ढङ्गले अनुगमन गरिरहेको मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद गौतमले बताए । ‘अहिलेसम्म आचारसंहिता उल्लङ्घनका घटना खासै जिल्लामा भएका छैनन्’, उनले भने, ‘मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई दुईदिने निर्वाचनसम्बन्धी तालिम सञ्चालन भइरहेको छ । तालिम सकिएलगत्तै सबै मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई कार्यक्षेत्रमा खटाइने छ । जिल्लामा आठ सय ४८ कर्मचारी र एक हजार आठ सय सुरक्षाकर्मीसहित म्यादी प्रहरी निर्वाचनमा परिचालन हुने जिल्ला निर्वाचन परिचालन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीले बताए ।

जिल्लाका आठवटै स्थानीय तहमा नमुना मतदान कार्यक्रम सञ्चालन भइसकेको छ । यहाँका ६० वटै वडाका महिला स्वास्थ्य स्वयंसेविकालाई मतदाता शिक्षाका लागि परिचालन गरिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख महेश शर्माले जानकारी दिए । गएको वैशाख ३० मा भएको स्थानीय तहको निर्वाचनमा कांग्रेसले पाँच पालिकाको प्रमुख, तीन उपप्रमुखसहित २६ वडाध्यक्ष जितेको थियो । माओवादीले दुईवटा पालिका प्रमुख, चार उपप्रमुख, १९ वडामा अध्यक्ष जितेको थियो । एकीकृत समाजवादीले एक पालिकाको उपाध्यक्षसहित छ वडाध्यक्ष जितेको थियो।

एमालेले कुनै पनि पालिकाको अध्यक्ष र उपाध्यक्षमा विजयी हासिल गर्न सकेन । जिल्लाका ६० वडामध्ये छ वडाध्यक्ष मात्रै एमाले जितेको थियो भने राप्रपाले कुनै वडाध्यक्षमा जितेको थिएन । स्थानीय तहको उक्त निर्वाचनमा जुम्लाको वडाध्यक्षले पाएको मतका आधारमा सत्ता गठबन्धन निकै बलियो देखिएको छ ।कांग्रेस  १६ हजार ७५ मत पाएर सबैभन्दा ठूलो पार्टी भएको थियो ।

माओवादीले १४ हजार एक सय ७५ मत पाएर दोस्रो ठूलो पार्टी बनेको थियो । एकीकृत समाजवादीका उम्मेदवारले छ हजार एक सय ९५ मत पाएका थिए ।  सत्ता गठबन्धनमा आबद्ध सबै दलको मत जोड्दा प्रतिनिधिसभाका लागि  एमाले ३० हजार मतले पछि परेको देखिन्छ  । एमालेले वडाध्यक्षमा छ हजार नौ सय ६२ मत पाएको थियो भने राप्रपाले पाँच सय ४० मत मात्र पाएको थियो ।

निर्वाचनका लागि जुम्लामा ८३ वटा मतदानस्थल र एक सय छवटा मतदान केन्द्र र दुईवटा अस्थायी मतदान केन्द्र कायम गरिएको निर्वाचन कार्यालयले जनाएको छ । जिल्लामा कूल ६८ हजार छ सय ३८ मतदाता छन् । प्रदेशसभा सदस्यको निर्वाचनका लागि (क) मा ३६ हजार सात सय ८३ र (ख) मा ३१ हजार आठ सय ५५ मतदाता रहेको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २९ कार्तिक २०७९, मंगलबार  ३ : ३१ बजे

टेस्लाको रोबो ट्याक्सी ‘साइबरक्याब’ सार्बजनिक, के के छन् विशेषता ?

काठमाडौं – एलन मस्कको टेस्लाले आफ्नो पहिलो रोबोट ट्याक्सी ‘साइबरक्याब’

इजरायली आक्रमण कम्तीमा ३३ जना प्यालेस्टाइनीको मृत्यु

गाजा – उत्तरी गाजाको जबलिया शरणार्थी शिविरमा इजरायली सेनाले आफ्नो

महिला टी–२० विश्वकप : श्रीलंकाविरुद्ध न्यूजिल्याण्डको उत्कृष्ट जित

काठमाडौं । आइसीसी महिला टी–२० विश्वकप अन्तर्गत न्यूजील्याण्डले श्रीलंकालाई पराजित

देश र जनतालाई केन्द्रमा राखेर सरकारले काम गरिरहेको छः सञ्चारमञ्त्री गुरुङ

लमजुङ – सञ्चार तथा सूचनाप्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले देश र जनतालाई

नेपालबाट यसबर्षको मनसुन बाहिरियो

काठमाडौं – नेपालबाट यसबर्षको मनसुन बाहिरिएको छ । जल तथा