चोक-चोकमा स्मार्ट डस्टबिन, घट्दैन सडक पेटीको डंगुर | Khabarhub Khabarhub

चोक-चोकमा स्मार्ट डस्टबिन, घट्दैन सडक पेटीको डंगुर



काठमाडौं-  फोहोरमैला व्यवस्थापन काठमाडौं महानगरपालिकाको टाउको दुखाइको विषय बन्छ । कहिले सिस्डोलको लफडाले त कहिले फोहोर उठाउनेहरुको आन्दोलनले ।

स्मार्ट सिटी बनाउने उद्देश्यमा रहेको काठमाडौं महानगरलाई फोहोर व्यवस्थापन नै प्रमखु चुनौतीका रुपमा रहेको छ । अहिले केही हदसम्म भए पनि फोहोर व्यवस्थापनका लागि सडकका मुख्य क्षेत्रमा स्मार्ट सोलार डस्टबिन जडान गरिएका छन् । यो जडान भएको पनि तीन महिना बितिसक्यो । तर, फोहोर व्यवस्थापनमा सुधार एकको दुई भएको छैन । नियमन, अनुगमन मात्रै होइन मानिसहरुको चेतनास्तरमै विकास नभए यो समस्या अझै देखिने छ । किनकी स्मार्ट डस्टबिन सडकमा राखिएका त छन्, तर कतिपयले फाहोर त्यहाँ हाल्दैनन् फाल्छन्– सडक पेटीमै ।

बानेश्वर चोकमा स्मार्ट डस्टबिनको छेउमै एक जना महिला बदाम बेच्न बस्छिन् । दिउँसोको ११ बजेदेखि बेलुकी ५ बजेसम्म बदाम बेच्ने थलो बनाएकी उनले सर्वसाधरणलाई डस्टबिनमा फोहोर फ्याँक्न दिन्नन् । आफ्नो व्यापार गर्ने स्थानमा डस्टबिन ल्याएर राखेको भन्दै प्रयागकर्तालाई समेत कराउँछिन् ।

डस्टबिन राखेको तीन महिना बितिसक्दा पनि यसको सदुपयोग हुन सकेको छैन । सडकमा देखिएको फोहरलाई व्यवस्थित गर्ने योजनाले ल्याइएको स्मार्ट डस्टबिन रित्तो देखिन थालेको छ भने सडकको छेउछाउमा फहोरको डंगुर थुप्रिन्छ ।

महानगरले स्मार्ट सोलार डस्टबिन राख्ने जिम्मा निजी कम्पनीलाई दिएको थियो । स्मार्ट डस्टबिन राख्ने जिम्मा पाएको कृष्ण सप्लायर्सले पहिलो चरणमा टेकु, त्रिपुरेश्वर, माइतीघर, बबरमल, बानेश्वर, सहिदगेट, सुन्धारा, आएनसी, वीर अस्पताल, भोटाहिटी, रत्नपार्क, शान्तिवाटिकालगायतका ४५ स्थानमा स्मार्ट डस्टबिन राखिसकेको छ ।

स्मार्ट डस्टबिनमा सर्वसाधारणले फोहर फ्याँकेरफ्याकेनन् अनुगमन गर्नुभन्दा पनि अन्य स्थानमा डस्टबिन राख्नतिर कम्पनी लागि परेको छ । दोस्रो चरणमा राजधानीकै १० स्थानमा स्मार्ट डस्टबिन राख्ने योजना बनाएको कम्पनीले जनाएको छ।

महानगरको सुन्दरता र आफ्नो विज्ञापनका लागि विभिन्न स्थानमा स्मार्ट डस्टबिन राखेका कम्पनीका निर्देशक शैलेश कुँवर भन्छन्, ‘सहरलाई स्मार्ट सिटी बनाउनका लागि स्मार्ट डस्टबिन राखेका हौं।’

उनका अनुसार डस्टबिन राखेपछि कम्पनीले सन्देशमूलक कार्यक्रम गर्न नसक्दा डस्टबिनमा फोहर संकलन हुन सकेको छैन। ‘पैदल यात्रुलाई बाटोमा हिड्दा कागज, मिनिरल वाटरका बोतल, फलफुलका बोक्रालगायत फोहर हातमा बोकेर हिड्नु नपरोस् भनेर डस्टबिन राखेका हौं।’
अन्य फोहरका डस्टबिनभन्दा फरक भएकाले फोहर फ्याक्ने भाडो होर होइन भन्ने थाहा नहुँदा डस्टबिनको सदुपयोग हुन नसकेको समेत उनले बताए ।

रातिको समयमा सजिलै डस्टबिन देख्न सकियोस भन्ने सोचले डस्टबिनमा सोलार बत्ति पनि जडान गरिएको छ । डस्टबिनमा प्रदुषण मापन मिटर, मोबाइल चार्जर समेत राखिएको छ ।

काठमाडौं उपत्यकाको चोकचोकमा स्मार्ट डस्बीन राखेपनि यसको प्रयोग नभएको काठमाडौँ माहनगरपालिकाका प्रवक्ता इश्वरमान डंगोलले बताए । ‘स्मार्ट डस्बीन’ को प्रचारप्रसार गर्न नसक्दा फोहर डस्बीनमा भन्दा सडकमै देखिएका छन्, उनले भने । डस्टबिन राख्नका लागि निजी कम्पनीलाई जीम्मा लिएको महानगरले अनुगमन गर्न नसक्दा यो समस्या देखिएको हो ।

‘हेर्दा राम्रो देखिएर मात्र हुदैँन, प्रयोग हुनुप¥यो’ प्रवक्ता डंगोलले भने । उपमेयरको नेतृत्वमा पहिलो चरणमा राखिएका सबै स्थानमा अनुगमन गर्ने र डस्टबिननका बारेमा सर्वसाधरणलाई प्रचारप्रसार गराउने महानगरको भनाइ छ ।

‘कम्पनीले मानिसको अत्याधिक चाप हुने क्षेत्रलाई मध्यनजर गर्दै डस्टबिन राखेपनि दैनिक अनुगमन गर्न नसक्दा सडकमा फोहर भरिएका छन्, डस्टबिन रित्तो छ’, शान्ति वाटिकास्थित एक प्रयोगकर्ताले बताइन्।

उनी शान्तिवाटिकाका सडकमा फलफुल बेच्ने उनी स्मार्ट डस्टबिनकी प्रयोगकर्ता हुन् । उनी भन्छिन्, ‘मानिसहरु चाउचाउ बिस्कुट खाएर कागज सडकको पेटीमै फ्याक्छन्, अगाडि छ डस्टबिन तर त्यहाँ हाल्दैनन्।’

महानगरले फोहर व्यवस्थापन र स्मार्ट डस्टबिनका बारेमा प्रचारप्रसार र सूचनामूलक कार्यक्रम गर्न सकेमा स्मार्ट डस्टबिनको सदुपयोग हुने सर्वसाधरणको भनाइ छ।

प्रकाशित मिति : २९ माघ २०७५, मंगलबार  ५ : १० बजे

आजदेखि काठमाडौं महानगरका विद्यालय खुल्ने : सोमबारदेखि पढाइ

काठमाडौं – काठमाडौं महानगरपालिकाले आइतबारदेखि विद्यालयमा उपस्थित भई पठनपाठनका लागि

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल भदौ २९ गते आइतबार। आश्विन

आज २०८२ साल भदौ २९ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल भदौ २९ गते आइतबार। आश्विन

इजरायली आक्रमणमा कम्तीमा ४५ प्यालेस्टिनीको मृत्यु

गाजा – गाजा पट्टीका विभिन्न भागमा इजरायली आक्रमणमा परी कम्तीमा