छोरी दिव्या पनि दिलिप रायमाझीकै बाटोमा | Khabarhub Khabarhub

छोरी दिव्या पनि दिलिप रायमाझीकै बाटोमा


१७ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– हास्य कलाकार शिवहरी पौडेलको निर्माण र निर्देशनमा बन्न लागेको चलचित्रमा अभिनेता दिलिप रायमाझीकी छोरी दिव्या रायमाझीले अभिनय गर्ने पक्का भएको छ ।

दिव्या हास्य कलाकार शिवहरीले निर्माण गर्न लागको चलचित्र ‘लक्का जवान’को अभिनेत्रीमा फाइनल भएकी हुन् । दिव्याका लागि यो पहिलो चलचित्र हो । चलचित्रको सह-निर्माताका रुपमा किरण र अभिनेता दिलिप रायमाझी रहनेछन् ।

आमा बंगलामुखी फिल्म प्रोडक्सन प्रा.लि.को ब्यानरमा निर्माण हुने फिल्ममा ध्रुव पन्त र अनुसुया श्रेष्ठ पन्तको लगानी रहनेछ । फिल्म पारिवारिक तथा कमेडी कथामा निर्माण हुने निर्माण पक्षले जनाएको छ ।

चलचित्रका विषयमा निर्देशक शिवहरीले भने, ‘हो, हामीले दिव्यालाई फिल्मबाट डेब्यू गराउने पहल गरिरहेका छौं ।’

उनी अहिले अमेरिकामा छिन् । दिव्याले पनि फिल्ममा प्रवेश गर्ने इच्छा देखाएकी छिन् ।

प्रकाशित मिति : १७ असार २०७६, मंगलबार  ५ : ३० बजे

‘जेनजी’ आन्दोलनका क्रममा कर्णालीमा ५२ वटा भौतिक संरचना र ४५ सवारीसाधनमा आगजनी

सुर्खेत – ‘जेनजी’ आन्दोलनका क्रममा कर्णालीमा ५२ वटा भौतिक संरचना

तोडफोड तथा आगजनी गर्नेलाई खोज्दै प्रहरी

चितवन – जेनजी आन्दोलनमा तोडफोड, आगजनी र लुटपाटमा संलग्नको खोजीमा

विजयादशमीको उत्तम साइत असोज १६ गते बिहान ११ः५३ बजे

काठमाडौं – नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको विजयादशमीको

बुधबार नेपालभर सार्वजनिक बिदा

काठमाडौं – गृह मन्त्रालयले ‘जेनजी’ आन्दोलनका क्रममा ज्यान गुमाउनेहरूको सम्मानस्वरूप

कर तिर्ने समय एक महिना थप

काठमाडौं – सरकारले कर तिर्ने समय एक महिना थप गरेको