राजस्व चुहावट गरेको आरोपमा मुद्दा « Khabarhub

राजस्व चुहावट गरेको आरोपमा मुद्दा


३० कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राजस्व अनुसन्धान विभागले भन्सार महसुल र मूल्य अभिवृद्धि कर छली गरी राजस्व चुहावट गरेको आरोपमा दुई जनाविरुद्ध मुद्दा चलाएको छ । सर्लाहीको हरिवन नगरपालिका-११ का किरण विश्वकर्मा र धनुषाको मिथिला नगरपालिकाका कमलकुमार लामाविरुद्ध रु २५ लाख बिगो बराबरको राजस्व चुहावट गरेको दाबीसहित विभागले उच्च अदालत पाटनमा अभियोगपत्र दर्ता गरेको हो । 

विभागले झण्डै २५ लाख बिगो र सजाय हुने बिगो २५ लाख गरी झण्डै ५० लाखको असूलउपर गरी हदैसम्मको सजायको माग गरेको छ । यस्तै विभागले दर्ता गरेको आरोपपत्रमा उक्त कपडासहित ओसारपसारमा संलग्न सवारीसाधान पनि जफत गर्न माग गरेको छ । विश्वकर्माले सञ्चालन गर्दै आएको प्रदेश २-०३-००१ ख १९९७ नम्बरको ढुवानीको साधनमार्फत बिल नभएका ठूलो परिमाणका कपडा लुकाइछिपाइ ओसारपसार गरिरहेको अवस्थामा बरामद भएकाले उनीहरूले भन्सार महसुल तथा मूल्य अभिवृद्धि कर छली गरेको पाइएको विभागले आज एक सूचना जारी गरी जनाएको छ । 

उक्त कार्य राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन २०५२ को दफा ३ ले निषेध गरेको कार्य रहेको जिकिर गरिएको छ । सोही ऐनको दफा ४ (क), (ख)र (झ) बमोजिम राजस्व चुहावटको कसूर गरेको पुष्टि हुन आएकाले ट्रकसहितको कपडा बरामद गरी मुद्दा दर्ता गरेको विभागले जनाएको छ । 

प्रकाशित मिति : ३० कार्तिक २०७९, बुधबार  ३ : २७ बजे

तेहरानमा अली खामेनेईलाई अन्तिम श्रद्धाञ्जली दिन लाखौँको भीड

तेहरान- इरानका सर्वोच्च नेता अली खामेनीको अन्तिम श्रद्धाञ्जली कार्यक्रममा सहभागी हुन राजधानी तेहरानमा

सरकारको १०० दिन : सुशासन, पारदर्शिता र सेवा प्रवाहमा उल्लेखनीय सुधार

काठमाडौं– सुशासन, पारदर्शिता र सार्वजनिक सेवा प्रवाहलाई चुस्त र प्रभावकारी

अमेरिकी पहिचानमाथि ‘नयाँ आक्रमण’ भइरहेको ट्रम्पको दाबी

एजेन्सी– संयुक्त राज्य अमेरिकाको २५०औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा राष्ट्रपति डोनाल्ड ट्रम्पले

मुक्तिनाथबाट फर्किने भारतीय पर्यटकले बागलुङमा चहलपहल

बलेवा– मुक्तिनाथ दर्शनका लागि आउने भारतीय तीर्थयात्रीको सङ्ख्या बढेसँगै बागलुङका

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिकाले आगामी १० वर्षका लागि तयार गरेको नगर