बलात्कार गर्ने फरार, गर्भपतन गराउन सहयोग गर्ने पक्राउ « Khabarhub

बलात्कार गर्ने फरार, गर्भपतन गराउन सहयोग गर्ने पक्राउ


३० कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

बारा- बलात्कारबाट बसेको गर्भ असुरक्षित तवरले पतन गराउन सहयोग गर्ने एक व्यक्तिलाई जिल्ला प्रहरी कार्यालय बाराले पक्राउ गरेको छ ।

जबरजस्ती करणी गरी गर्भपतन गराउन सहयोग गर्ने प्रसौनी गाँउपालिका–५, बेलहियाका २५ वर्षीय श्याम साह तेलीलाई प्रहरीले पक्राउ गरेको हो ।

१७ वर्षीय नाबालिकालाई ललाई फकाई पटक पटक जबरजस्ती करणी गर्ने व्यक्ति फरार रहेका छन् । गर्भपतन गराउन सहयोग गर्ने तेलीलाई भने उनकै गाउँमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए ।

गर्भवती नाबालिकालाई तेलीले ललाई फकाई गर्भपतन गराउन सहयोगी भूमिका खेलेका थिए । उक्त घटनामा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

पीडितको जाहेरीका आधारमा पक्राउ गरेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ३० कार्तिक २०७९, बुधबार  ५ : ४२ बजे

झपट रावलले भने– बादलको प्रतिवेदन वस्तुनिष्ठ होइन, ‘व्यक्ति केन्द्रित टिपोट’ मात्रै

काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य झपट रावलले पार्टी पुनर्गठन

भोटेकोशी बाढी : नेपाल प्रहरीद्वारा ‘टिमुरे टु त्रिवेणी’ अप्रेशन सञ्चालन

काठमाडौं – भोटेकोशी बाढीबाट प्रभावितको उद्धार तथा बेपत्ता भएकाको खोजीलाई

दुई दिनमा साढे ३ लाख सिलिन्डर ग्यास भित्रियो, उपभोक्तालाई भने अझै सास्ती

काठमाडौं – पछिल्लो दुई दिनमा भारतबाट नेपालका विभिन्न नाका हुँदै

भोटेकोशी बाढी : छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा

बर्दिया – रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा छोराबुहारी बेपत्ता भएपछि

सडकपेटीमा सुत्केरी : काममा खटिएका छ जना कर्मचारी निलम्बित

सप्तरी – राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल