'महाकाली नदीमा पुल बनाउने प्रक्रिया सुरु हुन्छ' | Khabarhub Khabarhub

‘महाकाली नदीमा पुल बनाउने प्रक्रिया सुरु हुन्छ’


३० कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

बैतडी– प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले बैतडीका तल्लो स्वराडको विकासका लागि प्रतिबद्ध रहेको बताएका छन् । शिवनाथ गाउँपालिकाको केन्द्र सुल्लेखानमा लोकतान्त्रिक गठबन्धनले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले उग्रतारा मेलौली सडकखण्डलाई पूर्णता दिने र पञ्चेश्वर बहुद्देश्यीय परियोजना अगाडि बढाउन भारतसँग समन्वय गर्ने बताए ।

भारतसँग सिमाना जोडिएको तल्लो स्वराडमा महाकाली नदीमा पुल निर्माणको काम पनि अघि बढाउने उनले बताए । ‘महाकालीमा  झोलुङ्गे पुल निर्माणको लागि तल्लो स्वराड बासीको आग्रह छ, यो प्रक्रिया अगाडि बढाउँछौँ,’ प्रधानमन्त्री देउवाले भने । 

थुप्रै सम्भावना बोकेको क्षेत्र भएकाले यहाँको विकासको लागि बैतडीबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिले यहाँको विकासको लागि प्राथमिकतामा राख्नु पर्ने पनि प्रधानमन्त्री देउवाले बताए । 

चुनावी सभालाई सम्बोधन गर्दै देउवाले प्रतिनिधिसभामा बाम गठबन्धनका साझा उम्मेदवार नरेन्द्र कँवर र प्रदेश सभा (ख) मा शिवराज भट्टनै सक्षम नेतृत्व रहेकाले उनीहरूलाई विजयी गराउन अपिल गरे ।

प्रकाशित मिति : ३० कार्तिक २०७९, बुधबार  ६ : ५९ बजे

बीपी प्रतिष्ठानका उपकुलपति भन्छन्, ‘खर्च नगरी नियुक्ति पाएँ’, पुरानो साख फर्काउन पदाधिकारीको साथ पाउँछु

सुनसरी– बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपति प्रा.डा. विक्रमप्रसाद

रविको अड्डासार आकाशबाट, ३:१० को फ्लाइटमा ल्याइँदैछ काठमाडौँ

काठमाडौँ – सहकारी ठगी अभियोगमा पुर्पक्षका लागि भैरहवा कारागार (रूपन्देही)

अछाममा करेन्ट लागेर एक जनाको मृत्यु, चार घाइते

धनगढी – अछामको बान्नीगढी जयगढ गाउँपालिकामा करेन्ट लाग्दा एक किशोरको

सभापति लामिछानेको कारागार सरूवाबारे विस्तृत जानकारी दिइएको छैन : मनिष झा

काठमाडौं– कारागार व्यवस्था विभागले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि

अवरुद्ध साँफे-मार्तडी राजमार्ग सञ्चालनमा

बाजुरा– शुक्रबार रातिदेखि परेको अविरल वर्षाका कारण खोला बढेपछि अवरुद्ध