‘बाँके क्षेत्र नं. ३ को विकास र परिवर्तन नै मेरो एजेन्डा हो’ | Khabarhub Khabarhub

‘बाँके क्षेत्र नं. ३ को विकास र परिवर्तन नै मेरो एजेन्डा हो’


३० कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : चुनाव नजिकिदै गएका बेला बाँके क्षेत्र नं. ३ पनि चर्चामा छ । कांग्रेस सहमहामन्त्री किशोरसिंह राठौर बाँके क्षेत्र नम्बर ३ बाट गठबन्धनका साझा उम्मेद्वार बनेका छन् । नेपाल विद्यार्थी संघको राजनीतिदेखि सक्रिय उनी बर्दिया र बाँकेमा क्रियाशील नेता मानिन्छन् । सुशील कोइरालापछि बाँकेको कांग्रेस नेतृत्व सम्हाल्ने योजना बनाएका नेता राठौरले चुनावी अभियान तीव्र पारेका छन् । यसै परिवेशमा खबरहबले उम्मेद्वार राठौरसँग गरेको कुराकानीको सम्पादित अंशः

चुनावमा गठबन्धनबाट साझा उम्मेद्वार बन्नु भएको छ, राजनीतिक पृष्ठभूमिबारे के भन्नुहुन्छ ?
विद्यार्थी राजनीतिदेखि मूलधारको राजनीति थालेपनि म सल्यानमा जन्मेको हुँ । काठमाडौंमै विद्यार्थी राजनीति गरेपनि मलाई ग्रामीण राजनीति र त्यसको भौगोलिक अवस्थाबारे थाहा छ । मैले सुखको राजनीति गर्न चाहेको भए काठमाडौंमै पनि गर्न सक्दथेँ । तर पनि बाँके–वर्दियालाई मैले आफ्नो राजनीतिक क्षेत्र बनाएको छु । पार्टीको संगठन सुदृढ गर्न र विकासमा अघि बढाउन मैले २० वर्षदेखि बाँके–वर्दियामा राजनीति गरिरहेको छु ।

तपाई बर्दियाबाट बाँके आउनु भयो, भित्री कारण के हो ?
नेपाली कांग्रेसका पूर्वसभापति स्वर्गीय शुशिल कोइराला र मेरो निर्वाचन क्षेत्र एउटै पर्ने भयो । सोही कारण विगतमा बर्दियाको सबैभन्दा पछि परेको राजापुर क्षेत्र रोजेको हुँ । हिजो सदरमुकामसंग, मुलुकसंग नजोडिएको राजापुर क्षेत्रमा अहिले देशको सबैभन्दा लामो पूल बनेको छ । त्यहाँ जति पनि विकासका बनेको छ त्यो मेरो नेतृत्वमा, मेरो पहलमा भएको हो । त्यति धेरै विकास गरेको मैले स्वेच्छाले छाडेको भने होइन ।

अनि विकास गरेपछि क्षेत्र किन छाड्नुभयो नि त ?
सत्ता गठबन्धनले देशभर भागबण्डा गरेको सर्वविदितै छ । त्यो भागबण्डा बाँके र बर्दियामा पनि भयो । गठवन्धनका कारण त्यो क्षेत्र छाड्नु परेकाले नेपालगञ्जको काखमा रहेको ३ नम्बर क्षेत्र विकासमा निकै पछि परेको क्षेत्र रोजेको हुँ । विमानस्थल सारिएपछि यो क्षेत्रले कान्ति गुमाएको छ । कृषिको सम्भाव्य क्षेत्र भए पनि गति पाउन सकेको छैन । भौतिक विकास समस्याग्रस्त छ । त्यसैले यो क्षेत्रको विकास मेरो प्राथमिकता हो । त्यति मात्रै होइन, बर्दिया विकास गर्दैगर्दा बाँकेलाई विकास गर्नुपर्ने धेरै पाटा छन् । धेरै सम्भावना छन् । त्यसको उजागर गर्न आएको हुँ ।

बाँके ३ मा तपाईले गर्ने विकास के हो ? कस्तो खालको हो ?
विगतमा राजनीति शुरु गर्दा खासगरि बाँके र बदिर्याका जनतालाई टिकापुरमा, गुलरियामा, नेपालगञ्जमा घर बनाउन नपर्ने अवस्थाको सिर्जना गर्छ‘ भनेको थिए । आज त्यो पूरा भएको छ । बाँकेको क्षेत्र नम्बर ३ मा पहाडबाट झरेका गरिबहरु, दलितहरु बस्दछन् । त्यसैगरी, आदिवासी थारुहरु, मधेशी, मुस्लिम त्यसमा पछि पछि परेको समुदायको यस क्षेत्रमा बसोबास छ । यहाँका स्थानीयलाई नेपालगञ्जमा र कोहलपुरमा घर बनाउन पर्ने अवस्थाको अन्त्य गर्छु । किनकी अहिलेको मुख्य मुद्दा भनेको नेपालगञ्ज मात्रै होइन, समग्र बाँके र बर्दियालाई भौगोलिकसँगसँगै मन–मनले जोड्नुपर्ने आवश्यकता छ ।

तर यो क्षेत्रमा त विगतमा एमालेले जित्दै आएको छ, तपाईले कसरी जित्नुहुन्छ ?
राजनीतिमा क्षेत्र कसैको हुँदैन । जनताले चाहेको आवश्यकता र एजेन्डामा जसले राजनीति गर्छ । उसले जित्ने हो । हिजोको दिनमा जनताले एमाले उम्मेद्वारलाई भोट हाले । तर विकास भएन । अवस्था जस्ताको त्यस्तै छ । समयक्रमअनुसार केही भएपनि धेरै हुन सकेन । कृषि, शिक्षा, स्वास्थ्य, यातायात लगायतका क्षेत्रमा विभिन्न आवश्यकता देखिएको छ । यहाँ अधिकाँश किसानहरुको बसोबास भएकाले निर्वाहमुखी खेतीलाई व्यवसायिकतासंग जोड्नु आवश्यक छ ।

विकासे अरु एजेन्डा के के छन् ?
विकासका लागि मैले बाँके र बर्दियामा धेरै पसिना बगाएको छु । नेपालगञ्जको धम्बोझीदेखि गुलरियासम्म चार लेनको सडक बनाउन मैले ठूलो भूमिका खेलेको छु । त्यसलाई २ वर्षभित्र सम्पन्न गर्ने, परसपुरदेखि गौघाटसम्मको सडक निर्माणको प्रक्रिया एक वर्षभित्र सम्पन्न गर्ने योजना अघि सारेको छ । त्यसबाहेक बैजनाथको सम्झनाचोकदेखि खजुरा आउने बाटो सम्पन्न गर्ने मेरो योजना र प्रतिबद्धता छ ।

अन्तिममा, के भन्न चाहनुहुन्छ ?
मैले अहिलेसम्म विकास र परिवर्तनका लागि राजनीति गरेको छु । यसपटकको चुनावमा पनि बाँके क्षेत्र नं. ३ मा विकास र परिवर्तनकै लागि उम्मेद्वारी दिएको हुँ । गठबन्धनको साझा उम्मेद्वार भएकाले यहाँका मतदाताले यसपटक मलाई मत दिन्छन् भन्ने विश्वास छ । बाँके क्षेत्र नं. ३ को विकासका लागि तपाई मत दिनुस, म परिवर्तन गर्छु भन्न चाहन्छु ।

प्रकाशित मिति : ३० कार्तिक २०७९, बुधबार  ७ : ४३ बजे

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा बिहीबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी

फर्पिङ–हेटौँडा सडकको दुरावस्था  (तस्बिरहरू)

काठमाडौं– मुलुकको केन्द्रीय राजधानी काठमाडौंबाट बागमती प्रदेशको राजधानी हेटौँडा पुग्ने

दमौलीमा पानीको हाहाकार, एक गाग्रीका लागि घण्टौँ लाइन बस्नुपर्ने

तनहुँ–  तनहुँको व्यास नगरपालिका– २  र ३ वडामा खानेपानीको हाहाकार

पाल्पाको रामघाटमा ज्येष्ठ नागरिक स्कुल सञ्चालनको तयारी

पाल्पा– ज्येष्ठ नागरिकलाई लक्षित गर्दै पाल्पाको रामघाटमा ज्येष्ठ नागरिक स्कुल

११ महिनामा ९२ करोड राजस्व सङ्कलन

नवलपरासी– बर्दघाट सुस्ता पश्चिम नवलपरासी करदाता सेवा कार्यालय नवलपरासीले चालु