देशको भविष्यको फैसला गर्ने दिन मङ्सिर ४ : कांग्रेस उपसभापति गुरुङ « Khabarhub

देशको भविष्यको फैसला गर्ने दिन मङ्सिर ४ : कांग्रेस उपसभापति गुरुङ


३० कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- स्याङ्जा क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यका लागि नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनले राजनीतिक भविष्यको फैसला गर्ने बताएका छन् ।

गल्याङ–३ मा भएको घरदैलो तथा कोणसभालाई सम्बोधन गर्दै कांग्रेसका उपसभापति समेत रहेका गुरुङले कस्तो नेतालाई मत दिने हो, सोही आधारमा भविष्यको फैसला हुने बताए ।

“हामीले कस्तो प्रवृत्तिको नेता चुन्छौँ त्यसैको आधारमा भविष्यको निर्धारण हुन्छ”, उनले भने, “जस्तो प्रवृत्तिको नेता चुन्छौँ त्यहीअनुसारको भविष्य निर्धारण हुन्छ, त्यसैले मङ्सिर ४ गते आफ्नो मतबाट फैसला गर्नुहोस् ।”

गरिब जनताले खाइनखाइ तिरेको करबाट ठूला र पहुँच भएकाले राज्यको ढुकुटीबाट स्वास्थ्य उपचार गर्ने तर तिनै जनताले सामान्य बिरामी हुँदा पनि सिटामोलसमेत नपाउने अवस्थाको अन्त्य हुनुपर्ने उनले बताए । “गरिब जनताले दिएको मतबाट विजयी बन्ने र राज्यको ढुकुटीबाट स्वास्थ्योपचार गर्ने प्रवृत्ति पनि भ्रष्ट प्रवृत्ति हो”, उनले भने, “हामीले व्यवस्था बदल्यौँ तर अवस्था बदल्न सकिरहेका छैनौँ, भ्रष्ट प्रवृत्तिको विरुद्ध मत दिएर अवस्था बदल्ने दिन मङ्सिर ४ गतेको दिन हो ।”

निर्वाचनको मिति नजिकिँदै जाँदा विभिन्न उम्मेदवारले पनि निर्वाचन केन्द्रित गतिविधिलाई तीव्र पारेका छन् ।

प्रकाशित मिति : ३० कार्तिक २०७९, बुधबार  ७ : ४३ बजे

शिक्षाको गुणस्तर अभिवृद्धिमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण छ : उपराष्ट्रपति

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले शिक्षाको गुणस्तर अभिवृद्धिमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण

नवनियुक्त परराष्ट्रमन्त्री बालानन्द शर्माले गरेँ पद बहाली

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गरेकी छन् । प्रधानमन्त्री

नेपाल स्वास्थ्यकर्मी संघको अध्यक्षमा दीपकराज भट्ट निर्वाचित

काठमाडौं– नेपाल स्वास्थ्यकर्मी संघको अध्यक्षमा दीपकराज भट्ट निर्वाचित भएका छन्

चितवनको सौराहामा १९औँ हात्ती तथा पर्यटन महोत्सव सुरु (तस्बिरहरू)

 काठमाडौं– चितवनको प्रमुख पर्यटकीय गन्तव्य सौराहामा आजदेखि १९ औँ संस्करणको

लप्सीको रुखबाट लडेर वैतेश्वरका तामाङको मृत्यु 

दोलखा– लप्सी टिप्ने क्रममा रुखबाट खसेर गम्भीर घाइते भएका दोलखाको