काठमाडौं–५ मा एमालेसहित विभिन्न दलका ५० भन्दा धेरै नेता कार्यकर्ता कांग्रेसमा प्रवेश « Khabarhub

काठमाडौं–५ मा एमालेसहित विभिन्न दलका ५० भन्दा धेरै नेता कार्यकर्ता कांग्रेसमा प्रवेश


३० कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- निर्वाचनको मिति नजिकिँदै जाँदा पार्टी प्रवेशले तिव्रता पाएको छ । मंसिर ४ को निर्वाचन आउन केही दिन मात्र बाँकी रहँदा काठमाडौं क्षेत्र नं ५ मा एमालेसहित विभिन्न पार्टीका नेता कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

बुधवार टोखा नगरपालिकाका विभिन्न वडाबाट एमालेसहित अन्य राजनीतिक दलबाट ५० भन्दा बढी नेता कार्यकर्ताहरु कांग्रेस प्रवेश गरेका हुन् ।

बुधवार नेपाली कांग्रेस केन्द्रीय सदस्य एवं काठमाडौं क्षेत्र नं ५ का प्रतिनिधि सभा उम्मेदवार प्रदीप पौडेल र प्रदेश सभा ख का उम्मेदवार श्याम बहादुर खड्काले उनीहरुलाई स्वागत गरेका हुन् ।

निर्वाचनका बेला नयाँ पार्टीमा आइ नयाँ पुस्ताका उम्मेदवारलाई मत हाल्न पाउँदा खुसी लागेको उनीहरुले बताएका छन् । त्यसैगरी, नेता पौडेलले कांग्रेसमा आएका उनीहरुलाई स्वागत गर्दै आगामी दिनमा सबैको मन जितेर काम गर्ने विश्वास व्यक्त गरेका छन् ।

प्रकाशित मिति : ३० कार्तिक २०७९, बुधबार  ८ : ३० बजे

‘र्‍यानसमवेयर’ आक्रमणबाट जोगिन साइबर सुरक्षा ‘एडभाइजरी’ जारी

काठमाडौं– राष्ट्रिय साइबर सुरक्षा केन्द्रले पछिल्लो समय सूचना प्रविधि प्रणालीमा

कार्की आयोगको प्रतिवेदन अपूरो : सभापति थापा

मकवानपुर– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले गत भदौ २३ र

गगनसँग तीन अर्ब पैसा छ भनेपछि कान्छारामलाई कांग्रेसले सोध्यो स्पष्टीकरण

ललितपुर- नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले रामेछाप जिल्ला कार्यसमितिका सभापति

निर्वाचन समीक्षापछि नेतृत्वको बहस गरौँला, वाम एकतालाई परिस्थिति अनुकूल छैन : प्रदीप ज्ञवाली

काठमाडौं- नेकपा एमालेका वैचारिक नेता प्रदीप ज्ञवाली अध्यक्ष केपी शर्मा