४ मंसिरको निर्वाचन संविधान जोगाउने र च्यात्ने गठबन्धनबीचको जनमत संग्रह : प्रचण्ड « Khabarhub

४ मंसिरको निर्वाचन संविधान जोगाउने र च्यात्ने गठबन्धनबीचको जनमत संग्रह : प्रचण्ड


३० कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ४ मंसिरको निर्वाचन संविधान जोगाउने र संविधान च्यात्ने गठबन्धनबीचको जनमत संग्रह भएको बताएका छन् ।

वाम लोकतान्त्रिक गठबन्धनले बुधबार खोटाङको दिक्तेलमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले संविधान, लोकतन्त्र र संघीयताको रक्षा गर्ने तथा संविधान च्यात्न चाहने, उल्ट्याउन चाहने र राजतन्त्रतिर फर्काउन चाहने प्रवृत्ति बीचको जनमत संग्रहको रुपमा निर्वाचन हुन लागेको जिकिर गरेका हुन् ।

अध्यक्ष दाहालले विकास र समृद्धिको आकांक्षाप्रति प्रतिवद्ध हुँदै प्रतिगमनलाई सदाका लागि हराउनुपर्ने कार्यभार गठबन्धनको काँधमा रहेको उल्लेख गरे ।

सोही चुनावीसभालाई सम्बोधन गर्दै कांग्रेसका सह–महामन्त्री एवम् प्रवक्ता डा. प्रकासशरण महतले नेकपा एमालेका अध्यक्ष केपी ओलीले ‘कुरा गर्ने तर काम नगर्ने’ गरेको आरोप लगाएका छन् । डा. महतले ओलीले समावेसी संविधानलाई भत्काउन चाहेको दाबी गरे । उनले देशमा काम गर्ने नेतृत्वको आवश्यकता रहेको औंल्याएका छन् ।

प्रकाशित मिति : ३० कार्तिक २०७९, बुधबार  ८ : ४१ बजे

फिफा विश्वकप : अन्तिम १६ को समीकरण पूरा

काठमाडौँ- फिफा विश्वकप फुटबल २०२६ को नकआउट चरणका खेलहरु सकिएसँगै

वन उद्यममा जोडिँदै नवलपुरका महिला

नवलपरासी– वनमा खेर जाने वन पैदावारको सदुपयोग गर्दै नवलपुरका महिलाले

ट्राफिक कारबाहीमा एकै दिन २० लाख बढी राजस्व सङ्कलन

काठमाडौँ– ट्राफिक प्रहरीले एकै दिन दुई हजार सवारी चालकलाई सवारी

सरकारका १०० दिन : सुदृढ सुरक्षा सङ्गठन र मजबुत आन्तरिक सुरक्षा प्राथमिकतामा

काठमाडौँ– सरकारले सुरक्षा सङ्गठनको सुदृढीकरण गर्दै आन्तरिक सुरक्षालाई मबजुत बनाउने

घानालाई १–० गोलले हराउँदै कोलम्बिया अन्तिम १६ मा

काठमाडौँ– फिफा विश्वकप फुटबलमा कोलम्बिया अन्तिम १६ मा प्रवेश गरेको