एमाले र राप्रपाको अप्राकृतिक गठबन्धनले दुर्घटना निम्त्याउनसक्छ : गृहमन्त्री खाण | Khabarhub Khabarhub

एमाले र राप्रपाको अप्राकृतिक गठबन्धनले दुर्घटना निम्त्याउनसक्छ : गृहमन्त्री खाण


३० कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- गृहमन्त्री बालकृष्ण खाणले नेकपा एमाले र राप्रपाको गठबन्धन अप्राकृतिक भएको भन्दै त्यसले दुर्घटना निम्त्याउनसक्ने बताएका छन् ।

आफूलाई अतिअग्रगामी बताउने एमाले र अतिपश्चगामी राप्रपाबीचको तालमेल कुनै पनि मानेमा मिल्न नसक्ने उनले बताए । सत्ता गठबन्धनले आज बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका गृहमन्त्री खाणले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको माला जप्ने एमाले र सङ्घीयता विरोधी, राजसंस्था पुनःस्थापनाको मुद्दा लिएर हिँडेको राप्रपाबीचको तालमेल के कुरामा मिलेको हो भनी प्रश्न गरे ।

उनले अहिले पनि सत्ता गठबन्धन अगाडि रहेको बताउँदै गठबन्धनलाई सफल बनाउने ऐतिहासिक दायित्वबाट नचुक्न पनि पार्टीका नेता कार्यकर्तालाई आग्रह गरे ।

रुपन्देही क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार गृहमन्त्री खाणले अन्य स्थानमा भन्दा रुपन्देहीमा गठबन्धनको आकार पनि ठूलो भएको भन्दै गठबन्धनलाई सक्षमताका साथ नेतृत्व दिनसकेमा जीत निश्चित रहेको बताए ।

मन्त्री खाणले रुपन्देहीलाई देश विकासको मोडल बनाउने प्रतिबद्धता व्यक्त गरे । कांग्रेसकै नेतृत्वमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सम्पन्न भएको र अन्य ठूला योजनामा समेत कांग्रेसले नेतृत्व गरेको बताउँदै उनले आगामी दिनमा रुपन्देहीलाई उत्पादनको केन्द्र बनाउने प्रतिबद्धता व्यक्त गरे ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट यात्रुवाहक मात्रै नभएर मालवाहक जहाज उडान गर्न चाहेको बताउँदै त्यसका लागि उत्पादनको केन्द्र बनाउनुपर्ने उनको भनाइ थियो । उनले भने, “त्यो पनि हामी गर्छौं, अब कृषि, डेरी, पोल्ट्रीलगायतका अन्य आयोजना अगाडि बढाउनुपर्छ, त्यसका लागि हामीले काम गर्नेछौँ ।” उनले प्रदेशको राजधानी सार्दा रुपन्देही आसपासका मतदाताको मन कुँडिएको बताउँदै प्रदेश सरकारको निर्णयलाई ‘करेक्सन’ गर्नुपर्ने भनाइ राखे ।

प्रकाशित मिति : ३० कार्तिक २०७९, बुधबार  ९ : ३७ बजे

टेस्लाको रोबो ट्याक्सी ‘साइबरक्याब’ सार्बजनिक, के के छन् विशेषता ?

काठमाडौं – एलन मस्कको टेस्लाले आफ्नो पहिलो रोबोट ट्याक्सी ‘साइबरक्याब’

इजरायली आक्रमण कम्तीमा ३३ जना प्यालेस्टाइनीको मृत्यु

गाजा – उत्तरी गाजाको जबलिया शरणार्थी शिविरमा इजरायली सेनाले आफ्नो

महिला टी–२० विश्वकप : श्रीलंकाविरुद्ध न्यूजिल्याण्डको उत्कृष्ट जित

काठमाडौं । आइसीसी महिला टी–२० विश्वकप अन्तर्गत न्यूजील्याण्डले श्रीलंकालाई पराजित

देश र जनतालाई केन्द्रमा राखेर सरकारले काम गरिरहेको छः सञ्चारमञ्त्री गुरुङ

लमजुङ – सञ्चार तथा सूचनाप्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले देश र जनतालाई

नेपालबाट यसबर्षको मनसुन बाहिरियो

काठमाडौं – नेपालबाट यसबर्षको मनसुन बाहिरिएको छ । जल तथा