सबै मतदान केन्द्रमा आवश्यक सामग्री पुर्याउँदै आयोग | Khabarhub Khabarhub

सबै मतदान केन्द्रमा आवश्यक सामग्री पुर्याउँदै आयोग


१ मंसिर २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – निर्वाचन आयोगले मंसिर ४ गते अर्थात् आइतबार हुने संघीय निर्वाचनका लागि आजसम्ममा सबै आवश्यक सामग्री मतदान केन्द्रमा पुग्ने बताएको छ।

आइतबार हुने प्रदेश र प्रतिनिधि सभाको निर्वाचनका लागि आजसम्म सबै मतदान केन्द्रमा आवश्यक सामग्री पुग्ने आयोगले जनाएको हो।

आयोगका अनुसार निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ। यातयातको पहुँच नभएका कतिपय मतदान केन्द्रमा कर्मचारीहरू पुगिसकेका छन् भने सबै कर्मचारी आजसम्म मतदान केन्द्रमा पुगिसक्ने छन्।

बिहीबार मध्यरातदेखि मौन अवधि सुरु हुने भएकाले आयोगले त्यस अगाडि नै सम्पूर्ण तयारी पूरा गरेको हो।

मौन अवधि सुरु भएपछि मध्यरातिबाट राजनीतिक दल, उम्मेदवार तथा दलका पदाधिकारीले चुनावी प्रचार गर्न पाउँदैनन् सञ्चार माध्यमले कुनै पनि प्रकारका चुनावी प्रचार सामग्री सम्प्रेषण गर्न मिल्दैन। मतदान सुरु हुनु ४८ घण्टाअघिदेखि मौन अवधि तोकेको हो। मतदान नसकिएसम्म मौन अवधि कायम रहनेछ।

निर्वाचन धाँधलीरहित, स्वच्छ, निष्पक्ष, भयमुक्त वातावरणमा सम्पन्न गर्न मौन अवधि तोकिएको हो। मौन अवधिभर दल, तिनका भ्रातृ संगठन, उम्मेदवार, संघ संगठनलगायतले राजनीतिक प्रचार, भेलारगोष्ठी आयोजना गर्न नपाउने आयोगको आचारण निर्देशिकामा उल्लेख छ।

निर्देशिकाविपरीत मौन अवधिमा मतदाता प्रभावित पार्ने गतिविधि गरे उम्मेदवारी रद्ददेखि १ लाख रुपैयाँ जरिवानासम्मको कारबाही हुन सक्ने निर्वाचनसम्बन्धी कानुनमा उल्लेख छ।

प्रकाशित मिति : १ मंसिर २०७९, बिहीबार  ७ : ४८ बजे

पृथ्वीराजमार्ग अन्तर्गत रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द

तनहुँ– पृथ्वीराजमार्गअन्तर्गत तनहुँको सदरमुकाम दमौली–जामुनेको वैकल्पिक मार्ग घुम्ती–रानीटारीखण्ड १६ दिनसम्म

प्रतिनिधिसभाको बैठक बस्दै, दल सम्बन्धी विधेयक फिर्ता लिने प्रस्ताव पेस गरिने

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक

विश्वकप अगाडिको पहिलो अभ्यास सिरिजको अन्तिम खेलमा नेपाल पराजित

काठमाडौं – विश्वकप अगाडिको पहिलो अभ्यास सिरिजको अन्तिम खेलमा नेपाल

आज दिनभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आइतबार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

काठमाडौं – आज २०८१ साल जेठ ६ गते आइतबार तदनुसार