४ लाख घुससहित इन्जिनियर रंगेहात पक्राउ « Khabarhub

४ लाख घुससहित इन्जिनियर रंगेहात पक्राउ


१७ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की– अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराको टोलीले खानेपानी योजनासँग ४ लाख रुपैयाँ घुस लिँदै गरेका एक इन्जिनियरलाई पक्राउ गरेको छ ।

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय स्याङ्जाका आठौँ तहका इन्जिनियर ओसी अख्तर महम्मदलाई चार लाख घुस लिँदै गर्दा अख्तियारको टोलीले रंगेहात पक्राउ गरेको अख्तियार पोखरा कार्यालयका प्रमुख काशीराज दाहालले जानकारी दिए ।

अख्तियारका अनुसार स्याङजाकै छत्रेदेउराली खानेपानी योजनाको भुक्तानी गर्ने क्रममा महम्मदले उपभोक्तासँग उक्त रकम माग्दै आएका थिए ।

पटक–पटक रकम मागेपछि केही उपभोक्ता अख्तियार आएर जानकारी गराएका थिए । खानेपानी योजनाका लागि चेकमार्फत भुक्तानी भइसकेको रकमबाट उनले घुस मागेका थिए ।

प्रकाशित मिति : १७ असार २०७६, मंगलबार  ५ : ५१ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै