एपीएम अन्तर्राष्ट्रिय भेट्रान टेबलटेनिस : आशिष र इन्दिरालाई स्वर्ण « Khabarhub

एपीएम अन्तर्राष्ट्रिय भेट्रान टेबलटेनिस : आशिष र इन्दिरालाई स्वर्ण


१ मंसिर २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दोश्रो एपीएम अन्तर्राष्ट्रिय भेट्रान टेबलटेनिस प्रतियोगितामा एपीएम प्रालिका आशिष महता र नेपालकी इन्दिरा पराजुलीले स्वर्ण जितेका छन् । बिहीबार भएको खेलामा आशिषले यु–१६ सिंगल्स तथा इन्दिराले महिला ४० वर्षमाथि सिंगल्समा स्वर्ण जितेका हुन् ।

भैसेपाटीस्थित आयोजक एपीएमको हलमा भएको यु–१६ फाइनलमा आशिषले बुटवलका विसु सुनारलाई ७–११, ११–५, ११–३ र ११–६ को सेटमा पराजित गरे । एपीएमकी योङगी पौडेल र दक्षिण कोरियाकी पार्क संयुक्त रुपमा तेश्रो भए । यो स्पर्धा ब्वाइजरगल्र्सलाई मिसाएर खेलाइएको थियो । शीर्ष तीन स्थान हात पार्नेले जिओमद्वारा प्रायोजित टेबलटेनिस खेल सामाग्री प्राप्त गर्ने छन् ।

यु–१६ मा सहभागी ब्वाइजरगल्र्स गरी जम्मा ३० खेलाडीलाई प्रतिस्पर्धा अघि ओलम्पिकको टेबलटेनिसमा स्वर्ण जितेकी याङ योङ जाले प्रशिक्षण दिएकी थिइन् । प्रशिक्षणमा सहभागीबीच नै प्रतिस्पर्धा गराइएको हो ।

महिला भेट्रान ४० वर्षमाथि सिंगल्सको फाइनलमा इन्दिराले नेपालकै सम्झना पोखरेललाई ११–३, ११–३ र ११–३ को सोझो सेटमा हराइन् । नेपालकी सरिता बस्नेत र दक्षिण कोरियाकी इम ए सुक तेश्रो बने ।

पुरुष ६० वर्षमाथि नेपालका रञ्जन सुब्बा पहिलो भए । उनले फाइनलमा दक्षिण कोरियाका नाम साङ वनलाई ३–११, ११–९, ११–७ र १४–१२ को सेटमा पाखा लगाए । नेपालका आनन्द धाक्वा र जगदीश्वर जोशीले तेश्रो स्थानमा चित्त बुझाए ।

प्रतियोगितामा पुरुषमा ५ र महिलामा १ गरी ६ स्पर्धामा प्रतिस्पर्धा भइरहेको छ । सबै स्पर्धाका विजेताले ५० हजार, उपविजेताले २० हजार तेश्रोले १०–१० हजार नगद पुरस्कार पाउने छन् ।

प्रतियोगितामा नेपाल, दक्षिण कोरिया, अमेरिका, चीन र भारतका गरी जम्मा ८० खेलाडी सहभागी छन् । प्रतियोगिता शुक्रबार सम्पन्न हुनेछ ।

प्रकाशित मिति : १ मंसिर २०७९, बिहीबार  ८ : १८ बजे

नयाँ संसद, नयाँ ‘एजेन्डा’ र अपेक्षा

काठमाडौँ– लोकतान्त्रिक प्रणालीमा संसद् कानुन बनाउने थलो हो, तर यति

५० वर्षपछि पुनः चन्द्रमातर्फ मानव पाइला : आर्टेमिस-२ को सफल प्रक्षेपण

काठमाडौँ – ५० वर्षभन्दा बढी समयपछि चन्द्रमाको परिक्रमा गर्ने पहिलो

‘बालश्रम मुक्त गर्न स्थानीय तहको भूमिका महत्त्वपूर्ण’

लुम्बिनी– सरोकारवालाहरुले बालश्रम मुक्त गर्न स्थानीय तहको भूमिका महत्त्वपूर्ण रहेको

आज चैत्र शुक्ल पूर्णिमा, हनुमान जन्मजयन्ती मनाइँदै

काठमाडौँ– प्रत्येक वर्ष चैत्र शुक्ल पूर्णिमाका दिन मनाइने रामभक्त हनुमान

पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल